3 years ago
September 20, 2021
एजेन्सी – भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले इन्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेन्जर्स बेंगलोरको कप्तानी छाड्ने भएका छन् । कोहलीले यस सिजनको आइपिएलपछि कप्तान छाड्ने बेंगलोरले जनाएको छ । कोहलीले बेंगलोरबाट खेलाडीको रुपमा भने निरन्तर खेल्ने जनाएका छन् ।
कोहलीले २०१३ देखि बेंगलोरको कप्तानी गर्दै आएका छन् । १ सय ३२ खेलमा कप्तानी गर्दा ६२ खेलमा जित, ६६ खेलमा हार र ४ खेलको नजिता विहिन छ । विराटको कप्तानीमा बेंगलोरले २०१६ को आइपिएल फाइनल खेलेको थियो । फाइनलमा बेंगलोर सनराइजर्स हैदराबादसँग ८ रनले पराजित हुन पुगेको थियो । विराटको कप्तानीमा बेंगलोर २०१५ र २०२० को सिजनमा प्लेअफ सम्म यात्रा तय गरेको थियो । अन्य सिजनमा लिग चरणबाटै बाहिरिएको थियो ।
‘मैले कप्तानीको रुपमा महान् र प्रेरणादायी यात्रा गरे । यो अवसर प्रदान गर्ने बेंगलोरको व्यवस्थापन, कोचिङस्टाफ, प्रशिक्षक, खेलाडी र सम्पूर्ण बेंगलोरको परिवारलाई धन्यावाद’, कोहलीले कप्तानी छाड्ने बताउँदै जानकारी दिएका छन् ।
कोहलीले बिहीबारमात्र भारतीय क्रिकेट टोलीको टि२० कप्तानी अर्को महिना हुने टि२० विश्वकपपछि छाड्ने बताई सकेका छन् । विराटले टेस्ट र ओडिआईमा भने निरन्तर टोलीको कप्तानी गर्ने छन् । सिमित ओभरमा २०१७ देखि भारतीय टोलीको कप्तानी गर्दै आएका थिए । सन् २०१६ मा महेन्द्रसिंह धोनीले कप्तान छाडेपछि विराटले भारतीय टोलीको नेतृत्व गर्दै आएका थिए ।
इन्डियन प्रिमियर लिग (आइपिएल) मा बेंगलोरले कोहलीको कप्तानीमा उपाधि जित्न सकेको छैन । यता मुम्बई इन्डियन्सका कप्तान रोहित शर्माले आफ्नो कप्तानीमा पाँच उपाधि दिलाइसकेका छन् । लामो समयदेखि रोहित भारतको टि२० कप्तान बन्नुपर्ने माग उठ्दै आएको थियो । आइपिएलमा उपाधि जित्न नसक्दा कोहलीलाई निरन्तर दबाब पर्दै आएको थियो । विराटको कप्तानीमा भारतले सिनियर टोलीमा हालसम्म आइसिसी उपाधि जितेको छैन ।
December 16, 2024
काठमाडौं(हाम्रो खेलकुद) – एसिसी यु १९ महिला एसिया कपमा नेपालले सुपर ४ मा स्थान बनाएको छ । समूह चरणको आफ्नो पहिलो खेलमा पाकिस्तान यु१९ लाई ६ विकेटले पराजित गर्दै नेपालले सुपर ४ मा स्थान बनाएको हो । पाकिस्तान लगातार दोस्रो हारका साथ प्रतियोगिताबाट बाहिरिँदा नेपाल एक खेल अगावै सेमिफाइनल प्रवेश पुगेको हो । पाकिस्तान पहिलो खेलमा […]
December 16, 2024
काठमाडौं(हाम्रो खेलकुद) – एसिसी यु १९ महिला एसिया कपमा नेपाललाई पाकिस्तान यु१९ ले प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । मलेसियामा जारी खेलमा नेपाल यु १९ ले पाकिस्तानबाट १ सय ५ रनको लक्ष्य पाएको छ । टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ४ रन बनाएको हो । पाकिस्तानका लागि […]
December 16, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपिएल) को प्लेअफ समीकरण पूरा भएको छ । एनपिएलको लिग चरणको अन्तिम खेल सोमवार समाप्तिसँगै प्लेअफ समीकरण पूरा भएको हो । लिग चरणको समाप्तिमा सुदूरपश्चिम रोयल्स शीर्षमा, जनकपुर बोल्ट्स दोस्रोमा , चितवन राइनोज तेस्रो र कर्णाली याक्स चौथोमा रहेर प्लेअफमा छनोट भए । एनपिएलको प्लेअफको पहिलो खेल बुधवार बिहान […]