3 years ago
September 18, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपालको अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को ओडिआई र टि२० आई दुवै विश्व वरियता खस्किएको छ ।
आइसिसीले सार्वजनिक गरेको नयाँ ओडिआई वरियतामा नेपालले एक स्थान खस्कदै १६ औं स्थानमा पुगेको छ । नेपालको ७ खेलमा २ सय ७२ प्वाइन्ट र ३० रेटिङ अंक छ । ओमानले भने एकै पटक तीन स्थान सुधार गर्दै १३ औं स्थानमा उक्लिएको छ । नेपालभन्दा अघि स्कटल्यान्ड १५ औं, जिम्बावे १४ औं, आयरल्यान्ड १२ औं र नेदरल्यान्ड्स ११ औं स्थानमा छन् । नेपाल भन्दापछि यूएई १७ औं, नामिबिया १८ औं, अमेरिका १९ औं र पपुपा न्युगिनी २० औं स्थानमा छन् । न्युजिल्यान्ड शीर्ष र इंग्ल्यान्ड दोस्रो स्थानमा छन् ।
नेपाल टि२० आई वरियतामा पनि एक स्थान खस्कँदै १४ औं स्थाानमा पुगेको छ । नेपालको १९ खेलमा ३ हजार ५ सय ५६ प्वाइन्ट र १ सय ८७ रेटिङ अंक छ । टि२० आई वरियतामा इंग्ल्यान्ड शीर्ष र भारत दोस्रो स्थानमा छ । ओमान भ्रमणमा रहेको नेपाल ओमान र अमेरिकासँग पराजित भएपछि ओडिआई वरियता खस्केको हो ।
नेपालले पपुवा न्युगिनीसँगको दुई ओडिआई सिरिज २–० ले जितेको थियो । पहिलो खेलमा पपुपा न्युगिनीलाई दुई विकेटले पराजित गरेको नेपालले दोस्रो खेलमा १ सय ५१ रनको फराकिलो अन्तरको जित निकालेको थियो । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत पहिलो खेलमा अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो । नेपाल दोस्रो खेलमा ओमानसँग ५ विकेट र अमेरिकासँग ६ विकेटले पराजित भएको थियो । नेपालले टि२० आई खेल भने अन्तिम पटक गत वैशाखमा नेदरल्यान्ड्स र मलेसियासँग खेलेको थियो ।
December 19, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) को फाइनलमा स्थान बनाउँन जनकपुर बोल्ट्सले कर्णाली याक्सबाट सामान्य लक्ष्य पाएको छ । जारी दोस्रो क्वालिफायरमा जनकपुरले कर्णालीबाट १ सय १९ रनको लक्ष्य पाएको हो । टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय १८ रनको सामान्य योगफल […]
December 19, 2024
काठमाडौं(हाम्रो खेलकुद) – मलेसियामा जारी एसिसी यु १९ महिला एसिया कपमा नेपाल र श्रीलंकाबीचको सुपर फोरको खेल वर्षाका कारण नतिजा विहीन भएको छ । नेपाल र श्रीलंकाबीचको खेल बिहीवार वर्षाका कारण नतिजा विहीन भएको हो । यसका साथै दुवै टोलीले १-१ अंक बाडेका छन् । नेपालले समूह ए को उपविजेता बन्दै सुपर फोरमा स्थान बनाएको […]
December 19, 2024
काठमाडौं(हाम्रो खेलकुद) – मलेसियामा जारी एसिसी यु १९ महिला एसिया कपमा नेपाल र श्रीलंकाबीचको सुपर फोरको खेल वर्षाका कारण रोकिएको छ । समूह ए को उपविजेता बन्दै सुपर फोरमा स्थान बनाएको थियाे । नेपालले सुपर फोरको पहिलो खेलमा श्रीलंकाको यु १९ टोलीसँग पहिलो खेल खेलिरहेको थियो । टस जितेर बलिङ गरिरहेको नेपालले पहिलो ओभरको समाप्तीमा […]