default_image

3 years ago

September 17, 2021

गुलशन बने ओडिआई खेल्ने कान्छा एसोसिएट खेलाडी

197 views

0 Bookmark

भूपेन्द्र जिसी, काठमाडौं

नेपाली क्रिकेट टोलीका युवा तीव्र गतिका बलर गुलशन झाले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत अमेरिकाविरुद्ध नेपालका लागि डेब्यू गर्दै नयाँ कीर्तिमान बनाएका छन् ।

गुलशन ओडिआई क्रिकेट इतिहासकै सबैभन्दा कम उमेरमा डेब्यू गर्ने सूचीमा तेस्रो तथा एसोसिएटतर्फ सबैभन्दा कान्छो खेलाडी बनेका छन् । गुलशनले नेपालबाट ओडिआईमा सबैभन्दा कम उमेरमा डेब्यू गर्ने कीर्तिमान लेखाएका छन् । गुलशनले शुक्रबार १५ वर्ष २ सय १२ दिनमा अमेरिकाविरुद्ध डेब्यू गरेका हुन् ।

यसअघि नेपालबाट सबैभन्दा कम उमेरमा ओडिआईमा डेब्यू गर्ने कीर्तिमान रोहित कुमार पौडेलको नाममा थियो । रोहितले १५ वर्ष ३ सय ३५ दिनको हुँदा सन् २०१८ अगष्ट १ मा नेदरल्यान्ड्सविरुद्ध डेब्यू गरेका थिए । कुशलले १५ वर्ष ३ सय ४० दिनको हुँदा २०२० फेब्रुअरी ८ मा अमेरिकाविरुद्धनै कीर्तिपुर मैदानमा डेब्यू गरेका थिए ।

विश्व ओडिआई क्रिकेटमा सबैभन्दा कम उमेरमा डेब्यू गर्ने कीर्तिमान पाकिस्तानका पूर्व खेलाडी हसन राजाको नाममा छ । ब्याट्सम्यान हसन राजाले १४ वर्ष २ सय ३३ दिनको उमेरमा जिम्बावेविरुद्ध १९९६ अक्टोबर ३० मा अक्टोबरमा डेब्यू गरेका थिए । दोस्रो स्थानमा बंगलादेशका मध्यगतिका बलर मोहम्मद शारिफ छन् । शारिफले २००१ अप्रिल ७ मा जिम्बावेविरुद्ध हरारेमा १५ वर्ष १ सय १६ दिनको उमेरमा डेब्यू गरेका थिए ।

गुलशन एसोसिएटतर्फबाट ओडिआईमा सबैभन्दा कम उमेरमा डेब्यू खेलाडी पनि बने । यसअघि केन्याका गुरदीप सिंहले २०१३ मा अफगानिस्तानविरुद्ध १५ वर्ष २ सय ५८ दिनको उमेरमा ओडिआईमा डेब्यू गरेका थिए । गुलशनले नेपालको २७ औं ओडिआई क्याप सोमपाल कामीबाट लगाएका थिए । ब्याटिङमा नेपालले सबैलाई सरप्राइज दिँदै गुलशनलाई छैटौं नम्बरमा गराएको थियो । गुलशनले ५३ बलमा २ चौका र १ छक्का सहित २८ रनको योगदान दिएका थिए । बलिङमा भने ३ ओभरमा ३१ रन खर्चिन पुगे ।

नेपाल अमेरिकासँग ६ विकेटले पराजित भएको भयो । अल अमरेतमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल ४८ ओभरमा १ सय ७४ रनमा अल आउट भएको थियो । नेपालका कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ५५ र ओपनर कुशल भुर्तेलले ३६ रनको योगदान दिए । अमेरिका सौरभ नेत्रवालकरले सर्वाधिक ४ विकेट लिए ।

अमेरिकाले उक्त विजयी लक्ष्य २९.३ ओभरमा पूरा गर्यो । अमेरिका ओपनर स्टिभ टेलरले ६३ बलमा १२ चौका र ३ छक्का सहित सर्वाधिक ९२ रनको योगदान दिए । मोनांक पटेल ३८ र जसकरण मल्होत्रा ३६ रनमा आउट भए । नेपालका सन्दीप लामिछाने र करण केसीले २–२ विकेट लिए । नेपालले त्रिकोणात्मक सिरिज अन्तर्गत अन्तिम खेल घरेलु टोली ओमानसँग खेल्ने छ ।

यो पनि : गुलशनको अविश्वसनिय राष्ट्रिय टोलीको यात्रा

March 14, 2025

लुम्बिनी र मधेश आइजिपी कपको फाइनलमा‌

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]

March 14, 2025

पिएम कप – बागमतीको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा पहिलो जित हासिल गरेको छ । शुक्रवार भएको आफ्नो तेस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा बागमतीले सुदूरपश्चिम प्रदेशलाई ५५ रनले पराजित गरेको हो । २ सय ६७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४७ ओभरमा २ सय ११ रनमा समेटियो । सुदूरपश्चिमका […]

March 14, 2025

नेपालको सान्त्वना जित

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपालले सान्त्वना जित हासिल गरेको छ । लिग चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ६ विकेटले हराउँदै सान्त्वना जित हात पारेको हो । हङकङ १ सय ५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक ४७ […]

Success

Thank you for your time.