default_image

3 years ago

August 26, 2021

नेपालले यू१९ विश्वकप खेल्न नपाउने

109 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको यू१९ राष्ट्रिय क्रिकेट टोलीले अर्को वर्ष वेस्टइन्डिजमा हुने यू-१९ एकदिवसिय विश्वकप खेल्न नपाउने पक्का भएको छ ।

यसै सेप्टेम्बरमा हुने भनिएको यू१९ एसिया छनोट कोरोना कारण रद्द भएपछि नेपालको विश्वकप खेल्ने सपना सकिएको हो । अन्तर्राष्ट्रिय क्रिकेट परिषद्(आइसिसी) ले कोभिडको कारण देखाउँदै यू१९ एसिया, अमेरिका र इएपिए क्वालिफायर रद्द भएको जनाएको छ । यू१९ एसियाको समयमै आइपिएल २०२१ का बाँकी खेलहरु र लगत्तै टि२० विश्वकप आयोजना हुने भएपछि छनोट प्रतियोगिता नहुने यस अघिनै चर्चा थियो ।

यू१९ एसिया छनोट नहुने भएपछि पछिल्लो पाँच विश्वकप छनोटको आधारमा एसिया यू१९ छनोटबाट युएईले सिधै यू१९ विश्वकपमा स्थान बनाएको छ । अमेरिका छनोइएटटर्फबाट क्यानडा र इएपिए छनोटबाट पपुपा न्युगिनी २०२२ को यू१९ विश्वकपमा स्वत छनोट भएका छन् । आइसिसीले पछिल्ला पाँच यू१९ विश्वकप छनोटको प्रदर्शन हेर्दा टोली छनोट गरेको जनाएको छ ।

आयोजना हुने भनिएको एसिया छनोटमा नेपाल, यूएई, कुवेत, मलेसिया, सिंगापुर र ओमान थिए । पछिल्ला पाँच संस्करणमा यूएई र नेपालले दुई दुई पटक विश्वकप सहभागिता जनाएका थिए। नेपाल २०१३ छनोटमा युएईसँग सेमिफाइनलमा पराजित भएको थियो । अन्तिम पटक नेपाललाई एक रनले हराउँदै यूएई च्याम्पियन बनेको थियो । जसले गर्दा यूएई विश्वकपमा पुगेको हो । युएईसँग खेलेका कुल १० खेलमा नेपालले ८ खेलमा जित्दा २ खेलमा पराजित भएको छ । तर २ हार भने महत्त्वपूर्ण मोडमा रहेका थिए ।

२०१९ मा मलेसियामा भएको यू१९ विश्वकप एसिया छनोटमा यूएई ५ खेलमा १० अंकका साथ शीर्ष स्थानमा रहँदै विश्वकपमा स्थान बनाएको थियो । नेपाल उक्त प्रतियोगिता यूएईसँग वर्षाको कारण डकवर्थ लेबिस पद्धतिको आधारमा एक रनले पराजित भएपछि दोस्रो स्थानमा रहँदै बाहिरिएको थियो । उक्त एक रनको हार २०२२ को विश्वकपमा पनि बाधक बन्यो ।

२०१७ को एसिया कप छनोटमा नेपाल अफगानिस्तानसँग पराजित हुँदै दोस्रो स्थानमा रहेको थियो । उक्त छनोटमा यूएईले सहभागिता नै जनाएको थिएन । २०१४ को यू१९ विश्वकपको लागि मलेसियामा भएको यू१९ इलिट कपको सेमिफाइनलमा नेपाल यूएईसँग ७६ रनले पराजित भएको थियो । फाइनलमा अफगानिस्तानसँग युएई १० विकेटले पराजित भएको थियो । तर विश्वकप आयोजकको रुपमा यूएईले पहिलो पटक यू१९ विश्वकप खेलेको थियो ।

नेपाल २०१२ मा १३ औं र २०१६ को यू१९ विश्वकपमा आठौं स्थानमा रहँदै बाहिरिएको थियो । २०१४ मा यूएईले घरेलु मैदानमा आयोजना गरेको हुँदा स्वतः छनोट भएको थियो । २०२० को विश्वकप नेपाललाई पछि पार्दै खेलेको थियो । यूएईले दुई पटक मात्र यू१९ विश्वकपमा सहभागिता जनाउँदा नेपालले ७ पटक खेलेको छ ।

नेपालले २००० देखि ८ सम्म पाँच संस्करण विश्वकप लगातार खेलेको थियो । २००६ मा न्युजिल्यान्डलाई हराउँदै प्लेट च्याम्पिन नै बनेको थियो । २००८ मा प्लेट च्याम्पियनसिपको फाइनलमा वेस्टइन्डिजसँग पराजित भएको थियो । पछिल्लो समय घरेलु क्रिकेटमा देखिएका नयाँ अनुहारनै झनै उत्साह, खुसी र सम्भावना देखाएका थिए । तर छनोटनै नहुने अवस्थाम पुगेपछि पुन: निराशा छाएको छ ।

December 19, 2024

फाइनल प्रवेशका लागि जनकपुरले पायो सामान्य लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) को फाइनलमा स्थान बनाउँन जनकपुर बोल्ट्सले कर्णाली याक्सबाट सामान्य लक्ष्य पाएको छ । जारी दोस्रो क्वालिफायरमा जनकपुरले कर्णालीबाट १ सय १९ रनको लक्ष्य पाएको हो । टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय १८ रनको सामान्य योगफल […]

December 19, 2024

नेपाल र श्रीलंकाबीचको खेल नतिजा विहीन

काठमाडौं(हाम्रो खेलकुद) – मलेसियामा जारी एसिसी यु १९ महिला एसिया कपमा नेपाल र श्रीलंकाबीचको सुपर फोरको खेल वर्षाका कारण नतिजा विहीन भएको छ । नेपाल र श्रीलंकाबीचको खेल बिहीवार वर्षाका कारण नतिजा विहीन भएको हो । यसका साथै दुवै टोलीले १-१ अंक बाडेका छन् । नेपालले समूह ए को उपविजेता बन्दै सुपर फोरमा स्थान बनाएको […]

December 19, 2024

नेपाल र श्रीलंकाबीचको खेलमा वर्षा बाधक

काठमाडौं(हाम्रो खेलकुद) – मलेसियामा जारी एसिसी यु १९ महिला एसिया कपमा नेपाल र श्रीलंकाबीचको सुपर फोरको खेल वर्षाका कारण रोकिएको छ । समूह ए को उपविजेता बन्दै सुपर फोरमा स्थान बनाएको थियाे । नेपालले सुपर फोरको पहिलो खेलमा श्रीलंकाको यु १९ टोलीसँग पहिलो खेल खेलिरहेको थियो । टस जितेर बलिङ गरिरहेको नेपालले पहिलो ओभरको समाप्तीमा […]

Success

Thank you for your time.