default_image

3 years ago

August 31, 2021

नेपालमाथि आइसीसीको अन्याय

96 views

0 Bookmark

भुपेन्द्र जिसी, काठमाडौं

उमेर समूह कुनैपनि खेलाडीको खेल्ने अवधि निश्चित हुन्छ । छोटो समयमा क्षमता प्रस्तुत गर्न नसके खेलाडी खेलबाटनै बिलय हुने डर हुन्छ । कोरोना महामारीले सबैभन्दा बढी असर क्रिकेटमा उमेर समूहलाई गर्यो । महामारीमाको संकटमा अन्तर्राष्ट्रिय सिरिज, प्रतियोगिता र फ्रेन्चाइज लिगहरु भए । तर टेस्ट र एसोसियट दुवैतर्फ उमेर समूहको क्रिकेट गतिविधि शून्य रह्यो ।

कुनै पनि खेलाडीको उमेर समूहको प्रदर्शनलेनै सिनियर टोली, फ्रेन्चाइज लिग, विभागीय टोली र क्लबको बाटो खुलाउने गर्दछ । टेस्ट टोलीमा घरेलु प्रतियोगिता अत्याधिक आयोजना हुने गरेकाले एउटा अवसर गुम्दा खेलाडीको करीअरमा त्यति धेरै हानी गर्दैन । तर नेपालमा निकै कम अवसर छ । पाएको अवसरमा खेल्न नसके निकै पछि पर्न सक्छ ।

कोरोना महामारीपछि नेपालमा सिनियर पुरुष र महिला टोली दुवैको दुई दुई घरेलु प्रतियोगिता भए । वैशाखमा नेपालले मलेसिया र नेदरल्यान्ड्सलाई घरेलु मैदानमा बोलाउँदै त्रिकोणात्मक टि२० आई अन्तर्राष्ट्रिय सिरिजनै खेल्यो । तर उमेर समूह भने सुनसान रह्यो ।

उमेर समूहका खेलाडीलाई एउटा आशा र सपना आइसिसी विश्वकप यू१९ एसिया छनोट थियो । पछिल्लो दुई सिनियर प्रतियोगितामा युवा खेलाडीको प्रदर्शनले नयाँ आशा र उत्साह थपेको थियो । आइसीसीको कमजोरी, हेपाहा प्रवृत्ति र अन्यायले नेपाली युवा क्रिकेटरको सपनामा कालो बादल लाग्यो । आइसिसीले कोरोना महामारीलाई देखाउँदै विश्वकप छनोटनै नगरी तीन क्षेत्रबाट सिधै विश्वकपमा पुग्ने टोलीको निर्धारण गर्यो ।

नेपालले खेल्ने एसिया छनोटबाट यूएई सिधै विश्वकपमा पुग्यो । कोरोना वास्तवमा एउटा बाहना थियो । एसिया छनोटको समय यूएईमा आइपिएल २०२१ का बाँकी खेलहरु त्यसलगत्तै टि२० विश्वकपको हुँदा मैदानहरु उपलब्ध थिएनन् । अर्कोतर्फ यूएई प्रतियोगिता गराउन भन्दा नगराउन फाइदा थियो । प्रतियोगिता गराउदा उसको सम्भावना कम थियो । आइसिसीले पछिल्ला पाँच विश्वकप छनोटको आधार मान्दा एसियाबाट यूएई, अमेरिकाबाट क्यानडा र इएपि क्षेत्रबाट पपुवा न्युगिनी सिधै अर्को वर्ष हुने विश्वकपमा पुगे ।

२०१९ मा नेपालल मलेसियामा भएको यू१९ एसिया छनोटमा यूएईसँग डकवर्थ लेविस पद्धतिको आधारमा एक रनले पराजित भएको थियो । त्यहि कारण नेपालले २०२० मा दक्षिण अफ्रिकामा सम्पन्न विश्वकप र अर्को वर्ष वेस्टइन्डिजमा हुने विश्वकप गुमाएको छ । यूएईले २०१३ को सेमिफाइनल र २०१९ मा नेपाललाई हराएको थियो । दुई देशबीचको पछिल्लो १० खेलमा नेपालले हारेको पनि ती दुई खेलमा मात्र हो । पछिल्लो एक रनको हार नेपाललाई एक पटक मात्र होईन दुई पटक विश्वकपमा पुग्न बाधक बन्यो ।

नेपाल क्रिकेट संघ (क्यान) ले प्रतियोगिता गराउन हर प्रयास गरेको थियो । क्यानका म्यानेजर, नेपाली क्रिकेटका पूर्व कप्तान तथा यू१९ प्रशिक्षक विनोद दासलाई यू१९ विश्वकपको महत्त्व राम्रोसँग थाहा थियो । अझ पछिल्लो चार वर्षमा नेपालले आफ्नो उत्कृष्ट उमेर समूह खेलाडी उत्पादन गरेको थियो । दासकै प्रशिक्षणआ नेपालले युएईसँग एक रनको हार बेहोरेको थियो । नेपालले भलै विश्वकप खेल्न पाएन । तर विश्वकप खेल्ने भन्दा कम टोली भने थिएन ।

आइसिसीले यो अकस्मात लिएको निर्णय होईन । २०२० नोभेम्बर बोर्ड बैठकले प्रतियोगिता नभए पछिल्ला पाँच विश्वकप छनोटको प्रदर्शन हेर्ने निर्णय गरेको थियो । क्यानले दुई महिना अघिनै प्रतियोगिता जसरी पनि हुनुपर्ने माग सहित आइसिसी र एसोसिएट टोलीलाई इमेल पठाएको थियो । तर नेपालको प्रयासमा आइसीसीलाई केहि लागेन ।

‘ हाम्रो तर्फबाट सक्दो प्रयास गरेका थियौं । ग्लोबल प्रतियोगिता सबै अधिकार र निर्णय आइसिसीको हुन्छ । हामीलाई जुन बेला यसरी छनोट हुँदैछ भनेर जानकारी आएको थियो त्यो बेलानै आइसिसीलाई यो त्रुटिपूर्ण भएको भन्दै प्रतियोगितानै गर्न विशेष आग्रह गरेका थियौं’, दासले भने ।

‘आइसिसीलाई पछिल्ला १० खेलको प्रदर्शन पठाएका थियौं । हामीले पठाएको डाटामा यूएई भन्दा नेपालनै बलियो टोली रहेकोमा उनीहरु पनि सहमत थिए । बितेको १० वर्षमा हामीले ११ खेल खेलेका छौं । जसमा ९ खेलमा जित र दुई खेल हार थियो’, उनले थपे ।

‘यो हामीलाई आइसिसीले अन्याय गरेको हो । अहिले पनि नेपालको टिमले यूएईसँग १० खेल खेल्यो भने ९ खेलमा हराउन सक्छ । तर एउटा हारनै महत्त्वपूर्ण समयमा आएको हुँदा अरु कुनै विकल्प रहेन’, दासले भने, ‘यदि यूएई प्रतियोगिता गर्न सक्दैन भने हामीलाई दिन प्रस्ताव पनि गरेका थियौं । एउटै मैदानमा गर्छौ । दुई वटा मैदाननै चाहिँन्छ भने सेप्टेम्बरको अन्तिम सम्म तयार पारेर दिन्छौं भनेर आइसिसीलाई भनेका थियौं । तर मानेन।’

‘क्रिकेट विकासमा यू१९ विश्वकप कति महत्त्व छ भन्ने विगतका खेलाडीहरुले देखाइसकेका छन् । जुन खेलाडीले विश्वकपमा राम्रो गरेर आएका छन् तिनीहरुलेनै माथिल्लो स्तरमा राम्रो खेलेका छन् । विश्वकप गुमाउँदा एउटा ठूलो घाटा गर्छ । तर हामीले यू१९ को घरेलु प्रतियोगिता कार्यक्रम रोकि राखेका छैनौं । सेप्टेम्बरमा यू१९ कार्यक्रम सुरु हुने छ,’ उनले थपे ।

‘एसिया कप अझै पनि छ । त्यो बाहेक पनि सिनियर र यू१९ बीचको दुरी पूरा गर्नलाई यो वर्षदेखि इमर्जिङ टिमको योजना लागु गर्दैछौं । पक्कैपनि विश्वकप खेल्न नपाउनु एउटा ठूलो धक्का र घाटा हो’, प्रतियोगिता गराउन अथप प्रयासका बाबजुद असफल भएका दासले निराश हुँदै भने ।

पहिलो विश्वकप खेल्ने आशाका साथ तयारी गर्दै आएका तीव्र गतिका बलर प्रतिश जि.सीले ठूलो अवसर गुमाएको बताउँछन् । ‘यू१९ भनेको छोटो समयमा खेल्ने कुरा हो । दुई वर्ष कोरोनाले खाइदियो । सिनियर टोलीका सबै खेलाडी यू१९ खेलेर आएका छन् । अहिलेको ब्याचनै मिस आउट हुन्छ । अब माथि आउन निकै गाह्रो भयो’, प्रतिशले भने ।

त्यसमा उनले थपे, ‘ घरेलु प्रतियोगिता हुँदैन । एउटा आशा गरेर बसेको यू१९ विश्वकपको छनोटनै नभएपछि करीअरनै परिवर्तन गर्नुपर्ने अवस्था आउन सक्छ । पढाई छोडेर यू१९ सोचेर खेल्ने धेरै खेलाडीहरु थिए । यस पटकको टिम पनि राम्रो थियो । केहि नभएपनि नेपाल विश्वकपको सेमिफाइनलमा पुग्ने लक्ष्य थियो । घरबाट पढाई छाडेर यहिँ काम गरेर खेल्ने थुप्रै खेलाडीहरु छन् । तिनीहरु अब के गर्छन् ? धेरै दुःख लागेको छ ।’

नेपाली यू१९ टोलीले ७ पटक विश्वकप खेलेको छ । नेपाल सन् २००६ को प्लेट च्याम्पियन र २००८ को प्लेट उपविजेता हो । नेपालले उमेर समूहमा भारत, दक्षिण अफ्रिका, न्युजिल्यान्ड जस्ता टेस्ट टोलीलाई स्तब्ध पारि सकेको छ । यूएईले दुई पटक यू१९ विश्वकप खेलेको छ । २०१४ मा छनोट नभएर आयोजकको हिसाबमा खेलेको थियो । २०१९ मा नेपाललाई एक रनले हराउँदै विश्वकप खेलेको थियो । जुन युएईले छनोटबाट खेलेको पहिलो विश्वकप थियो ।

नेपाल लगातार यूएई माथि हाबी हुँदै आएको छ । आइसीसीको यो कमजोरी निर्णयले नेपाल बाहिरिनु अन्याय नै हो । कोरोना महामारीपछि लगातार क्रिकेट प्रतियोगिता हुँदै आएको छ । दुई महिनापछि टि२० विश्वकप हुँदैछ । तर उमेर समूहलाई कोरोना महामारीको कारण देखाएको छ । जबकी पछिल्लो समय कोरोना महामारीको प्रभाव घट्दो र खोल लगाउनेको सङ्ख्या बढ्दो छ । विश्वकप छनोटजस्तो प्रतियोगितामा कोरोना महामारी कारण देखाउनु सुहाउँदो जवाफ होइन ।

आइसिसीको यू१९ विश्वकप छनोट कोटामा आधारित छ । एसिया, अमेरिका, इएपि, अफ्रिका र यूरोप छनोटबाट एक एक टोलीले विश्वकप खेल्न पाउछन् । जसले एकै क्षेत्रमा भएका उत्कृष्ट टोलीहरु विश्वकप खेल्ने क्षमता भएर पनि खेल्न पाउँदैनन् । यसअघिको संस्करणमा अफगानिस्तानको कारण नेपाल सधैं पछि परिरह्यो । पछिल्लो पटक एक रनको हारको कारण एसियाबाट नेपाल विश्वकपनै खेल्न पाएन । यूरोप छनोटमा आयरल्यान्ड, नेदरल्यान्ड्स र स्कटल्यान्ड मध्य एक टोलीबाट यू१९ विश्वकप खेल्नुपर्ने बाध्यता छ । विश्वकप ग्लोबल छनोट हुने हो भने क्षमता भएका टोलीले निराश हुनुपर्ने थिएन ।

Nepal U19

पारस खड्का, विनोद दास, महबुब आलम, शक्ति गौचन, वसन्त रेग्मी, शरद भेषावकर, ज्ञानेन्द्र मल्ल, सोमपाल कामी, सन्दीप लामिछाने, आरिफ शेख, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, सन्दीप जोरा, पवन सरार्फ लगायतका सबै खेलाडी उमेर समूह हुँदै आएका हुन् । विश्वकप खेल्न नपाउँदा नेपाली क्रिकेटलाई ठूलो असर गर्छ गर्छनै । तर विकास उन्मुख देशमा क्रिकेटको प्रभाव, लोकप्रियता कमी, प्रतीभा पहिचान हुँदैन भने त्यसले विश्व क्रिकेटमा असर नपर्ला भन्न सकिदैन ।

यसअघि आइसिसीका केहि निर्णय नेपालको पक्षमा आएका थिए । नेपाली क्रिकेट प्रति आइसिसी बढी सकरात्मक पनि देखिन्छ । तर यू१९ विश्वकपमा भने नेपाललाई अन्याय पुग्ने निर्णय गरेको छ । नेपालले यू१९ विश्वकप अवसर गुमाएको छ । यस पटकको यू१९ को भविष्यनै सकिएको भने होईन । सात वर्षदेखि हुन नसकेको यू१९ राष्ट्रिय प्रतियोगिता चाँडै सञ्चालन गर्न आवश्यक छ । अन्तरप्रदेश, जिल्लाबीच डे क्रिकेट गर्न सके अझ गज्जब हुने छ ।

यतिमात्र होईन विश्वका ठूला टेस्ट टोलीसँग एकदिवसिय र डे क्रिकेट सिरिजको वातावरण मिलाउन सक्नुपर्छ । विश्वकप छनोट नै सरेको अवस्थामा एसिया कप होला नहोला । तर क्यानले आफू अन्तर्गत निरन्तर तयारी र सिरिज भने खेल्नुपर्छ ।

खेल विना कुनैपनि खेलाडी बन्न सक्दैन । अहिलेको जस्तो दुई वर्षमा एक प्रतियोगिता खेलेर खेलाडी सफल हुन्छन् भन्नु जायज हुँदैन । त्यसका लागि नियमित प्रतियोगिता आवश्यक पर्छ । क्यानले यू१९ मात्र नभएर समग्र उमेर समूह क्रिकेटको विकासबारे गम्भीर भएर सोच्नु आवश्यक छ ।

September 19, 2024

अश्विनको शतकमा भारत बलियो स्थितिमा

एजेन्सी – अलराउन्डर रविचन्द्रन आश्विनको शतक सहयोगमा भारतले बंगलादेशविरुद्धको पहिलो टेस्टमा बलियो स्थितीमा रहेको छ । दुई खेलको टेस्ट सिरिजका लागि बंगलादेश भारत भ्रमणमा रहेको छ । पहिलो टेस्टमा टस हारेर पहिले ब्याटिङको निम्ता पाएको घरेलु टोलीले पहिलो दिनको खेल सकिदा ६ विकेट गुमाएर ३ सय ३९ रन बनाएको छ । भारतका लागि आश्विन १ […]

September 19, 2024

गुलशनको अलराउन्ड प्रदर्शनका बाबजुद नेपाल पराजित

काठमाडौं(हाम्रो खेलकुद) – गुलशन झाको अलराउन्ड प्रदर्शनको बाबजुत नेपाल आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा ओमानसँग पराजित भएको छ । क्यानडाको किङ्ग सिटीमा बिहीवार बिहान सम्पन्न खेलमा नेपालमाथि ओमानले १ विकेटको जित हात पारेको हो । मंगलबार भएको पहिलो ओडिआईमा पनि नेपाल घरेलु टोलीसँग पराजित भएको थियो । नेपालले दिएको २ सय २१ रनको लक्ष्य […]

September 19, 2024

ओमानको आधा टिम पेभिलियन फर्कियो

काठमाडौं(हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नेपालविरुद्ध ब्याटिङ गरिरहेको ओमानको आधा टिम पेभिलियन फर्किएको छ । ओमानका लागि पाँचौ विकेटका रुपमा प्रतिक अथाभाले आउट भएसँगै आधा टिम पेभिलियन फर्किएको हो । अथाभाले करण केसीको बलमा आउट भएका हुन् । उनले ३६ बलमा २६ रन बनाएका थिए । त्यसअघि चौथो विकेटका रुपमा आयान […]

Success

Thank you for your time.