3 years ago
September 7, 2021
विनोदबाबु रिजाल, भरतपुर
एभरेष्ट प्रिमियिर लिग (इपिएल)को फ्रेन्चाइज टिम चितवन टाइगर्सले तेस्रो संस्करणको प्रतियोगिताका लागि ट्यालेन्ट हन्टमार्फत चितवनबाट ५ जनालाई क्लोज क्याम्पमा छनोट गरेको छ । ट्यालेन्ट हन्टबाट छनोट भएका ५ खेलाडीमध्य २ खेलाडी टोलीमा पर्नेछन् ।
मंगलबार भरतपुरमा चितवन टाइगर्सले गरेको कार्यक्रममा ती खेलाडी सार्वजनिक गरेको हो । ट्यालेन्ट हन्टबाट क्रिजन गुरुङ, संघर्ष पौडेल, राजेश ढकाल, आकाश थापा र गौतम केसी छनौट भएका छन् । त्यसमध्य गौतमलाई यसअघि नै चितवनले ५० हजार रुपैयाँमा अनुबन्ध गरिसकेको टिमका प्रमुख किशोर भट्टराईले जानकारी दिए । बाँकी चार खेलाडीलाई यही भदौ २५ बाट काठमाडौँमा क्लोजक्याम्पमा सहभागी गराएर असोज २ गते एकजना छानिने भट्टराईले बताए ।
सो क्रममा बोल्दै भट्टराईले युवा खेलाडीहरुलाई टिमलले प्राथमिकतामा राखेको भन्दै युवा खेलाडीहरुलाई सिक्ने अवसर मिलेको बताए । उनले इपिएल सबैभन्दा ठूलो क्रिकेट प्रतियोगिता भएकाले युवा खेलाडीहरुलाई विदेशी खेलाडीहरुबाट सिक्ने मौका मिल्ने बताए ।
टिममा छानिएका २० वर्षीय गौतम नारायणगढ निवासी हुन् । दाहिने हाते तीव्र गतिका बलरको रूपमा उनले राष्ट्रिय प्रतियोगिताहरूमा आफ्नो प्रभाव छाडेका छन् । उनले नेपाल क्रिकेट संघद्वारा आयोजित भर्खरै सम्पन्न ५० ओभर प्रतियोगितामा आफ्नो प्रादेशिक टोली बागमतीको लागि उत्कृष्ट प्रदर्शन गरेका थिए । त्यस्तै पछिल्लो प्रधानमन्त्री कपमा त्रिभुवन आर्मी क्लबरिुद्ध उनले ५–६१ को प्रदर्शन गरेका थिए ।
अन्य चार जनामध्ये १७ वर्षीय क्रिजन गुरुङ बायाँ हाते अर्थडक्स स्पिनर तथा ब्याट्सम्यान हुन् । त्यस्तै २६ वर्षीय आकाश थापा दाहिने हाते ब्याट्सम्यान तथा विकेटकिपर हुन् । उनले राष्ट्रिय प्रतियोगिता तथा फ्रेन्चाइज लिग नै खेलिसकेका छन् । त्यस्तै १८ वर्षीय राजेश ढकाल दाहिने हाते ब्याट्सम्यान तथा विकेटकिपर हुन् भने स्थानीय प्रतियोगिताहरूमा राम्रो प्रभाव छोड्न सफल संघर्ष पौडेल दायाँ हाते स्पिन बलर हुन् ।
कार्यक्रममा चितवन क्रिकेट संघका अध्यक्ष कैलाश प्रधान, लायन्स डिष्ट्रिक्ट ३२५ बी टु का गर्भनर लायन रामप्रसाद भट्टलगायतले मन्तव्य व्यक्त गरेका थिए । चौथो संस्करणको बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (इपिएल) टि–२० क्रिकेट आउँदो असोज ९ गतेदेखि काठमाडौँस्थित टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुँदैछ ।
सोमपाल कामीको कप्तानीमा रहेको चितवन टाइगर्समा कमल सिंह ऐरी, शाहब आलम, इशान पाण्डे, ललित सिंह भण्डारी, दिलीप नाथ, सागर ढकाल, राजेश पुलामी मगर, हासिम अन्सारी, भीम सार्की, खड्क बहादुर बोहरा, आदिल खान, सन्दीप सुनार, देवराज खनाल, गौतम केसी, शेकुगे प्रसन्न (श्रीलंका), मोहम्मद शाहजाद (अफगानिस्तान), करिम जन्नत (अफगानिस्तान), डानिस अजिज (पाकिस्तान) र वीरनदीप सिंह (मलेसिया) खेलाडी रहेका छन् । टिमको मुख्य प्रशिक्षक सामसन जंग थापा रहेका छन् ।
December 19, 2024
काठमाडौं(हाम्रो खेलकुद) – मलेसियामा जारी एसिसी यु १९ महिला एसिया कपमा नेपाल र श्रीलंकाबीचको सुपर फोरको खेल वर्षाका कारण रोकिएको छ । समूह ए को उपविजेता बन्दै सुपर फोरमा स्थान बनाएको थियाे । नेपालले सुपर फोरको पहिलो खेलमा श्रीलंकाको यु १९ टोलीसँग पहिलो खेल खेलिरहेको थियो । टस जितेर बलिङ गरिरहेको नेपालले पहिलो ओभरको समाप्तीमा […]
December 19, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) को दोस्रो क्वालिफायर खेलमा कर्णाली याक्सविरुद्ध जनकपुर बोल्ट्स जितेकाे छ । टियु क्रिकेट मैदानमा जनकपुरका कप्तान आसिफ शेखले बलिङ रोजेका छन् । पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग पराजित भएको जनकपुरले फाइनल प्रवेशका लागि अर्को अवसर पाएको हो । पहिलो क्वालिफायरको विजेता बन्दै सुदूरपश्चिमले भने फाइनलमा स्थान पक्का गरिसकेको […]
December 19, 2024
काठमाडौं(हाम्रो खेलकुद) – मलेसियामा जारी यु १९ महिला एसिया कपमा श्रीलंकाविरुद्ध नेपालले टस जितेको छ । मलेसियाको किन्नारा ओभलमा नेपालकी कप्तान पुजा महतोले टस जितेर बलिङ रोजेकी हुन् । दुवै टोली आ आफ्नो समूहको शीर्ष २ मा रहँदै सुपर ४ मा स्थान बनाएका हुन् । भारत र पाकिस्तानसँग एकै समूहमा रहेको नेपालले पाकिस्तानलाई पराजित गर्दा […]