default_image

3 years ago

September 19, 2021

‘प्रशिक्षक ह्वाटमोरले सोचेभन्दा चाडो छोड्नुभयो’ – कप्तान ज्ञानेन्द्र

106 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लले ओमानविरुद्ध ऐतिहासिक जितपछि बोल्दै प्रशिक्षक डेभ ह्वाटमोरले छाडेकोमा दुख लागेको बताएका छन् ।

जितपछि पोस्ट म्याच कन्फरेन्समा बोल्दै ज्ञानेन्द्रले जितका साथ प्रशिक्षक डेभ ह्वाटमोरलाई बिदाइ गर्न पाएकोमा भने खुसी व्यक्त गरे । ‘प्रशिक्षक ह्वाटमोरको साथ नहुँदा पक्कै दुख लाग्छ । मलाई लाग्छ केहि चाडो नै छोडेर जानुभयो । म वहाँलाई शुभकामना दिन चाहन्छु । तर खुसी छु की हामीले जितको साथ बिदाइ गर्न पायौं,’ उनले भने ।

ज्ञानेन्द्रले बलिङ आक्रमणको पनि खुलेर प्रशंसा गरे । ‘ करण र सन्दीपले चाहिएको समयमा विकेट निकालेर टोलीलाई राम्रो स्थितिमा राखे । शरद एकदम अनुभवी खेलाडी हुन् । उनको टोलीमा पुनरागमन पनि राम्रो भयो,’ ज्ञानेन्द्रले भने ।

ज्ञानेन्द्रले ब्याटमा राम्रोसँग बल आएकोले पनि खुलेर खेल्न सकेको बताए । ‘बल एकदम राम्रोसँग ब्याटमा आइरहेको थियो । त्यसैले पनि विपक्षी बलरलाई दबाबमा राख्ने प्रयास गरेको थिएँ । त्यहि रणनीतिले जितसम्म पुग्न सकिन्छ भन्ने विश्वास थियो,’ उनले भने ।

ज्ञानेन्द्र र ओपनर आसिफ शेखको कीर्तिमानी साझेदारीमा नै नेपालले ओमानमाथि पहिलो ओडिआई जित दर्ता गर्न सफल भएको थियो । यो पनि : ओमानमाथि नेपालको ऐतिहासिक जित

February 10, 2025

विलियम्सनको शतकमा न्युजिल्याण्डको सानदार जित

एजेन्सी – केन विलियम्सनको अविजित शतकको सहयोगमा न्युजिल्याण्डले त्रिकोणात्मक ओडीआई सिरिजमा दक्षिण अफ्रिकामाथि ६ विकेटको सानदार जित हात पारेकोछ । पाकिस्तानको लाहोरमा जित्नलाई ३ सय ५ रनको लक्ष्य पछ्याएको न्युजिल्याण्डले ४८.४ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । विलियम्सनले १ सय १३ बलमा १३ चौका र २ छक्कासहित १ सय ३३ रनको अविजित इनिङ खेले […]

February 10, 2025

विवेक अर्जुन ट्रफीका सर्वोत्कृष्ट खेलाडी

धनगढी (हाम्रो खेलकुद)- अर्जुन ट्रफी टोली विजेता सिवाइसी अत्तरियाका विवेक यादव सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन्। विवेकलाई १ लाख रुपैयाँ प्रदान गरिएको छ। प्रतियोगिता अवधिभर उनले १ सय ५२ रन बनाउनका साथै १० विकेट लिएका थिए। दोस्रो भएको फ्रेण्डस युथ क्लब डडेल्धुराका कुशल भुर्तेल उत्कृष्ट बलर र उत्कृष्ट ब्याटर दुवै चिनिए। उनले ५ खेलमा १ […]

February 10, 2025

सिवाइसी अत्तरिया अर्जुन ट्रफी च्याम्पियन

धनगढी (हाम्रो खेलकुद)- फ्रेण्डस युथ क्लब डडेल्धुरालाई ३४ रनले हराउँदै सिवाइसी अत्तरियाले अर्जुन ट्रफी जितेको छ। अत्तरिया अपराजित रहँदै च्याम्पियन बनेको हो। फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदानमा सोमवार १ सय १९ रनको सहज लक्ष्य पछाएको डडेल्धुरा १८ ओभरमा सम्पुर्ण विकेट गुमाउँदै मात्र ८४ रनमा समेटियो। ओपनर आयुष्मान बम शुन्यमा र विनोद भण्डारी ५ रनमा आउट भए। […]

Success

Thank you for your time.