default_image

4 years ago

August 29, 2021

ह्वाटमोरले राजीनामा दिनुका पाँच कारण

151 views

0 Bookmark

डेभ ह्वाटमोर नेपाली क्रिकेटले पाएको हालसम्मै सर्वाधिक ठूला नामका प्रशिक्षक हुन् । नेपाल क्रिकेट संघ (क्यान) ले गत पुसमा खुल्ला प्रतिस्पर्धा छनोट मार्फत ह्वाटमोरलाई नेपाली क्रिकेटको मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो । विश्वकप च्याम्पियन प्रशिक्षक ह्वाटमोरले छोटो समयमै नेपाली क्रिकेटमा ठूलो आशा देखाएका थिए ।

ह्वाटमोरले सन् १९९६ मा श्रीलंकालाई प्रशिक्षकको रुपमा विश्वकप जिताएका थिए । श्रीलंका हुर्के बढेका उनको परिवारको कारण अष्ट्रेलियाबाट क्रिकेट खेलेका थिए । पछिल्लो समय खस्कदो प्रदर्शनको कारण क्यानले विश्वकप विजेता प्रशिक्षक ह्वाटमोरलाई नेपाल भित्र्याउँदै राम्रो सन्देश दिएको थियो ।

गत वैशाखमा टियु मैदानमा भएको नेदरल्यान्ड्स र मलेसियाविरुद्ध त्रिकोणात्मक टि२० आई सिरिजमा नेपालले उत्कृष्ट ब्याटिङका साथ उपाधि जित्यो । सधैं कमजोर मानिने ब्याटिङ त्रिकोणात्मक सिरिजमा नेपालको बलियो हतियार बनेको थियो । जसले ह्वाटमोरबाट नेपालले विशेषगरि ब्याटिङमा ठूलो अपेक्षा राखेको थियो ।

नेपाली टोली भदौ ८ मा ओमान भ्रमणमा निस्केको थियो । ओमान भ्रमणमा नेपालले पपुवा न्युगिनीसँग दुई ओडिआई र आइसिसी विश्वकप लिग–२ अन्तर्गत ओमान र अमेरिकासँग त्रिकोणात्मक ओडिआई सिरिज खेल्दैछ ।

तर शुक्रबार नेपाली क्रिकेटको मुख्य पदबाट राजीनामा दिएपछि सम्पूर्ण नेपाली समर्थक, सुभचिन्तक, खेलाडी लगायत सबैमा ठूलो तरङ्ग आएको छ । राजीनामा कारण के भन्ने धेरैको मनमा प्रश्न र जिज्ञासा छ । समग्रमा ह्वाटमोरले नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षक पदबाट राजीनामा दिनुको मुख्य पाँच कारण यस प्रकार छन् ।

५. बढ्दो उमेरसँगै परिवारसँग बस्ने चाहना

ह्वाटमोरले क्यानलाई लेखेको राजीनामा पत्रमा आफू कोरोना महामारीको समयमा परिवारसँगै बस्न चाहेको बताएका छन् । सन् १९९० देखिनै प्रशिक्षकको रुपमा काम गर्दै आएका ह्वाटमोरले महामारीको कठिन समयमा परिवारसँग समय बिताउन चाहेको लेखेका छन् । नेपालमा खाली हुँदा उनी परिवारसँग बस्न श्रीलंका गईहाल्थे । हाल श्रीलंकामा उनकी श्रीमती एक्लै छिन् ।

कोरोना महामारीमा एक्लै बस्न सहज हुँदैन । अर्कोतर्फ ह्वाटमोर उमेरले ६७ वर्ष पुगिसकेका छन् । उनी अब आफ्नो प्रशिक्षक करीअरको पनि अन्त्यतिर छन् । खेलाडी र प्रशिक्षण गरि उनी चार दशक भन्दा बढी परिवारबाट टाढा रहे । त्यसैले परिवारसँगै बस्ने सोच बनाएका हुन सक्छन् ।

४. कोरोनाले प्रभावित हुनु

ह्वाटमोर नेपालमा एक वर्षभन्दा बढी नबस्ने गरि आएका थिए । ह्वाटमोरले छोटो समयमा नेपाली क्रिकेटलाई केहि योगदान दिन चाहन्थे । तर कोरोनाले निकै प्रभावित पार्यो । ह्वाटमोर माघमा नेपाल आएपछि नेपालले अन्तर्राष्ट्रिय खेलको रुपमा पाँच टि२० आई मात्र खेल्यो । त्रिकोणात्मक टि२० सिरिजमा उनको प्रभाव खेलाडीमा स्पष्ट देखिन्थ्यो । कोरोना कारण थुप्रैे सिरिजहरु स्थगित भए ।

ह्वाटमोर सफल प्रशिक्षक हुन् । उनी व्यस्त हुन चाहन्छन् । तर कोरोनाको कारण उनले सोचे र योजना अनुसार काम गर्न पाएनन् । नेपाली क्रिकेट लगातार अन्तर्राष्ट्रिय खेल भई राखेको भए सायद उनको सोच परिवर्तन हुन सक्थ्यो ।

३. कम पारिश्रमिक र बढी कर

ह्वाटमोरको एक महिना मासिक पारिश्रमिक नेपालमा १० हजार अमेरिका डलर छ । नेपाल सरकारको नियम अनुसार उनको तलबको सबै गरेर ३५ प्रतिशत रकम कर काटिन्छ । क्यानका अनुसार खाना, बस्न, कर सबै कटाएर उनले मासिक ६ हजार ५ सय देखि ७ हजार सम्म तलब पाउँथे । तुलनात्मक रुपमा नेपाली क्रिकेटलाई यो रकम ठूलो लाग्ला ।

तर उनको लागि पुगनपुग ७ हजार डलर क्षमता अनुसारको तलब होईन । विश्वकप च्याम्पियन उनलाई ठूला देश र क्लबबाट राम्रो पारिश्रमिकका साथ निरन्तर प्रस्ताव आइराख्छ । त्यसैले उनले नेपाल छाड्ने निर्णय लिएका हुन् ।

२. बरोडासँग सम्झौता र राम्रो तलब पाउनु

ह्वाटमोर नेपाली क्रिकेट समालेको समयमानै भारतीय घरेलु टोली बरोडा क्रिकेट टोलीसँग सम्झौता गरेको चर्चा चल्दै आएको थियो । बरोडाले ह्वाटमोरलाई १० लाख भारु (१६ लाख नेपाली रुपैयाँ) मासिक तलबमा सम्झौता गरेको बुझिएको छ । जुन नेपालमा भएको भन्दा झन्डै दोब्बर तलब हो । उनको नेपालमा तलब समस्या र श्रम स्वीकृति समाधान भइसकेको थियो । बरोडासँग यसअघिनै सम्झौता भएको हुँदा नेपाल बस्ने मन भएपनि छाड्नु परेको हो ।

१. भारतमा भिसा नपाएपछि नेपाल आउनु

ह्वाटमोर सिंगापुर क्रिकेटको मुख्य प्रशिक्षक छाडेपछि भारतीय घरेलु टोली बरोडा सम्हाल्ने तयारी गरेका थिए । उनले २०१९/२० को रणजी ट्रफी सिजन हेर्ने गरि सम्झौता गरेको थिए । उक्त समय अष्ट्रेलियामा रहेका ह्वाटमोरले भिसा समस्या कारण भारत जान पाएनन् । त्यसपछि मात्र उनले नेपाली क्रिकेटसँग एक वर्ष सम्झौता गरेका थिए । किनभने कोरोना कारण एक वर्ष उनी खाली हुने लगभग निश्चित थियो ।

अर्कोतर्फ क्यानले प्रशिक्षक छनोटमा लिएको अन्तवार्तामा पहिलो रोजाईमा भारतीय अपूर्व देशाइ थिए । उनी ठूला देशसँग बस्ने आशा देखाउँदै पार्टटाइमको रुपमा काम गर्न खोजेपछि मात्र ह्वाटमोरलाई ल्याउने निर्णय गरेको थियो । ह्वाटमोर एक वर्षपछि बरोडा सम्हाल्ने सोचका साथनै नेपाल आएका थिए । गत मार्चमानै ह्वाटमोरले बरोडासँग सम्झौता गरिसकेको भारतीय मिडियाले दाबी गर्दै आएका छन् ।

भारतमा कोरोना महामारीपछि घरेलु क्रिकेट फर्कदै छ । अक्टोबरमा शैद मुश्ताक अली र नोभेम्बरमा रणजी ट्रफी सुरु हुँदैछ । यस प्रतियोगिताको लागि उनी त्यहाँ पुग्ने सम्भावना हुँदा सम्झौता तीन महिना बाँकी हुँदानै राजीनामा दिएका हुन् ।

यो पनि पढ्नुहोस : ‘ह्वाटमोरको परिवार नै नेपालमा राख्न तयार छौं ‘ – क्यान

March 11, 2025

आइजीपी कप क्रिकेटमा सुदूर र लुम्बिनी विजयी

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रहरी खेलकुद समितिबाट पहिलो पटक आयोजित आइजिपी कप क्रिकेट प्रतियोगिताको पहिलो दिन सुदुरपश्चिम र लुम्बिनी प्रदेशले विजयी सुरुवात गरेका छन् । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एवम् नेपाल प्रहरी खेलकुद समितिका सदस्य-सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन समारोह मुलपानी क्रिकेट मैदानमा भएको थियो । उद्घाटन […]

March 11, 2025

पेनोरिस इन्डो-नेपाल क्रिकेटको सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर-४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। आज बिर्तामोड झापा क्रिकेट क्लबलाई २५ रनले हराउँदै पेनोरिस–११ अन्तिम चारमा प्रवेश गरेको हो । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १८.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ४२ रन बनाएको थियोे । पेनोरिसका लागि सुनिल […]

March 11, 2025

मधेशको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- मधेश प्रदेशले प्रधानमन्त्री (पिएम) कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कोशी प्रदेशलाई मंगलवार १ सय ६५ रनको फराकिलो अन्तरमा हराउँदै मधेश जितबाट पिएम कपको यात्रा सुरु गरेको छ। कोशीको यो लगातार दोस्रो हार हो। बलिङमा मधेशका रुपेश सिंहले ५ विकेट लिए। जितको लागि २ सय ८५ रनको लक्ष्य पछ्याएको कोशी […]

Success

Thank you for your time.