8 years ago
November 6, 2016
काठमाडौँ (हाम्रो खेलकुद) – अर्को महिना श्रीलंकामा हुने यू–१९ एसिया कप क्रिकेटमा नेपालले भाग लिने भनिएपनि तयारी अहिले सम्म सुरु भएको छैन । एसियन क्रिकेट काउन्सिल (एसिसी) को आयोजनमा हुन लागेको एसिया कपमा टेष्ट मान्यता प्राप्त राष्ट्रसँगै नेपालले पनि सहभागिता जनाउन लागेको हो ।
मंसिर २२ देखि पुस ७ ( डिसेम्बर १० देखि २२) हुने प्रतियोगितामा टेष्ट मान्यता प्राप्त राष्ट्र र अन्य आईसीसीका एसोसियट राष्ट्र गरी आठ टोलीले प्रतिस्पर्धा गर्नेछन् । सहभागि टोलीलाई दुई समूहमा विभाजन गरी राउण्ड रोबिनका आधारमा प्रतिस्पर्धा गराइनेछ । एक दिवसीय प्रतियोगितामा टेष्ट मान्यता प्राप्त आयोजक श्रीलंका, पाकिस्तान, भारत र बंगलादेशसहित एसोसियट राष्ट्रहरु नेपालसहित अफगानिस्तान, सिंगापुर र मलेसियाले प्रतिस्पर्धा गर्नेछन् ।
केही महिना अघि एसिसी पुनः अस्तित्वमा आएपछि एसिसी कप आयोजनाले निरन्तरता पाउने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) माथि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले प्रतिबन्ध लगाएपछि अन्तर्राष्ट्रिय सहभागिताका लागि भने खुला गरेको छ । आइसिसीका प्रतियोगिता भाग लिनका लागि नेपालको खर्च आइसिसीले नेपाललाई दिदै आएको अनुदानबाट कटाउने गरेको छ । तर, एसिया कपमा हुने खर्च कसले गर्नेअहिले सम्म टुंगो लागेको छैन । जसका कारण नेपालले बन्द प्रशिक्षण त कता हो कता खेलाडी छनोट समेत पनि गर्न सकेको छैन ।
नेपालमा क्यानको दोहोरो अस्तित्व रहेपनि आइसिसीले प्रतिबन्ध लगाएको थियो । आइसिसीको टोलीले नेपालको पछिल्लो अवस्था बुझेर समाधानका लागि एउटा समिति बनाएपनि क्रिकेट विवाद समाधान भएको छैन । जसको असर नेपालको अन्र्राष्ट्रिय र घरेलु प्रतियोगितामा पर्दै आएको छ । एसीसी यू–१९ एसिया कप तेस्रो पटक आयोजना हुन लागेको हो । सन् २०१३/१४ मा युएइमा आयोजना भएको पछिल्लो संस्करण भारतले जितेको थियो ।
March 18, 2025
काठमाडौं(हाम्रो खेलकुद) – इशान पाण्डेको अलराउण्ड प्रदर्शनमा बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकीलाई पराजित गरेको छ । मंगलवार भएको खेलमा बागमतीले गण्डकी प्रदेशलाई ६९ रनले हरायाे । बागमतीले दिएको २ सय ८९ रनको लक्ष्य पछ्याएको गण्डकी ४४ ओभरमा २ सय १९ रनमा अल आउट भयो । गण्डकीका लागि वंश क्षेत्रीले सर्वाधिक […]
March 18, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशीविरुद्ध जित हात पारेको छ । मंगलवार भएको खेलमा कर्णालीले कोशीमाथि १ सय २७ रनको फराकिलो जित हासिल गरेको हो । कर्णालीले दिएको २ सय १९ रनको मध्यम लक्ष्य पछ्याएको कोशी ३५ ओभरमा ९१ रनमा समेटिएको थियो । कोशीका लागि ओपनर चिराग साहले […]
March 18, 2025
एजेन्सी – घरेलु टोली न्युजिल्याण्डले पाकिस्तानमाथि लगातार दोस्रो टि ट्वान्टी आईमा पराजित भएको छ । मंगलवार भएको ५ खेलको टि ट्वान्टी आईको दोस्रो खेलमा न्युजिल्याण्डले ५ विकेटको जित हात पारेको छ । लगातार दोस्रो जितका साथ न्युजिल्याण्डले सिरिजमा २-० को जित हात पारेको पहिलो टि ट्वान्टी आईमा न्युजिल्याण्ड ९ विकेटले विजयी भएको थियो । बर्षाका […]