3 years ago
September 17, 2021
काठमाडौं (हाम्रो खेलकुद) – वेस्टइन्डिजका मध्यगतिका बलर केस्रिक विलियम्सले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) पोखरा राइनोजबाटै खेल्ने भएका छन् ।
पोखराले दोस्रो विदेशी खेलाडीको रुपमा विलियम्सको नाम सार्वजनिक गरेको थियो । विलियम्सलाई पोखराले गत वर्षनै टोलीमा अनुबन्ध गरेको थियो । तर कोरोना कारण त्यो वर्ष इपिएल हुन सकेको थिएन । उनले वेस्टइन्डिजबाट ८ ओडिआई र २६ टि२० आई खेल खेलेका छन् । टि२० आईमा ४१ र ओडिआईमा ९ विकेट लिएका छन् ।
१ सय ८ टि२० खेलमा उनले १ सय ४० विकेट लिएका छन् । पोखराको मुख्य प्रशिक्षकमा नेपाली क्रिकेट टोलीका पूर्व प्रशिक्षक उमेश पटवाल छन् । पोखरामा विकेटकिपर विनोद भण्डारी, सुनिल धमला, रित गौतम, किशोर महतो, बिक्रम शोब, बिपिन खत्री, लोकेश बम, पृथु बास्कोटा, विवेक यादव, विपिन रावल, रविन्द्र जंग शाही, अर्जुन कुमाल लगाएतका खेलाडी छन् ।
पोखराले बाँकी विदेशी खेलाडी पनि सार्वजनिक गर्ने तयारी गरेको छ । इपिएल असोज ९ देखि २३ सम्म टियुमा हुने छ । इपिएल विजेताले ५० लाख र उप विजेताले १५ लाख रुपैयाँ प्राप्त गर्ने छन् ।
December 17, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान)ले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को पुरस्कार राशी घोषणा गरेको छ। एपिएलको विजेताले १ करोड १० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ। नेपाली खेलकुदमा विजेता टोलीले पाउने अहिले सम्मकै ठूलो राशि हो। दोस्रो हुने टोलीले ५१ लाख, तेस्रो टोलीले २५ लाख र चौथो १५ लाख प्राप्त गर्ने […]
December 17, 2024
काठमाडौं(हाम्रो खेलकुद) – एसिसी यु १९ महिला एसिया कपमा नेपाल अपराजित रहँदै सुपर ४ मा पुगेको छ । नेपाल र भारत यु १९ बीचको खेल वर्षाका कारण स्थगित भए पछि नेपाल अपराजित रुपमा सुपर ४ मा पुगेको हो । नेपालले दिएको ९५ रनका लक्ष्य पछ्याउने क्रममा भारी वर्षा भए पछि खेल रद्द भएको हो । […]
December 17, 2024
काठमाडौं(हाम्रो खेलकुद) – एसिसी यु १९ महिला एसिया कपमा नेपालले भारतलाई जितको लागि सामान्य लक्ष्य दिएको छ । मलेसियामा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ९४ रनको सामान्य योगफल तयार गर्यो । नेपालका लागि कप्तान पुजा महतोले सर्वाधिक २५ रन जोडिन् । उनले ४० बलमा ३ चौका प्रहार गरेकी […]