default_image

3 years ago

September 13, 2021

राजा पिसिबीको अध्यक्षमा निर्वाचित

95 views

0 Bookmark

एजेन्सी – पाकिस्तान क्रिकेट टोलीका पूर्व ब्याट्सम्यान तथा कप्तान रमिज राजा पाकिस्तान क्रिकेट बोर्ड (बिसिबी) को अध्यक्षमा निर्वाचित भएका छन् । सोमबार राजा पिसिबीको ३६ औं अध्यक्षको रुपमा निर्वाचित भएका हुन् । राजा सर्वसम्मत निर्विरोध रुपमा अध्यक्षमा निर्वाचित भएका थिए ।

गत २७ अगष्टमा पाकिस्तान प्रधानमन्त्री तथा विश्वकप च्याम्पियन कप्तान इमरान खानले राजालाई पिसिबीको अध्यक्षको लागि मनोनित गरेका थिए । राजाको कार्यकाल तीन वर्षको हुनेछ । राजा पाकिस्तानको १२ औं टेस्ट र १८ औं ओडिआई कप्तान हुन् । सन् १९९२ मा पाकिस्तानले विश्वकप उपाधि जित्दा उनी पाकिस्तानको महत्वपूर्ण सदस्य थिए । उनले पाकिस्तानबाट सन् १९९२ देखि १९९७ सम्म २२ ओडिआई र पाँच टेस्टमा कप्तानी गरेका थिए । राजाले पाकिस्तानबाट ५७ टेस्ट र १ सय ९८ ओडिआई खेल खेलेका छन् ।

राजालाई अध्यक्षको रुपमा भूमिका निर्वाह गर्न सहज भने छैन । टि२० विश्वकपको मुखमै मुख्य प्रशिक्षक मिस्बाह उल हकले राजीनामा दिएका थिए । टि२० विश्वकप खेलाडी छनोटलाई लिएर चर्को आलोचना भइरहेको छ । खेलाडी छनोटमा राजा पनि सम्मिलित थिए । पाकिस्तानको घरेलु संरचाना, प्रतियोगिता, अन्तर्राष्ट्रिय स्तर सुधार मुख्य मुख्य चुनौती हुन् । पछिल्लो एक दशकमा पाकिस्तान क्रिकेटको विश्व स्तरमा धेरै गिरावट आएको छ । पुरानै साखमा फर्काउन ग्रास रुटेदिनै परिवर्तन गर्न आवश्यक देखिन्छ ।

‘मलाई पिसिबीको अध्यक्षमा चुन्नु भएको सबैप्रति आभारी छु । पाकिस्तानको मैदान बाहिर र भित्र स्तर वृद्धि पक्का गर्न म तप्पर छु । मेरो मुख्य लक्ष्य पाकिस्तान टोलीको उही संस्कृति, मनोबल, मनोवृति र एक डरलाग्दो टिम बनाउने हुने छ’, अध्यक्षमा निर्वाचित भएपछि राजाले भनेका छन् ।

March 11, 2025

आइजीपी कप क्रिकेटमा सुदूर र लुम्बिनी विजयी

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रहरी खेलकुद समितिबाट पहिलो पटक आयोजित आइजिपी कप क्रिकेट प्रतियोगिताको पहिलो दिन सुदुरपश्चिम र लुम्बिनी प्रदेशले विजयी सुरुवात गरेका छन् । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एवम् नेपाल प्रहरी खेलकुद समितिका सदस्य-सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन समारोह मुलपानी क्रिकेट मैदानमा भएको थियो । उद्घाटन […]

March 11, 2025

पेनोरिस इन्डो-नेपाल क्रिकेटको सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर-४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। आज बिर्तामोड झापा क्रिकेट क्लबलाई २५ रनले हराउँदै पेनोरिस–११ अन्तिम चारमा प्रवेश गरेको हो । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १८.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ४२ रन बनाएको थियोे । पेनोरिसका लागि सुनिल […]

March 11, 2025

मधेशको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- मधेश प्रदेशले प्रधानमन्त्री (पिएम) कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कोशी प्रदेशलाई मंगलवार १ सय ६५ रनको फराकिलो अन्तरमा हराउँदै मधेश जितबाट पिएम कपको यात्रा सुरु गरेको छ। कोशीको यो लगातार दोस्रो हार हो। बलिङमा मधेशका रुपेश सिंहले ५ विकेट लिए। जितको लागि २ सय ८५ रनको लक्ष्य पछ्याएको कोशी […]

Success

Thank you for your time.