default_image

8 years ago

November 10, 2016

अमेरिकामा पारसको नेतृत्वमा रहेको नेपाली राइनोज विजयी

108 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काको नेतृत्वमा रहेको नेपाली राइनोजले अमेरिकामा जारी टु एक्स क्रिकेट युएसए कपमा विजयी सुरुआत गरेको छ । पहिलो खेलमा नेपालले एमएसएम इङ्ल्यान्डलाई ७ विकेटले हराएको थियो ।

nepal
टेक्ससको मोसा मैदानमा सञ्चालित टु एक्स क्रिकेट प्रतियोगितामा २० ओभरको खेल भएपनि त्यसलाई टेस्ट क्रिकेटको पद्धतीमा चार इनिङमा खेलाइएको छ । खेलमा पहिलो टोलीले पहिलो इनिङमा १० ओभर ब्याटिङ गने र त्यसपछि दोस्रो टोलीले १० ओभर ब्याटिङ गर्ने गरि सञ्चालन गरिएको थियो । दोस्रो टोलीले पहिलो इनिङ खेलिसकेपछि पहिलो टोलीले पहिलाकै अवस्थाबाट ब्याटिङ अघि बढाउनुपर्ने हुन्छ । पहिलो टोलीले थप दोस्रो इनिङमा १० ओभरमा ब्याटिङ गरेपछि दोस्रो टोलीले लक्ष्य प्राप्त गर्दै दोस्रो इनिङ ब्याटिङ गर्नुपर्ने हुन्छ ।
पहिले ब्याटिङ गरेको एमएसएमले १० ओभरको पहिलो इनिङमा २ विकेट गुमाएर ६५ रन बनाएको थियो । त्यसपछि ब्याटिङ गरेको नेपाली राइनोजले १ विकेटको क्षेतिमा ७२ रन बनाउँदै ७ रनको अग्रता लिएको थियो । एमएसएमले दोस्रो इनिङ ब्याटिङ गर्दै ८ विकेटको क्षेतिमा १ सय १४ रन बनायो । दोस्रो इनिङमा टोलीले ६ विकेट गुमाउँदा ५९ रन जोडेको थियो । त्यसपछि राइनोजले ४३ रनको लक्ष्य प्राप्त गरेको थियो ।
राइनोजले थप २ विकेटको क्षेतिमा आवश्यक ४३ रन पुरा गर्दै ७ विकेटको जित हासिल गरेको थियो । २ छक्का प्रहार गरेका कप्तान पारस अविजित रहे । राइनोजका लागि सुवास खकुरेलले सबैभन्दा बढी ४९ रन बनाएका थिए । सुवास पहिलो इनिङमा ३७ रनमा अविजित थिए । राइनोजले आज अर्को खेलमा प्रतिस्पर्धा गर्नेछ । राइनोजबाट पारस, सुवाससहित राष्ट्रिय टोलीका उपकप्तान ज्ञानेन्द्र मल्ल, बसन्त रग्मी, शरद भेषावकर, पृथु बास्कोटा,सोमपाल कामी, सिद्धान्त लोहनी छन् ।
प्रतियोगितामा सहभागी ८ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । राउन्ड रोविन लिगपछि समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । समूह एमा राइनोजसहि एमएसमएम इङ्ल्यान्ड, युएइ फाल्कोन्स र एनजी समरसेट छन् । त्यस्तै पाकिस्तान फस्ट क्रिकेट क्लब, स्मार्ट च्वाइस, अन्डरडग्स र हस्टन स्पार्क समूह बीमा छन् ।

March 20, 2025

आइपिएल २०२५ मा बलमा थुक लगाउन पाउने

एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) २०२५ मा बलरले बलमा थुक लगाउन पाउने भएका छन् । मुम्बईस्थित भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) को मुख्यालयमा बिहीवार भएको प्रतियोगिताका निर्णयकर्ता सँगको बैठकमा अधिकांश फ्रेन्चाइज कप्तानले परिवर्तनको माग गरेपछि आइपिएलले यस्तो निर्णय गरेको हो । सबै कप्तानहरू यो विषयमा सहमत भएका छन् । आइसिसीले अपनाएको थुक प्रतिबन्ध, जुन क्रिकेटका सबै […]

March 20, 2025

लुम्बिनीमाथि कर्णालीको रोमाञ्चक जित

काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनीविरुद्ध रोमाञ्चक जित हासिल गरेको छ । बिहीवार भएको खेलमा अर्जुन घर्ती र दीपेन्द्र रावतको अर्धशतकको सहयोगमा कर्णालीले दिएको २ सय ६ रनको लक्ष्य पछ्याएको लुम्बिनी प्रदेश ४९.४ ओभरमा २ सय रनमा समेटियो । लुम्बिनीका लागि प्रज्वल थापाले सर्वाधिक ८४ रन जोडे । उनले […]

March 20, 2025

साविक विजेता पुलिसको अपराजित यात्रा कायमै

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार सातौं जित हासिल गरेको छ । पुलिसले बिहीवार भएको खेलमा बागमती प्रदेशलाई ९३ रन हरायो । २ सय ९८ रनको लक्ष्य पछ्याएको बागमती ४५.२ ओभरमा २ सय ४ रनमा समेटियो । बागमतीका लागि इशान पाण्डेले ९८ बलमा ६ चौकासहित […]

Success

Thank you for your time.