3 years ago
September 4, 2021
काठमाडौं (हाम्रो खेलकुद) – श्रीलंका पूर्व तीव्र गतिका बलर धाम्मिका प्रसादले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) भैरहवा ग्ल्याडियटर्सबाटबाट खेल्ने भएका छन् । भैरहवाले दोस्रो विदेशी खेलाडीको रुपमा श्रीलंका तीव्र गतिका बलर भित्र्याएको हो ।
३८ वर्षिय धाम्मिकाले श्रीलंकाबाट २५ टेस्ट, २४ ओडिआई र एक टि२० आई खेल खेलेका छन् । उनले टेस्टमा ७५ र ओडिआईमा ३२ विकेट लिएका छन् । टेस्टमा उच्च प्रदर्शन ५–५० र ओडिआईमा ३–१७ छ । उनले २००६ मा बंगलादेशविरुद्ध ओडिआईमा डेब्यू गर्दै आफ्नो करीअरको पहिलो ओभरमै दुई बलमा दुई विकेट लिँदै मेडन ओभर राखेका थिए । उनी बाउन्सर तीव्र गतिका लागि चिनिन्छन् । उनको बलको गती प्रतिघण्टा १ सय ४० किलोमिटरमाथि हुने गर्दछ । उनले २१ टि२० खेलमा १९ विकेट लिएका छन् । १ सय ३० प्रथम श्रेणी र १ सय १९ लिष्ट ए खेल खेलेका छन् ।
भैरहवाले यसअघि श्रीलंका ओपनर तथा पूर्व कप्तान उपुल थरंगा नाम सार्वजनिक गरेको छ । विकेटकिपर दीनेश चान्डिमलको नाम सार्वजनिक गरेपनि उनी अन्तर्राष्ट्रिय खेलको कारण नआउने भैरहवाले जनाई सकेको छ ।
भैरहवाको प्रशिक्षकमा नेपाली क्रिकेट टोलीका पूर्व मुख्य प्रशिक्षक पुबुदु दसानायेके छन् । शरद भेषावकर कप्तान रहेको भैरहवामा आरिफ शेख, रोहित कुमार पौडेल, अभिनाश बोहरा, कुशल मल्ल, प्रदीप ऐरी, भुवन कार्की, कृष्ण कार्की, अनिल खरेल, हरिशंकर शाह, दीपेश श्रेष्ठ, विकास आग्री, दुर्गेश गुप्ता र हिमान्शु स्वदेशी खेलाडीको रुपमा छन् ।
इपिएल असोज ९ देखि २३ (सेप्टेम्बर २५ देखि अक्टोबर) ९ सम्म टियु मैदान कीर्तिपुरमा हुने छ । इपिएलको विजेताले ५० लाख र उप विजेताले १५ लाख पाउने छन् । आइपिएल र टि२० विश्वकप पनि उक्त समयमा हुँदा फ्रेन्चाइज टोलीलाई विदेशी खेलाडी भित्र्याउन केहि कठिनाइ भएको बुझिएको छ । चितवन टाइगर्सले आफ्नो पाँचै विदेशी खेलाडीको नाम सार्वजनिक गरेको छ । चितवनमा अफगानिस्तानका मोहम्मद शाहजाद, करिम जन्नत, मलेसिया विरनदीप सिंह, पाकिस्तानका दानिस अजिज र श्रीलंका शेक्कुगे प्रसन्ना छन् ।
काठमाडौंले पाकिस्तानका पूर्व क्रिकेटर शाहिद अफ्रिदी, ललितपुरले भुटानका ब्याट्सम्यान मिक्यो दोर्जी र इंग्ल्यान्डका एलेक्स ब्लेकको नाम सार्वजनिक गरि सकेको छ । त्यस्तै विराटनगर वारियर्सले जिम्बावेका अलराउन्डर सिकन्दर राजा नाम सार्वजनिक गर्दा पोखोरा राइनोजले कुनै पनि विदेशी खेलाडीको नाम सार्वजनिक गरेको छैन । पछिल्ला दुई सिजनमा लगातार उपविजेता समिति भैरहवा यो पटक च्याम्पियन बन्ने सोचमा छ ।
December 17, 2024
काठमाडौं(हाम्रो खेलकुद) – एसिसी यु १९ महिला एसिया कपमा नेपाल अपराजित रहँदै सुपर ४ मा पुगेको छ । नेपाल र भारत यु १९ बीचको खेल वर्षाका कारण स्थगित भए पछि नेपाल अपराजित रुपमा सुपर ४ मा पुगेको हो । नेपालले दिएको ९५ रनका लक्ष्य पछ्याउने क्रममा भारी वर्षा भए पछि खेल रद्द भएको हो । […]
December 17, 2024
काठमाडौं(हाम्रो खेलकुद) – एसिसी यु १९ महिला एसिया कपमा नेपालले भारतलाई जितको लागि सामान्य लक्ष्य दिएको छ । मलेसियामा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ९४ रनको सामान्य योगफल तयार गर्यो । नेपालका लागि कप्तान पुजा महतोले सर्वाधिक २५ रन जोडिन् । उनले ४० बलमा ३ चौका प्रहार गरेकी […]
December 17, 2024
काठमाडौं(हाम्रो खेलकुद) – मलेसियामा जारी एसिसी यु १९ महिला एसिया कपमा नेपालले भारतविरुद्ध टस हारेको छ । मंगलवार मलेसियामा भारतले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको हो । पहिलो पटक आयोजना भइरहेको महिला एसिया कपमा नेपालले आफ्नो दोस्रो खेल खेल्दैछ । नेपालले पहिलो खेलमा पाकिस्तानलाई पराजित गरेर सुपर ४ मा स्थान पक्का गरेको छ । […]