default_image

3 years ago

August 16, 2021

बुमराह र शामीको उत्कृष्ट ब्याटिङमा इंग्ल्यान्डलाई बलियो लक्ष्य

85 views

0 Bookmark

एजेन्सी – तीव्र गतिका बलर जस्प्रित बुमराह र मोहम्मद शामीको उत्कृष्ट ब्याटिङको सहयोगमा भारतले दोस्रो टेस्ट खेलमा इंग्ल्यान्डलाई २ सय ७२ रनको बलियो लक्ष्य दिएको छ । दोस्रो इनिङमा भारतले पाँचौं दिन दोस्रो सेसनमा १०९.३ ओभरमा ८ विकेटको क्षतिमा २ सय ९८ रन बनाउँदै अवस्थामा इनिङ समाप्तिको घोषणा गरेको छ । पहिलो इनिङमा २७ रनले पछि परेको भारतले समग्रमा २ सय ७१ रनको अग्रता लिएको हो ।

भारतका लागि बुमराह र शामी नायक बने । नवौं विकेटका लागि शामी र बुमराहले १ सय २० बलमा ८९ रनको अविजित साझेदारी गरेपछि भारतले बलियो योगफल तयार पारेको हो । इंग्ल्यान्डले जितको लागि बाँकी दुई सेसन ६० ओभरमा उक्त लक्ष्य पूरा गर्नुपर्ने हुन्छ । शामी ७० बलमा ६ चौका र १ छक्का सहित ५४ रनमा अविजित रहे ।

बुमराह ६४ बलमा ३ चौका सहित ३४ रनमा अविजित रहे । टेस्टमा यी दुबै खेलाडीको करीअरकै उच्च प्रर्दशन हो । दशौं ओभरको दोस्रो बलमा तीव्र गतिका बलर मार्क वुडले ओपनर लोकेश राहुललाई विकेटकिपर जस बटलरबाट पाँच रनमा क्याच गराउँदै पहिलो सफलता दिलाए । मार्क वुडकोनै १२ औं ओभरको अन्तिम बलमा रोहित शर्मा मोईन अलीबाट २१ रनमा क्याच आउट हुन पुगे ।

२४ औं ओभरको पहिलो बलमा युवा बलर साम करनले भारतका कप्तान विराट कोहलीलाई २० रनमा बटलरबाट क्याच गराउँदै सर्वाधिक ठूलो सफलता दिलाएका थिए । विराट एज लागेर आउट हुँदा भारत ५५–३ को कमजोर अवस्थामा पुगेको थियो । कोहलीले ३१ बलमा चार चौका प्रहार गरे । कमजोर सुरुवात गरेको भारतलाई चौथो विकेटका लागि अजिंक्या रहाणे र चेतेश्वर पुजाराले २ सय ९७ बलमा एक सय रनको साझेदारी टोलीको संकट टारेका थिए ।

मार्क वुडले ७३ औं ओभरको दोस्रो बलमा पुजारालाई ४५ रनमा जो रुटबाट क्याच गराउँदै महत्वपूर्ण साझेदारी तोडेका थिए । पुजाराले २ सय ६ बलमा ४ चौका प्रहार गरे । पुजारा विकेटसँगै इंग्ल्यान्डले खेलमा पूनरागमन गरेका थियो । मोईन अलीले जस बटलरबाट रहाणेलाई ६१ रनमा क्याच आउट गराए । रहाणेले १ सय ४६ बलमा ५ चौका प्रहार गरे । अलीले रविन्द्र जडेजालाई तीन रनमा बोल्ड आउट गरे । भारतका विकेटकिपर ऋषभ पन्त २२ र ईशान्त शर्मा १६ रनमा आउट भए । इंग्ल्यान्डका मार्क वुडले तीन, मोईन अली र ओली रोबिन्सनले दुई दुई विकेट लिए । साम करनले एक विकेट लिएका छन् ।

त्यसअघि तेस्रो दिन इंग्ल्यान्ड पहिलो इनिङमा १ सय २८ ओभरमा ३ सय ९१ रनमा अल आउट भएको थियो । इंग्ल्यान्डका कप्तान जो रुट ३ सय २१ बलमा १८ चौका सहित १ सय ८० रनमा अविजित रहँदै उत्कृष्ट शतकीय इनिङ खेले । रुटको यो टेस्ट करीअरको २२ औं शतक हो । रुटले भारतविरुद्ध लगातार दोस्रो शतक प्रहार गरेका हुन् । पहिलो टेस्टको दोस्रो इनिङमा रुटले १ सय ९ रनको सानदार शतकीय इनिङ खेलेका थिए । रुटले आफ्नो टेस्ट करीअरको नौं हजार रन पनि पूरा गरे । रुट टेस्टमा इंग्ल्यान्डमा एलिस्टर कुकपछि सर्वाधिक रन बनाउने खेलाडी हुन् ।

मोहम्मद शिराजले १५ औं ओभरमा लगातार दुई विकेट लिएका थिए । तेस्रो विकेटका लागि रुट र रोरी बन्र्सले ८५ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । दोस्रो दिनको अन्तिम समयतिर बन्र्सलाई मोहम्मद शामीले ४९ रनमा एलबिडब्लू आउट गरे । उनले १ सय ३६ बलमा ७ चौका प्रहार गरे ।

कमजोर सुरुवात गरेको घरेलु टोली इंग्ल्यान्डलाई चौथो विकेटका लागि रुट र जोनी बेयरस्टोले १ सय २१ रनको महत्वपूर्ण साझेदारी गर्दै बलियो योगफलतर्फ अघि बढाएका थिए। बेयरस्टोलाई मोहम्मद शिराजले कप्तान विराट कोहलीबाट ५७ रनमा क्याच गराउँदै चौथो सफलता दिलाए । बेयरस्टोले १ सय ७ बलमा ७ चौका प्रहार गरे ।

त्यसपछि भने रुटले राम्रो साथ पाउन सकेनन् । पाँचौं विकेटका लागि विकेटकिपर जस बटलरसँग ५४ रनको साझेदारी गरेका थिए । बटलरलाई ईशान्त शर्माले २३ रनमा बोल्ड आउट गरे । छैटौं विकेटका लागि रुटले मोईन अलीसँग ५८ रन जोड्दै टोलीलाई अगाडि बढाएका थिए । ईशान्तलेनै अलीलाई २७ रनमा विराट कोहलीबाट क्याच आउट गराए ।

ईशान्तको बलमा साम करन गोल्डेन गक आउट भए । ओली रोबिन्सन ६ र मार्कवुड ५ रनमा रन आउट भए । अन्तिम विकेटको रुपमा जेम्श एन्डरसन आउट भएका थिए । भारतका तीव्र गतिका बलर मोहम्मद शिराजले सर्वाधिक चार विकेट लिए । ईशान्त शर्माले तीन र मोहम्मद शामीले दुई विकेट लिए ।

त्यसअघि लर्ड्स क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको भारत १२६.१ ओभरमा ३ सय ६४ रनमा अल आउट भएको थियो । भारतका ओपनर लोकेश राहुलले २ सय ५० बलमा १२ चौका र १ छक्का सहित सर्वाधिक १ सय २९ रनको योगदान दिए । राहुलले यो टेस्ट करीअरको छैटौं शतक हो ।

भारतलाई ओपनर रोहित शर्मा र लोकेश राहुलले ४३।४ ओभरमा १ सय २६ रनको शतकीय साझेदारीका साथ उत्कृष्ट सुरुवात दिलाएका थिए । तीव्र गतिका बलर जेम्स एन्डरसनले रोहितलाई ८३ रनमा बोल्ड आउट गर्दै पहिलो विकेट लिन सफल भए । रोहितले १ सय ४५ बलमा ११ चौका र १ छक्का प्रहार गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए ।

एन्डरसनलेनै चेतेश्वर पुजारालाई ९ रनमा जोनी बेयरस्टोबाट क्याच आउट गराए । तेस्रो विकेटका लागि विराट कोहली र राहुलले १ सय १७ रनको साझेदारी गरेका थिए। दिनको अन्तिम समयमा विराट कोहली ओली रोबिन्सनको बलमा जो रुटबाट ४२ रनमा क्याच आउट भए ।

दोस्रो दिन इंग्ल्यान्डले बलिङमा उत्कृष्ट पूनरागमनका साथ भारतलाई मध्यम योगफलमै रोकेको थियो । एक समय २७८–३ को अवस्थामा रहेको भारतले बाँकी ८६ रन जोड्न ७ विकेट गुमाउँदै अल आउट भएको थियो ।

दोस्रो दिनको दोस्रो बलमै राहुललाई रोबिन्सनले सिब्लेबाट क्याच गराएका थिए । अजिक्या रहाणे जेम्श एन्डरसनको बलमा एक रनमा जो रुटबाट क्याच आउट हुन पुगे । पन्तले ५८ बलमा ५ चौका सहित ३७ रन जोडे । रविन्द्र जडेजाले १ सय २० बलमा ३ चौका सहित ४० रनको योगदान दिए ।

पन्त र जडेजा दुबै मार्कवुडको बलमा क्याच आउट भएका थिए । ईशान्त शर्मा ८ रनमा आउट हुँदा मोम्मद शामी, जस्प्रित बुमराह र मोहम्मद शिराजले खाता खोल्न सकेनन् । इंग्ल्यान्डका तीव्र गतिका बलर जेम्श एन्डरसनले सर्वाधिक पाँच विकेट लिए । ओली रोबिन्सन र मार्कवुडको नाममा दुई दुई विकेट रह्यो । स्पिनर मोईन अलीले एक विकेट लिए । पाँच टेस्ट सिरिजमा पहिलो खेल बराबरीमा सकिएको थियो ।

December 19, 2024

यु १९ महिला एसिया कप – नेपाल र श्रीलंका खेल्दै

काठमाडौं(हाम्रो खेलकुद) – मलेसियामा जारी एसिसी यु १९ महिला एसिया कपमा नेपाली युवा टोलीले आज(बिहीवार) श्रीलंकाको सामना गदैछ । मलेसियाको किन्नारा ओभल क्रिकेट मैदानमा नेपालले श्रीलंका यु १९ को सामना गर्दैछ । दुई बीचको खेल नेपाली समय अनुसार बिहान ११ः४५ मा सुरु हुनेछ । दुवै टोली आ आफ्नो समूहको शीर्ष २ मा रहँदै सुपर ४ […]

December 19, 2024

फाइनल प्रवेशका लागि जनकपुर र कर्णाली भिड्दै

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) को फाइनल प्रवेशका लागि कर्णाली याक्स र जनकपुर बोल्ट्स खेल्दैछन् । दुई टोलीबीचको दोस्रो क्वालिफायर खेल कीर्तिपुस्थित टियु क्रिकेट मैदानमा मध्यान्ह १२ बजे सुरु हुदैछ । पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग पराजित भएको जनकपुरले फाइनल प्रवेशका लागि अर्को अवसर पाएको हो । पहिलो क्वालिफायरको विजेता बन्दै सुदूरपश्चिमले भने […]

December 18, 2024

विनोदको अर्धशतक प्रेरित सुदूरपश्चिम फाइनलमा

काठमाडौं(हाम्रो खेलकुद) – ओपनर विनोद भण्डारीको नटआउट अर्धशतकमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सबाट पराजित गर्दै फाइनल प्रवेश गरेको छ । टियु मैदानमा बुधवार भएको पहिलो क्वालिफायर खेलमा जनकपुरमाथि सुदूरपश्चिमले ८ विकेटको जित हात पार्यो । जितका लागि १ सय ४० रनको मध्यम लक्ष्य सुदूरपश्चिमले १८.३ ओभरमा २ विकेट गुमाएर […]

Success

Thank you for your time.