default_image

8 years ago

November 6, 2016

अमेरिकामा कप्तान पारस र सुवासको अर्धशतक

182 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – पारस खड्काको नेतृत्व रहेको नेपाली राइनोज क्रिकेट क्लब अमेरिकाको टेक्ससमा शनिबार भएको च्यारिटी क्रिकेटमा पञ्जाव लायन्ससँग १७ रनले पराजित भएको थियो । १ सय ७९ रनको लक्ष्य पछ्याएको नेपाली राइनोजले ८ विकेटको क्षेतिमा १ सय ६१ रन मात्र बनाउन सक्यो ।

paras
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस र विकेट किपर सुवास खकुरेलले अर्धशतक बनाएपनि राइनोजको हार टरेन । पारसले ६७ र सुवासले ५५ रन बनाए ।  पहिले ब्याटिङ गरेको पञ्जाव लाइन्सले ५ विकेट गुमाएर १ सय ७८ रन बनाएको थियो । पञ्जावको नेतृत्व अमेरिकी क्रिकेट टोलीका पूर्व कप्तान ओर्लान्डो बेकरले गरेका थिए । नेपाली सोसाइटी फर टेक्ससले च्यारिटी क्रिकेट आयोजना गरिएको हो ।
टु एक्स क्रिकेट युएस कप खेल्न पारस, उपकप्तान ज्ञानेन्द्र मल्लसहितका ८ खेलाडी अहिले अमेरिकामा छन् । जसमा बसन्त रग्मी, शरद भेषावकर, पृथु बास्कोटा,सोमपाल कामी, सिद्धान्त लोहनीले छन् । उनीहरुले टु एक्स क्रिकेट नेपाली राइनोजबाट खेल्नेछन् । राइनोजमा बाँकी खेलाडी अमेरिका बस्दै आएका नेपाली खेलाडी रहनेछ् । टुक्स क्रिकेट नोभेम्बर ९ देखि १३ सम्म आयोजना हुनेछ ।
प्रतियोगितामा सहभागी ८ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । राउन्ड रोविन लिगपछि समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । समूह एमा राइनोजसहि एमएसमएम इङ्ल्यान्ड, युएइ फाल्कोन्स र एनजी समरसेट छन् । त्यस्तै पाकिस्तान फस्ट क्रिकेट क्लब, स्मार्ट च्वाइस, अन्डरडग्स र हस्टन स्पार्क समूह बीमा छन् ।

pm

March 18, 2025

इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको जित

काठमाडौं(हाम्रो खेलकुद) – इशान पाण्डेको अलराउण्ड प्रदर्शनमा बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकीलाई पराजित गरेको छ । मंगलवार भएको खेलमा बागमतीले गण्डकी प्रदेशलाई ६९ रनले हरायाे । बागमतीले दिएको २ सय ८९ रनको लक्ष्य पछ्याएको गण्डकी ४४ ओभरमा २ सय १९ रनमा अल आउट भयो । गण्डकीका लागि वंश क्षेत्रीले सर्वाधिक […]

March 18, 2025

कर्णालीले कोशीलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशीविरुद्ध जित हात पारेको छ । मंगलवार भएको खेलमा कर्णालीले कोशीमाथि १ सय २७ रनको फराकिलो जित हासिल गरेको हो । कर्णालीले दिएको २ सय १९ रनको मध्यम लक्ष्य पछ्याएको कोशी ३५ ओभरमा ९१ रनमा समेटिएको थियो । कोशीका लागि ओपनर चिराग साहले […]

March 18, 2025

पाकिस्तानमाथि न्युजिल्याण्डको लगातार दोस्रो जित

एजेन्सी – घरेलु टोली न्युजिल्याण्डले पाकिस्तानमाथि लगातार दोस्रो टि ट्वान्टी आईमा पराजित भएको छ । मंगलवार भएको ५ खेलको टि ट्वान्टी आईको दोस्रो खेलमा न्युजिल्याण्डले ५ विकेटको जित हात पारेको छ । लगातार दोस्रो जितका साथ न्युजिल्याण्डले सिरिजमा २-० को जित हात पारेको पहिलो टि ट्वान्टी आईमा न्युजिल्याण्ड ९ विकेटले विजयी भएको थियो । बर्षाका […]

Success

Thank you for your time.