3 years ago
August 9, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले गण्डकी प्रदेशसँग मुख्यमन्त्री कप क्रिकेट प्रतियोगिता गर्न प्रस्ताव गरेको छ । आइतबार गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई क्यानका अध्यक्ष चतुरबहादुर चन्द र कोषाध्यक्ष रोशन कुमार सिंह लगायत सम्मिलित टोलीले भेटवार्ता गर्दै मुख्यमन्त्री कपको प्रस्ताव गरेको थियो ।
क्यानले मुख्यमन्त्री कप पोखराबाट सुरुवात गर्ने प्रस्ताव गण्डकी प्रदेशसँग राखेको छ । मुख्यमन्त्री कप आयोजना गर्न प्रदेश २ पनि सकरात्मक रहेको बुझिएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्रले प्रतियोगिता आयोजना गर्न धेरै सकारात्मक जवाफ दिएको क्यानका कोषाअध्यक्ष तथा आर्थिक समितिका संयोजक सिंहले जानकारी दिए ।
‘हामीले खेलाडीलाई ब्यस्त राख्न मुख्यमन्त्री कप आयोजना गर्ने योजना बनाएका छौं । त्यसको सुरुवात पोखराबाट गर्न चाहन्छौं । त्यसैले गण्डकी प्रदेशलाई मुख्यमन्त्री कपको प्रस्ताव गरेका हौं । मुख्यमन्त्री र खेलकुद मन्त्री दुबैबाट सकारात्मक जवाफ र आश्वासन पाएका छौं । आशा छ प्रतियोगिता चाडैंनै हुने छ’, भेटपछि सिंहले हाम्रो खेलकुदसँग भने ।
पोखरा रंगशाला स्थित क्रिकेट मैदानमा पहिलो संस्करण आयोजना गर्दै क्यान सुरुवात गर्न चाहन्छ । मुख्यमन्त्रीकपसँगै पोखरा क्रिकेट मैदानको विकास गर्न पनि छलफल भएको थियो । पोखरा क्रिकेट मैदानको लागि यो वर्ष राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले १ करोड छुट्याएको छ । आफूहरुले गर्नुपर्ने सहयोग गर्न तयार रहेको गण्डकी प्रदेशले जवाफ दिएको छ । क्यानले मुख्यमन्त्री कप यसै वर्ष गर्ने योजनाका साथ छलफल अगाडि बढाएको छ । प्रदेश २ पनि उक्त प्रतियोगिता आयोजना गर्न सकारात्मक छ । प्रदेश २ भन्दा अझ बढी गण्डकी प्रदेश सकरात्मक रहेको सिंह बताउँछन् ।
सात प्रदेशबीच हुने प्रतियोगितामा ओडिआई वा टि२० कुन शैलीको हुने टुङ्गो भने लागेको छैन । खेलकुदमन्त्री दीपक मनाङेले टि२० शैलीको प्रतियोगिता गर्न इच्छा र चाहना देखाएक छन् । क्यानका अध्यक्ष चतुरबहादुर चन्द पनि आगमी वर्ष टि२० विश्वकप ग्लोबल छनोट हुँदा टि२० शैलीको प्रतियोगिता गर्न चाहेको बुझिएको छ । सोमबार क्यान टोलीले गण्डकी प्रदेशका खेलकुद मन्त्री दिपक मनाङे, भौतिक पूर्वाधार, शहरी तथा विकास मन्त्री कुमार खड्का, कानुन मन्त्री बन्दु कुमार थापासँग भेटघाट गर्दै क्रिकेट विकासको लागि छलफल गरेको थियो ।
त्यस्तै क्यानले पोखरा स्थित पशुपतिघाटमा रहेको क्रिकेट मैदान निर्माणको लागि भौतिक पूर्वाधार मन्त्री खड्कासँग भेटेर छलफल गरेको थियो । मन्त्री खड्काले जिल्ला र प्रदेशलाई बोलाउँदै आफूले निरिक्षण गरेर मैदान निर्माणमा तीव्रता दिने जवाफ दिएका थिए । क्यानले खेलाडीलाई वर्षभर ब्यस्त राख्न विभिन्न प्रतियोगिता आयोजना गर्ने तयारीमा छ ।
क्यानले उमेर समूह, महिला र पुरुष गरि एक वर्षम एक दर्जन प्रतियेगिता गर्ने तयारी गरि रहेको छ । क्यानले गत पुषमा महिला प्रधानमन्त्री कप, माघमा प्रधानमन्त्री कप पुरुष, फागुनमा काठमाडौं मेयर्स कप र चैतमा ललितपुर महिला च्याम्पियनसिप टि२० प्रतियोगिता आयोजना गरेको थियो । २०१९ मा सुदूपश्चिमले आफ्नै आयोजनामा गरेको मुख्यमन्त्री कपमा सात प्रदेशका महिला क्रिकेट टोलीले प्रतिस्पर्धा गरेका थिए ।
December 16, 2024
काठमाडौं(हाम्रो खेलकुद) – एसिसी यु १९ महिला एसिया कपमा नेपालले सुपर ४ मा स्थान बनाएको छ । समूह चरणको आफ्नो पहिलो खेलमा पाकिस्तान यु१९ लाई ६ विकेटले पराजित गर्दै नेपालले सुपर ४ मा स्थान बनाएको हो । पाकिस्तान लगातार दोस्रो हारका साथ प्रतियोगिताबाट बाहिरिँदा नेपाल एक खेल अगावै सेमिफाइनल प्रवेश पुगेको हो । पाकिस्तान पहिलो खेलमा […]
December 16, 2024
काठमाडौं(हाम्रो खेलकुद) – एसिसी यु १९ महिला एसिया कपमा नेपाललाई पाकिस्तान यु१९ ले प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । मलेसियामा जारी खेलमा नेपाल यु १९ ले पाकिस्तानबाट १ सय ५ रनको लक्ष्य पाएको छ । टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ४ रन बनाएको हो । पाकिस्तानका लागि […]
December 16, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपिएल) को प्लेअफ समीकरण पूरा भएको छ । एनपिएलको लिग चरणको अन्तिम खेल सोमवार समाप्तिसँगै प्लेअफ समीकरण पूरा भएको हो । लिग चरणको समाप्तिमा सुदूरपश्चिम रोयल्स शीर्षमा, जनकपुर बोल्ट्स दोस्रोमा , चितवन राइनोज तेस्रो र कर्णाली याक्स चौथोमा रहेर प्लेअफमा छनोट भए । एनपिएलको प्लेअफको पहिलो खेल बुधवार बिहान […]