3 years ago
September 19, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक डेभ ह्वाटमोरले जिम्मेवारीमा रहँदाको अन्तिम खेलमा ओमानलाई हराएपछि भविष्यमा नेपाल फर्कने इच्छा व्यक्त गरेका छन् ।
अन्तिम खेलमा जित हासिल गरेपछि पोस्ट म्याच कन्फरेन्समा बोल्दै प्रशिक्षक ह्वाटमोरले नेपाली टोलीको प्रशंसा गरे । ‘नेपाली टोली एकदम क्षमतावान खेलाडीले भरिएको छ । हाम्रो दुर्भाग्य थियो की सिरिजका दुई खेलमा हामीले सोचेजस्तो खेल्न सकेनौं,’ उनले भने, ‘तर आज टस जितेपछि खेलाडीले योजना अनुसार नै खेले र राम्रो प्रदर्शन गरे । अन्तिम खेलमा जितसँगै अन्त्य गर्न पाउँदा खुसी छु । यो २ अंक निकै महत्त्वपूर्ण पनि छ ।’
ह्वाटमोरले नेपालको प्रशिक्षक रहँदा समर्थकको निरन्तर साथको लागि धन्यवाद व्यक्त गरे । ‘समर्थकको कुरा गर्नुपर्दा मैले धेरै सुनेको थिएँ । त्यसको केहि झलक महसुस पनि गर्न पाएँ,’ उनले सम्झिए, ‘नेपालमा भएको त्रिकोणात्मक सिरिजमा सरकारले प्रतिबन्ध लगाउनुअघि समर्थकसहितको वातावरणमा पनि खेल्यौं । समर्थकहरु मैदानमा आएर टोलीको साथ दिएको देख्दा खुसी लग्यो । नेपाली क्रिकेटलाई साथ दिनुहुने सबैलाई धन्यवाद ।’
अन्त्यमा उनले टोलीसँग भविष्यमा काम गर्नेबारे इच्छा पनि जाहेर गरे । ‘हुनसक्छ भविष्यमा फेरी हामी यो यात्रालाई निरन्तरता दिन सक्नेछौं । सम्भावना छ भने । तर सबैलाई निरन्तर साथको लागि धन्यवाद,’ उनले भने ।
यो पनि : ‘प्रशिक्षक ह्वाटमोरले सोचेभन्दा चाडो छोड्नुभयो’ – कप्तान ज्ञानेन्द्र
February 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ऋत गौतमको शतकीय इनिङ्ससँगै क्रिकेट एक्सिलेन्स सेन्टर (सिइसी) ले प्रधानमन्त्री कप पुरुष क्रिकेट काठमाडौं जिल्ला छनोटको उपाधि जितेको छ। ग्रेट हिमालय क्रिकेट एकेडेमीलाई आइतवार १ सय ७ रनले पराजित गर्दै सिइसी काठमाडौं च्याम्पियन बनेको हो। २ सय ६२ रनको लक्ष्य पछ्याएको ग्रेट हिमालयले २६.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ५४ रन […]
February 9, 2025
कैलाली (हाम्रो खेलकुद)- सिवाइसी अत्तरिया धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । डिसिए धनगढीलाई दोस्रो सेमिफाइनल आइतवार ६ विकेटले हराउँदै अत्तरिया उपाधि नजिक पुगेको हो ।अत्तरियाले फेण्ड्स क्लब डडेल्धुरासँग सोमवार फाइनल खेल्नेछ। फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको धनगढीले २० ओभरमा सवै विकेट क्षतिमा एक सय ८ रन […]
February 9, 2025
एजेन्सी – ग्लेन फिलिप्सको शतक सहयोगमा न्युजिल्याण्ड पाकिस्तानमाथि फराकिलो जित हात पारेको छ । शनिवारबाट सुरु पाकिस्तान, न्युजिल्याण्ड र दक्षिण अफ्रिका सम्मिलित त्रिकोणात्मक सिरिजको पहिलो खेलमा घरेलु टोली ७८ रनले पराजित भएको हो । न् ३ सय ३१ रनको लक्ष्य पछ्याएको पाकिस्तान ४७.५ ओभरमा २ सय ५२ रनमा समेटिएको थियो । त्यसअघि पाकिस्तानको लाहोरमा टस […]