default_image

4 years ago

August 27, 2021

व्यक्तिगत कारण देखाउँदै ह्वाटमोरले दिए राजीनामा

264 views

0 Bookmark

भुपेन्द्र जिसी, काठमाडौं

नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक डेभ ह्वाटमोरले व्यक्तिगत कारण देखाउँदै आफ्नो पदबाट राजीनामा दिएको पुष्टि भएको छ । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले प्रशिक्षक ह्वाटमोरले राजीनामा इमेल गरेको जानकारी दिए ।

प्रशिक्षक ह्वाटमोरले कोरोनाका कारण परिवारसँग टाढा रहनुपर्दा व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएको बताए । ‘हामीले प्रशिक्षकको राजीनामा इमेलबाट पाएका छौं । उहाँले कोरोनाका कारण परिवारबाट टाढा रहनुपरेकोमा कठिनाई भएको बताउनुभएको छ । काम गर्ने इच्छा हुँदाहुँदै पनि पद छोड्नुपरेको अवस्था उहाँले लेख्नुभएको छ । यसबारे हामीले अहिले केहि निर्णय गरेका छैनौं,’ अध्यक्ष चन्दले भने ।

चन्दले ओमान भ्रमणपछि प्रशिक्षकले पद छाड्ने जानकारी दिएको बताएका छन् । नेपाली राष्ट्रिय क्रिकेट टोली हाल पपुवा न्युगिनी विरुद्ध दुई खेलको मैत्रीपूर्ण सिरिज तथा आइसीसी विश्वकप क्रिकेट लिग -२ को खेलका लागि ओमानमा छ । टोलीले विहीबार ओमान पुगेर प्रशिक्षण पनि गरिसकेको छ ।

ह्वाटमोरले पछिल्लो समय परिवारबाट टाढा बस्नुपर्दा केहि समस्या रहेको बताएको क्यान निकट स्रोतले जानकारी दियो । उनको राजीनामाले भने ओमान भ्रमणलाई असर नगर्ने बताइएको छ ।

ह्वाटमोर ८ महिनाअघि मात्र नेपाल आएका थिए । उनको नेतृत्वमा नेपालले घरेलु मैदानमा आयोजित त्रिकोणात्मक सिरिज पनि जितेको थियो । उक्त सिरिजमा युवा खेलाडीले उत्कृष्ट प्रदर्शन गरेपछि ह्वाटमोरबाट निकै आशा गरिएको थियो । ह्वाटमोरले आफ्नो सम्झौता अवधिको तीन महिना बाँकी रहँदा नै पद छाड्ने निर्णय लिएका हुन् ।

March 14, 2025

लुम्बिनी र मधेश आइजिपी कपको फाइनलमा‌

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]

March 14, 2025

पिएम कप – बागमतीको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा पहिलो जित हासिल गरेको छ । शुक्रवार भएको आफ्नो तेस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा बागमतीले सुदूरपश्चिम प्रदेशलाई ५५ रनले पराजित गरेको हो । २ सय ६७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४७ ओभरमा २ सय ११ रनमा समेटियो । सुदूरपश्चिमका […]

March 14, 2025

नेपालको सान्त्वना जित

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपालले सान्त्वना जित हासिल गरेको छ । लिग चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ६ विकेटले हराउँदै सान्त्वना जित हात पारेको हो । हङकङ १ सय ५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक ४७ […]

Success

Thank you for your time.