3 years ago
September 10, 2021
यो खेलका क्रममा तयार पारिएको समाचार थियो । खेलको नतिजा यसप्रकार छ : सन्दीपको ६ विकेटसँगै नेपालको कीर्तिमानी जित
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले पपुवा न्युगिनीसँगको दोस्रो ओािडआई खेलमा निकै सुरुवात गरेको छ । अल अमरेत क्रिकेट मैदान ओमानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले सुरुवाती ५ ओभरमा २ विकेट गुमाउँदै १३ रन बनाएको छ ।
नेपालका कप्तान ज्ञानेन्द्र मल्ल ५ रनमा क्रिजमा छन् । ज्ञानेन्द्रलाई रोहित कुमार पौडेलले साथ दिने छन् । नेपालले खराब सुरुवात गर्नेक्रममा दोहोरो अंकमा रन बनाउन नपाउँदै दुवै ओपनर गुमाएको छ । तेस्रो ओभरको पहिलो बलमै ओपनर असिफ शेख तीन रनमा क्याच आउट हुन पुगे । तीव्र गतिका बलरमा कौना भागीको बलमा आसिफ सेसे बाउबाट क्याच आउट हुन पुगेका थिए । कौनाले डेब्यू विकेट लिएका थिए ।
अर्का तीव्र गतिका बलर नर्मन भानुआको चौथो ओभरको पाँचौं बलमा कुशल भुर्तेल एज लागेर विकेटकिपर किप्लिङ डोरीयाबाट तीन रनमा क्याच आउट हुन पुगेका छन् । कुशल आउट हुँदा नेपाल ९–२ को कमजोर अवस्थामा पुगेको थियो ।
पहिलो खेलमा नेपालले संघर्षपूर्ण २ विकेटको जित हासिल गरेको थियो ।
पछिल्लो अपडेट : नेपाललाई सम्हाल्दै ज्ञानेन्द्र र रोहित
February 12, 2025
एजेन्सी – अफगानिस्तानका १८ वर्षीय दायाँ हाते स्पिनर अल्लाह गजान्फरले च्याम्पियन्स ट्रफी र आइपिएल गुमाउने भएका छन् । अफगानिस्तान क्रिकेट बोर्ड (एसीबी) ले बुधबार बिहान ट्वीट गर्दै गजान्फरको बारेमा जानकारी दिएको हो । एसीबीका अनुसार अफगानिस्तानको जिम्बाब्वे भ्रमणका क्रममा गजान्फर घाइते भएका र उनी कम्तीमा चार महिना मैदानबाहिर रहने बताएको छ । च्याम्पियन्स ट्रफीका साथै […]
February 12, 2025
एजेन्सी – अर्को साता सुरु हुने च्याम्पियन्स ट्रफीका लागि स्टिभ स्मिथको कप्तानीमा अस्ट्रेलिया क्रिकेट टोलीको घोषणा भएको छ । अस्ट्रलियन क्रिकेट बोर्डले बुधवार १५ सदस्यीय अन्तिम टोलीको घोषणा गरेको हो । प्राम्भिक टोलीमा रहेका ५ खेलाडी अन्तिम टोलीमा परेनन्। प्रारम्भिक टोलीमा रहेका कप्तान प्याट कमिन्स, जोस हेजलवुड र अलराउन्डर मिचेल मार्स यसअघि नै टोलीबाट बाहिरिएका […]
February 12, 2025
एजेन्सी – भारतका तीव्र गतिका बलर जसप्रित बुमराहले च्याम्पियन्स ट्रफी गुमाउने भएका छन् । बुमराहले जनवरीमा सिड्नी टेस्टका क्रममा ढाडमा लागेको चोटट पूर्णरुपमा निको नभएपछि च्याम्पियन्स ट्रफी गुमाउने भएका हुन् । बुमराहको पछिल्लो स्वास्थ्य परिक्षण गत साताको अन्तिममा बेंगलुरुमा भएको थियो । बुमराहले चोटका कारण आइसिसीको यो दोस्रो प्रतियोगिता गुमाउने भएका हुन् । बुमराहले ढाडको […]