default_image

4 years ago

September 12, 2021

नेपालको लक्ष्य ८ अंक

155 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग–२ नेपाल, अमेरिका र ओमानबीच त्रिकोणात्मक ओडिआई सिरिज सोमबारबाट सुरु हुँदैछ । सोमबार नेपाल र अमेरिकाबीचको खेलसँगै त्रिकोणात्मक सिरिज सुरु हुनेछ । तीनै टोलीले आफ्नो सम्पूर्ण तयारी पूरा गरेका छन् ।

आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिज पछिल्लो पटक नेपालमानै २०२० फेब्रुअरीमा भएको थियो । नेपाल, अमेरिका र ओमानको उक्त त्रिकोणात्मक ओडिआई सिरिजपछि कोरोना महामारीको करण विश्वकप लिग–२ का कुनैपनि खेल हुन सकेका थिएनन् । ७ टोलीबीच २०२३ सम्म चल्ने प्रतियोगितामा शीर्ष तीन टोलीले ग्लोबल छनोटमा सोझै स्थान बनाउने छन् । नेपाल पनि शीर्ष तीनमा रहँदै सोझै ग्लोबल विश्वकप छनोट खेल्ने लक्ष्य राखेको छ ।

हरेक त्रिकोणात्मक सिरिज डबल राउन्ड रोबिनको आधारमा चल्ने छन् । नेपालले विश्वकप लिग–२ मा दोस्रो त्रिकोणात्मक सिरिज खेल्दै छ । तीन साता अघिनै नेपाल ओमान पुगेको थियो । नेपालको लक्ष्य ओमान भ्रमणमा त्रिकोणात्मक सिरिजमा शतप्रतिशत जितका साथ कुल ८ अंक बटुल्ने छ । नेपालले अमेरिका र ओमानसँगै हुने दुई दुई खेलमा जित निकाल्दै अंक तालिका शीर्ष तीनमा उक्लन चाहन्छ ।

उच्च मनोबल

नेपाल पछिल्लो समय उच्च लयमा छ । पपुवा न्युगिनीसँगको दुबै खेलमा जित निकालेको नेपालको मनोबल झनै उच्च छ । पहिलो खेलमा नेपालले दुई विकेटको संघर्षपूर्ण जित हात पारेको थियो । दोस्रो खेलमा १ सय ५१ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । रोहित कुमार पौडेल, सन्दीप लामिछाने र करण केसीको प्रदर्शन उच्च थियो ।

त्यसअघि नेपालले वैशाखमा घरेलु मैदान टियुमा मलेसिया र नेदरल्यान्ड्ससँग त्रिकोणात्मक टि२० आई सिरिजमा उत्कृष्ट ब्याटिङको साथ उपाधि जितेको थियो । टि२० त्रिकोणात्मक सिरिजमा लगातार तीन खेलमा दुई सय माथिको योगफल बनाउँदै नेपालले विश्व क्रिकेटमा तहल्का पिटेको थियो । लगातार जित र उत्कृष्ट प्रदर्शनले मनोबल पनि उच्च छ ।

नेपालको असली परिक्षा

त्रिकोणात्मक सिरिजमा नेपालको असली परिक्षा हुने छ । पछिल्ला जितहरुमा नेपालका विपक्ष्य टोली कागजी रुपमा केहि कमजोर थिए । नेदरल्यान्ड्सले प्रमुख खेलाडी नेपाल पठाएको थिएन । मलेसिया र पिएनजी नेपाल भन्दा तुलनात्मक रुपमा कमजोर टोली थिए । टि२० त्रिकोणात्मक सिरिजमा घरेलु मैदान, समर्थक अनि ब्याटिङ सहयोगी पिचको फाइदा नेपालले भरपूर्ण उठाएको थियो ।

तर मस्कटको उच्च तापक्रम, स्वलो आउटफिल्ड, विदेशी भूमि अनि बलिया विपक्ष्यविरुद्ध नेपालको असली परिक्षा हुने छ । नेपालले खेलेका पछिल्ला ७ अन्तर्राष्ट्रिय खेल मध्य ६ खेलमा विजयी भएको छ । पछिल्ला पाँच खेलमा लगातार जित हात पारेको छ ।

युवा खेलाडीलाई अवसर र चुनौती

नेपाल युवा खेलाडीमा निर्भर छ । ओमान भ्रमणमा शरद भेषावकर, ज्ञानेन्द्र मल्ल र विनोद भण्डारीलाई छाड्ने हो भने टोलीमा सबै युवा खेलाडी छन् । युवा खेलाडीलाई अवसर र चुनौती दुबै छ । टि२० त्रिकोणात्मक सिरिजमा उच्च प्रदर्शन गरेका ओपनर आसिफ शेख र कुशल भुर्तेलबाट सुरुवाती दुई खेलमा अपेक्षा अनुसार प्रदर्शन हुन सकेन । तर उत्कृष्ट प्रदर्शन गर्नेमा नेपाल विश्वस्त छ । सन्दीप र रोहितले पिएनजीविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका थिए । अन्य खेलाडीबाट पनि नेपाल उच्च प्रदर्शन चाहन्छ ।

दीपेन्द्रले सिरिज गुमाउने

उपकप्तान तथा प्रमुख ब्याट्सम्यान दीपेन्द्र सिंह ऐरीले दायाँ खुट्टा चोटको कारण ओमान भ्रमणका सबै त्रिकोणात्मक सिरिज गुमाउने भएका छन् । पिएनजीसँगको दुबै खेल गुमाएका थिए ।

जिम्मेवारी ब्याटिङको आवश्यक

कागजी रुपमा नेपाली टोली मजबुत र सन्तुलित छ । तर नेपाललाई खेलाडीको गैर जिम्मेवार पन ठूलो चिन्ताको विषय हो । नेपाली खेलाडी आफ्नो क्षमता र जिम्मेवारी लिएर खेल्ने हो भने अपेक्षा भन्दा उत्कृष्ट प्रदर्शन गर्न सक्छ । खराब सट छनोट र गैर जिम्मेवार पन सुधार गर्न आवश्यक देखिन्छ ।

बलियो ओमान, फेरिएको अमेरिका

ओमानले लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । गत वर्ष नेपालमा शत प्रतिशत जितका साथ फर्किएको थियो । ओमान अंक तालिकामा १० खेलमा ८ मा जित र २ मा हार सहित शीर्ष स्थानमा छ । त्यसमा ओमानलाई घरेलु मैदान र वातावरणले गर्दा थप मजबुत बनाएको छ । पाकिस्तानी खेलाडीको बाहुल्यता भएको ओमानले विश्व क्रिकेटमा लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएको छ ।

यता अमेरिका टोलीमा भने परिवर्तन आएको छ । गतवर्ष त्रिकोणात्मक सिरिजको टोलीबाट अमेरिकाले ६ खेलाडी परिवर्तन गरेको छ । गतवर्ष नेपालसँग ३५ रनमा अल आउट भएको अमेरिकाले राम्रो पाठसिक्दै नयाँ रणनीतिका साथ ओमानमा छ । पिएनजीसँग दोस्रो खेलमा ६ बलमा ६ छक्का सहित कुल १ सय ७३ रनको इनिङ खेलेका विकेटकिपर जसकरण मल्होत्राले सबैको ध्यान अमेरिकातिर केन्द्रित गरेका छन् ।

विश्वकप लिग-२ बारे स्पष्ट जानकारी

विश्वकप लिग २ आइसिसी एकदिवसिय विश्वकप २०२३ मा हुने विश्वकप छनोट यात्रा हो । नेपालले गतवर्ष माघमा ओमान र अमेरिकासँग खेल्दै विश्वकप लिग २ मा डेब्यू गरेको थियो । नेपालसहित ओमान, स्कटल्यान्ड, नामिबिया, अमेरिका, पपुवा न्युगिनी र यूएई गरि ७ टोलीले २०२३ सम्म प्रतिस्पर्धा गर्ने छन् । होम अवे त्रिकोणात्मक सिरिज हुँदा एक टोलीले कुल ३६ ओडिआई खेल खेल्ने छन् ।

जसबाट शीर्ष तीन टोली सन् २०२३ मा भारतमा हुने एकदिवसिय विश्वकपको लागि ग्लोबल छनोटमा सोझै स्थान बनाउने छन् । पुछारका चार टोलीले प्लेअफ खेल्नुपर्ने हुन्छ । प्ले अफमा च्यालेन्ज ए र बी बाट आउने शीर्ष दुई टोली गरि ६ टोलीबीच प्रतिस्पर्धा गर्ने छन् । प्लेअफबाट दुई टोलीले ग्लोबल छनोट खेल्ने अन्तिम अवसर पाउने छन् ।

ग्लोबल छनोटमा १० टोली हुने छन् । आइसिसी विश्वकप सुपर लिगमा १२ टेस्ट टोली र नेदरल्यान्ड्स गरि कुल १३ टोली छन् । विश्वकप सुपर लिगमा १३ टोली मध्य भारत आयोजक देश हुँदा छनोट भई सकेको छ । सुपर लिग पछि अन्य शीर्ष ७ टोलीले विश्वकपमा स्थान बनाउने छन् । बाँकी पाँच टोलीले ग्लोबल छनोटमा झर्ने छन् ।

सुपर लिगका पुछारका पाँच टोली, विश्वकप लिग-२ का शीर्ष तीन टोली र प्लेअफका शीर्ष दुई टोली गरि कुल १० टोलीले ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने छन् । जसबाट शीर्ष दुई टोलीले विश्वकपमा स्थान बनाउने छन् ।

विश्वकप लिग-२ अंक तालिका

नेपाल ४ खेलमा २ मा जित र २ मा हार सहित ४ अंकका साथ छैटौं स्थानमा छ । ओमान १० खेलमा ८ मा जित र २ मा हार सहित १६ अंकका साथ शीर्ष स्थानमा छ । अमेरिका १२ खेलमा ६ मा जित र ६ मा हार सहित १२ अंक जोड्दै दोस्रो स्थानमा छ । स्कटल्यान्ड ८ खेलमा ४ मा जित र ३ मा हार सहित ९ अंकका साथ तेस्रो स्थानमा छ । एक खेल वर्षाको कारण रद्ध भएको थियो ।

नामिबिया ७ खेलमा ४ मा जित र ३ मा हार सहित ८ अंक सहित चौथो स्थानमा छ । संयुक्त अरव इमिरेट्स (युएई) ७ खेलमा समान ३ मा जित र ३ मा हार सहित ७ अंक जोड्दै पाँचौं स्थानमा छ । एक खेल रद्ध हुन पुगेको थियो । पपुवा न्युगिनी ८ खेलमानै हारका साथ अंक विहिन हुँदै पुछारमा छ ।

खेल तालिका

भदौ २८ : नेपालविरुद्ध अमेरिका, दिउँसो ४:१५

भदौ २९ : नेपालविरुद्ध ओमान, दिउँसो ४:१५

भदौ ३१ : ओमानविरुद्ध अमेरिका, दिउँसो ४:१५

असोज १ : नेपालविरुद्ध अमेरिका, दिउँसो ४:१५

असोज ३ : नेपालविरुद्ध ओमान, दिउँसो ४:१५

असोज ४ : ओमानविरुद्ध अमेरिका, दिउँसो ४:१५

प्रत्यक्ष प्रसारण : नेपालमा एक्सन स्पोर्ट्सबाट हेर्न सकिनेछ ।

नेपालको टोली : ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, गुलशन झा, आरिफ शेख, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, अविनाश बोहरा, सुशान भारी, शरद भेषावकर, विक्रम सोब, पवन सरार्फ र रोहित कुमार पौडेल

अमेरिकाको टोली : सौरभ नेत्रावलकर (कप्तान), आरोन जोन्स (उपकप्तान), अभिषेक पराडकार, डोमिनिक रिखी, एल्मोर हचिन्सन, गजानन्द सिंह, जस्दीप सिंह, जसकरण मल्होत्रा, करिमा गोरे, मोनाक पटेल, निसरग पटेल, नोशतुश केंजीगे, स्टिभ टेलर, सुशान्त मोदानी, सन्जय कृष्णमुर्ती, काइल पिलिप (वैकल्पिक)

ओमानको टोली : जिशान मकसुद (कप्तान), अकिब इलायस, जतिन्दर सिंह, खवर अली, मोहम्मद नदीम, अयान खान, सुरज कुमार, सन्दीप गौड, नेस्टर धम्बा, कलिमुल्लाह, बिलाल खान, नसिम खुशी, सुफ्यान मोहम्मद र सोहिब खान ।

March 13, 2025

नेपाल फेरि पराजित

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]

March 13, 2025

नेपालविरुद्ध युगाण्डाको प्रतिस्पर्धात्मक योगफल

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]

March 13, 2025

प्रज्वलको अर्धशतकमा लुम्बिनीको जित

काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]

Success

Thank you for your time.