default_image

4 years ago

August 28, 2021

‘ह्वाटमोरको परिवार नै नेपालमा राख्न तयार छौं ‘ – क्यान

162 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक डेभ ह्वाटमोरले कोरोना कारण परिवारबाट टाढा रहँदा कठिन भएको बताउँदै शुक्रबार इमेलमार्फत राजीनामा दिए । तर नेपाल क्रिकेट संघ (क्यान) ले ह्वाटमोरलाई नेपालमै बस्न आग्रह गरिरहेको छ ।

ह्वाटमोरले क्यानलाई मेलमा भने जस्तै कोरोना कारण परिवारबाट टाढा रहँदा कठिन भए उनको परिवारलाई नेपालमै राख्न पनि तयार रहेको जनाएको छ । ‘ह्वाटमोर नेपालमा बस्न चाहन्छन् भने हामीले उनको श्रीमतीलाई नेपालमा राख्न आवश्यक व्यवस्थापन गर्न सक्छौं । हामीले घर र फ्ल्याट नै दिन्छौं पनि भनेका छौं । मैले यसबारे ह्वाटमोरसँग कुरा गरिरहेको छु’, क्यानका अध्यक्ष चतुरबहादुर चन्दले हाम्रो खेलकुदसँग भने ।

‘उनको श्रीमती श्रीलंकामा एक्लै बस्दै आएकी छिन् । ह्वाटमोरको दुवै सन्तान श्रीलंकामा छैनन् । छोरा अष्ट्रेलियामा छन् र छोरी इंग्ल्यान्ड वा भारत कता छिन् । उनको इच्छा छ भने ह्वाटमोरको श्रीमतीलाई नै यहाँ सँगै राख्न पनि सकिन्छ’, चन्दले भने ।

‘हामीले कम्तिमा सम्झौता अवधिभर बसेर जानुपर्छ भनेका छौं । २०२२ डिसेम्बर सम्म बस्नलाई आग्रह पनि गरेका थियौं । ह्वाटमोरले एक दुई दिनमा यसबारे कुरा गर्ने जवाफ दिएका छन्’, उनले भने ।

‘उनले पारिवारीक समस्या कारणले राजीनामा दिएको र क्यानसँग आफ्नो कुनै गुनासो नभएको जनाएका छन् । हामी उनलाई राख्न निरन्तर प्रयास गरिरहेका छौं । उनको श्रम सम्झौता, भिसा, पारिश्रमिक लगायत कुनैपनि पक्षमा समस्या छैन,’ अध्यक्ष चन्दले प्रष्ट पारे ।

क्यानले अब ह्वाटमोरले बस्न नचाहेमा कसरी प्रशिक्षक नियुक्त गर्ने भन्ने सोच्नुपर्ने पनि उनले बताए । छोटो समयका लागि पछिल्लो पटक अन्तरवार्ता लिएकाबाट विकल्पको रुपमा कोहि आउन सक्ने पनि उनले बताए । तर प्राथमिकता भने हाल हाल नेपाली टोलीसँग ओमानमा रहेका ह्वाटमोरलाई नै निरन्तरता दिनु हो ।

नेपाली राष्ट्रिय क्रिकेट टोली हाल पपुवा न्युगिनी विरुद्ध दुई खेलको मैत्रीपूर्ण सिरिज तथा आइसीसी विश्वकप क्रिकेट लिग-२ को खेलका लागि ओमानमा छ । टोलीले विहीबार ओमान पुगेर प्रशिक्षण पनि गरिसकेको छ । नेपालले पिएनजीसँग भदौ २० र २३ मा दुई ओडिआई खेल खेल्ने छ । विश्वकप लिग-२ अन्तर्गत पहिलो खेल अमेरिकासँग भदौ २८ र भदौ २९ गते ओमानसँग खेल्ने छ । असोज १ गते नेपालले अमेरिका र असोज ३ गते अमेरिकासँग खेल्ने कार्यक्रम छ ।

ह्वाटमोर नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा पुषमा एक वर्षको लागि नियुक्त भएका थिए । माघमा प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता समयमा नेपाल आइपुगेका थिए । फागुनमा काठमाडौ मेयर्स कपमा खेलाडीको प्रदर्शन नजिकबाट हेरेका थिए ।

वैशाखमा नेपलले घरेलु मैदान टियुमा मलेसिया र नेदरल्यान्ड्सविरुद्ध उत्कृष्ट प्रदर्शनका साथ टि२० त्रिकोणात्मक उपाधि जितेको थियो । उक्त त्रिकोणात्मक सिरिजमा नेपालले गरेको ब्याटिङ प्रदर्शनले नयाँ आशा र उत्साह थपेको थियो । तर उनको अप्रत्याशित राजीनामाले निराश र नेपाली क्रिकेटमा ठूलो तरङ्ग ल्याएको छ ।

March 12, 2025

नेपालले टस जित्यो

काठमाडौं(हाम्रो खेलकुद) – युगान्डामा जारी चारदेशिय महिला टि ट्वान्टी आई सिरिजमा नामिबियाविरुद्ध नेपालले टस जितेको छ । युगान्डाको एन्टेब्बे क्रिकेट ओभलमा नामिबियाविरुद्ध नेपालकी कप्तान इन्दु बर्माले टस जितेर बलिङ रोजेकी हुन् । सिरिजमा खेलेको ३ मध्ये २ मा पराजित दुवै टोली दोस्रो जितको खोजीमा रहेका छन् । सिरिज अन्तर्गत यसअघि भएको खेलमा नामिबियाले नेपाली महिला […]

March 11, 2025

आइजीपी कप क्रिकेटमा सुदूर र लुम्बिनी विजयी

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रहरी खेलकुद समितिबाट पहिलो पटक आयोजित आइजिपी कप क्रिकेट प्रतियोगिताको पहिलो दिन सुदुरपश्चिम र लुम्बिनी प्रदेशले विजयी सुरुवात गरेका छन् । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एवम् नेपाल प्रहरी खेलकुद समितिका सदस्य-सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन समारोह मुलपानी क्रिकेट मैदानमा भएको थियो । उद्घाटन […]

March 11, 2025

पेनोरिस इन्डो-नेपाल क्रिकेटको सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर-४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। आज बिर्तामोड झापा क्रिकेट क्लबलाई २५ रनले हराउँदै पेनोरिस–११ अन्तिम चारमा प्रवेश गरेको हो । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १८.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ४२ रन बनाएको थियोे । पेनोरिसका लागि सुनिल […]

Success

Thank you for your time.