4 years ago
September 12, 2021
काठमाडौं (हाम्रो खेलकुद) – युवा ब्याट्सम्यान तथा उपकप्तान दीपेन्द्रसिंह ऐरीले सोमबारबाट सुरु हुने आइसिसी विश्वकप लिग–२ अन्तर्गत ओमान, अमेरिका र नेपालबीचको त्रिकोणात्क सिरिज गुमाउने भएका छन् । दीपेन्द्र अभ्यासको क्रममा यसै साता दायाँ खुट्टा एंकलमा चोट लागेपछि ओमान भ्रमणका सबै खेलहरु गुमाउने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।
दीपेन्द्रले दुई हप्ता अराम गर्ने छन् । दीपेन्द्र चोटका कारण पपुवा न्युगिनी (पिएनजी) सँगको दुई ओडिआईमा पनि बेन्चमा बसेका थिए । मध्यक्रमका प्रमुख ब्याट्सम्यान दीपेन्द्रले सिरिज गुमाउँदा नेपाललाई भने ठूलो झड्का लागेको छ । दीपेन्द्र नहुँदा नेपालको मध्यक्रम ब्याटिङमा ठूलो असर पर्न सक्छ । पिएनजीसँगको पहिलो खेलमा चौथो नम्बरमा शरद भेषावकर र दोस्रो खेलमा रोहित कुमार पौडेलले ब्याटिङ भूमिका निर्वाह गरेका थिए ।
दोस्रो खेलमा रोहितले उक्त नम्बरमा खेल्दै ८६ रनको इनिङ खेलेका थिए । अमेरिकाविरुद्ध पहिलो खेलमा सोमबार चौथो नम्बरमा शरद खेल्ने सम्भावना छ । नेपालले तीन हप्ता नेपालको बन्द प्रशिक्षणपछि भदौ पहिलो साता ओमान भ्रमण गरेको थियो । नेपालले पहिलो खेलमा पिएनजीलाई दुई विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा १ सय ५१ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । नेपाल र अमेरिकाबीचको पहिलो खेल सोमबार अल अमरेत क्रिकेट मैदानमा नेपाली समय अनुसार दिउँसो ४ : १५ पछि सुरु हुने छ ।
खेल तालिका
भदौ २८ : नेपालविरुद्ध अमेरिका, दिउँसो ४:१५
भदौ २९ : नेपालविरुद्ध ओमान, दिउँसो ४:१५
असोज १ : नेपालविरुद्ध अमेरिका, दिउँसो ४:१५
असोज ३ : नेपालविरुद्ध ओमान, दिउँसो ४:१५
नेपालको टोली : ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, गुलशन झा, आरिफ शेख, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, अविनाश बोहरा, सुशान भारी, शरद भेषावकर, विक्रम सोब, पवन सरार्फ र रोहित कुमार पौडेल
विश्वकप लिग-२ बारे सम्पूर्ण जानकारीको लागि यो पढ्नुहोस् : त्रिकोणात्मक सिरिजको लागि नेपालको तयारी पूरा
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]