default_image

4 years ago

August 25, 2021

फेरि चलेन कोहलीको ब्याटिङ

141 views

0 Bookmark

एजेन्सी – भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली इंग्ल्यान्डविरुद्ध तेस्रो खेलको पहिलो इनिङमा सस्तैमा आउट भएका छन् । लिड्समा टस जितेर पहिला ब्याटिङ रोजेको भारतले खराब सुरुवात गरेको छ ।

खराब सुरुवात गरेको भारतका कप्तान विराट कोहली दोहोरो अंकमा रन जोड्न नपाउँदै आउट हुन पुगे । कोहलीलाई ११ औं ओभरको पाँचौं बलमा तीव्र गतिका बलर जेम्श एन्डरसनले सात रनमा विकेटकिपर जस बटलरबाट क्याच आउट गराउँदै इंग्ल्यान्डलाई सर्वाधिक ठूलो सफलता दिलाएका छन् । कोहली एज लागेर आउट हुन पुगेका थिए ।

कोहली दुई वर्षदेखि टेस्टमा शतक विहिन छन् । इंग्ल्यान्ड भ्रमणमा सुरुवाती दुई खेलमा पनि राम्रो प्रदर्शन हुन सकेको छैन । पहिलो खेलमा गोल्डेन डक आउट भएका कोहली दोस्रो खेलमा २० र ४२ रनमा आउट भएका थिए ।

भारतले पहिलो ओभरको पाँचौं बलमा ओपनर लोकेश राहुललाई शून्यमा गुमाएको थियो । एन्डरसनको बलमा बटलरबाट राहुल क्याच आउट हुन पुगेका थिए । पाँचौं ओभरको पहिलो बलमा चेतेश्वर पुजारालाई एन्डरसनले एक रनमानै बटलरबाट क्याच आउट गराएका थिए । भारत पहिलो सेसनको १६ ओभरमा ३१–३ को कमजोर अवस्थामा छ । रोहित शर्मा ९ र अजिक्या रहाणे एक रनमा क्रिजमा छन् ।

पहिलो खेल बराबरीमा सकिँदा भारत दोस्रो खेलमा १ सय ५१ रनको फराकिलो अन्तरले विजयी भएको थियो । पाँच टेस्ट सिरिजमा भारतले १–० को अग्रता लिएको छ ।

March 11, 2025

आइजीपी कप क्रिकेटमा सुदूर र लुम्बिनी विजयी

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रहरी खेलकुद समितिबाट पहिलो पटक आयोजित आइजिपी कप क्रिकेट प्रतियोगिताको पहिलो दिन सुदुरपश्चिम र लुम्बिनी प्रदेशले विजयी सुरुवात गरेका छन् । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एवम् नेपाल प्रहरी खेलकुद समितिका सदस्य-सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन समारोह मुलपानी क्रिकेट मैदानमा भएको थियो । उद्घाटन […]

March 11, 2025

पेनोरिस इन्डो-नेपाल क्रिकेटको सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर-४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। आज बिर्तामोड झापा क्रिकेट क्लबलाई २५ रनले हराउँदै पेनोरिस–११ अन्तिम चारमा प्रवेश गरेको हो । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १८.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ४२ रन बनाएको थियोे । पेनोरिसका लागि सुनिल […]

March 11, 2025

मधेशको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- मधेश प्रदेशले प्रधानमन्त्री (पिएम) कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कोशी प्रदेशलाई मंगलवार १ सय ६५ रनको फराकिलो अन्तरमा हराउँदै मधेश जितबाट पिएम कपको यात्रा सुरु गरेको छ। कोशीको यो लगातार दोस्रो हार हो। बलिङमा मधेशका रुपेश सिंहले ५ विकेट लिए। जितको लागि २ सय ८५ रनको लक्ष्य पछ्याएको कोशी […]

Success

Thank you for your time.