3 years ago
August 7, 2021
एजेन्सी – इंग्ल्यान्डका कप्तान जो रुटले भारतविरुद्ध पहिलो टेस्ट खेलमा उत्कृष्ट शतक प्रहार गरेका छन् । जो रुटले दोस्रो इनिङमा पहिलो टेस्टको चौथो दिन तेस्रो सेसनमा शतक प्रहार गरेका हुन् । रुटले १ सय ५४ शतक पूरा गरेका थिए । रुटले ७५ औं ओभरको चौथो बलमा शार्दूल ठाकुरलाई चौका प्रहार गर्दै शतक पूरा गरे ।
इंग्ल्यान्डले दोस्रो इनिङमा ७५ ओभरमा ६ विकेट गुमाउँदै २ सय ५३ रन बनाएको छ । रुट १ सय ५६ बलमा १४ चौका सहित १ सय २ रनमा खेलि रहेका छन् । रुटको यो टेस्ट करीअरको २१ औं शतक हो । रुटलाई युवा ब्याट्सम्यान साम करनले १० रनमा साथ दिएका छन् । पहिलो इनिङमा ९५ रनले पछि परेको घरेलु टोली इंग्ल्यान्डले समग्रमा १ सय ५८ रनको अग्रता लिई सकेको छ ।
ओपनर रोरी बन्र्स र डोम सिब्लेले पहिलो विकेटका लागि १५.१ ओभरमा ३७ रनको साझेदारी गरेका थिए । तीव्र गतिका बलर मोहम्मद सिराजले बन्र्सलाई १८ रनमा विकेटकिपर ऋषभ पन्तबाट क्याच आउट गराउँदै साझेदारी तोडेका थिए । जस्प्रित बुमराहले १७ औं ओभरको अन्तिम बलमा ज्याक क्रलीलाई ६ रनमा पन्तबाट क्याच आउट गराए ।
तेस्रो विकेटका लागि सिब्ले र रुटले १ सय ७४ बलमा ८९ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । सिब्लेलाई बुमराहले पन्तबाटनै २८ रनमा क्याच गराए । सिब्लेले १ सय ३३ बलमा २ चौका प्रहार गरे । जोनी बेयरस्टो ५० बलमा ४ चौका सहित मोहम्मद शिराजको बलमा रविन्द्र जडेजाबाट ३० रनमा क्याच आउट भए ।
शार्दूल ठाकुरले ड्यान लरेन्सलाई २५ रनमा एलबिडब्लू आउट गरे । विकेटकिपर जस बटलरलाई ठाकुरले १७ रनमा बोल्ड आउट गर्दै घरेलु टोली इंग्ल्यान्डलाई दबाबमा राखेका छन् । भारतका जस्प्रित बुमराह, शार्दूल ठाकुर र मोहम्मद शिराजले दुई दुई विकेट लिई सकेका छन् ।
त्यसअघि भारत पहिलो इनिङमा ८४.५ ओभरमा २ सय ७८ रनमा अल आउट हुँदै ९५ रनको अग्रता लिएको थियो । ओपनर लोकेश राहुलले २ सय १४ बलमा १२ चौका सहित सर्वाधिक ८४ रनको योगदान दिए । रविन्द्र जडेजाले तल्लोक्रममा ८६ बलमा ८ चौका र १ छक्का सहित ५६ रनको इनिङ खेले ।भारतलाई ओपनर रोहित शर्मा र केएलले पहिलो विकेटका लागि ३७.३ ओभरमा ९७ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । तर त्यसपछि भारतले थप १५ रन जोड्न प्रमुख चार विकेट गुमाएको थियो ।
तीव्र गतिका बलर ओली रोबिन्सनको सर्ट बलमा रोहित स्क्वायर लेगमा साम करनबाट ३६ रनमा क्याच आउट हुन पुगेका थिए । रोहितले १ सय ७ बलमा ६ चौका प्रहार गरे । इंग्ल्यान्डका सर्वाधिक सफल तीव्र गतिका बलर जेम्स एन्डरसनको ४१ औं ओभरको तेस्रो बलमा कप्तान विराट कोहली एज लागेर विकेटकिपर जस बटलरबाट क्याच आउट हुँदै गोल्डेन डकमै पेभिलिएन फर्किएका थिए । कोहली पहिलो बलमै आउट भएपछि भारत थप दबाबमा परेको थियो ।
कोहली अघिको बलमा चेतेश्वर पुजरा ४ रनमा बटलरबाटनै क्याच आउट हुन पुगेका थिए । अजिक्या रहाणे ५ रनमा आउट भए । तल्लोक्रममा ऋषभ पन्त २५, मोहम्मद शामी १३ र जस्प्रित बुमराह २८ रनमा आउट भए । इंग्ल्यान्डका तीाव्र गातिका बलर ओली रोबिन्सनले सर्वाधिक पाँच विकेट लिए । जेम्स एन्डरसनको नाममा चार विकेट रह्यो ।
त्यसअघि ट्रेन्ट ब्रिज नोटिङ्घममा टस जितेर पहिला ब्याटिङ थालेको इंग्ल्यान्ड पहिलो दिन अन्तिम सेसनमा ६५.४ ओभरमा १ सय ८३ रनमा अल आउट भएको थियो । इंग्ल्यान्डका कप्तान जो रुटले १ सय ८ बलमा ११ चौका सहित सर्वाधिक ६४ रनको अर्धशतकीय इनिङ खेले । रुटलाई शार्दूल ठाकुरले एलबिडब्लू आउट गरेका थिए । रुट इंग्ल्यान्डबाट अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडी बनेका छन् ।
तीव्र गतिका बलर जस्प्रित बुमराहले पहिलो ओभरको पाँचौं बलमा ओपनर रोरी बन्र्सलाई शून्यमा एलबिडब्लू आउट गरेका थिए । २१ औं ओभरको अन्तिम बलमा ज्याक क्रली मोहम्मद सिराजको बलमा विकेटकिपर ऋषभ पन्तबाट २७ रनमा क्याच आउट हुन पुगे । क्रलीले ६८ बलमा ४ चौका प्रहार गरे । ओपनर डोम सिब्ले ७० बलमा २ चौका सहित १८ रनमा क्याच आउट भए ।
चौथो विकेटका लागि रुट र जोनी बेयरस्टोले १ सय ४० बलमा ७२ रनको सर्वाधिक साझेदारी गर्दै खेलमा इंग्ल्यान्डलाई फर्काउन खोजेका थिए । ५१ औं ओभरको दोस्रो बलमा मोहम्मद शामीले जोनी बेयरस्टोलाई २९ रनमा एलबिडब्लू आउट गरेपछि भारतले खेलमा पुन पकड जमाएको थियो । बेयरस्टो ७१ बलमा ४ चौका प्रहार गरे ।
ड्यानियल लरेन्स र जस बटलर शून्यमा आउट भए । तल्लोक्रमका ओली रोबिन्सन शून्य र स्टुअर्ट ब्रोड ४ रनमा आउट भए । साम करन ३७ बलमा ४ चौका र १ छक्का सहित २७ रनमा अविजित रहे । तीव्र गतिका बलर जस्प्रित बुमराहले २०.४ ओभरमा ४६ रन खर्चेर ४ विकेट लिए । मोहम्मद शामीले ३ र शार्दूल ठाकुरले २ विकेट लिए । मोहम्मद शिराजले एक विकेट लिए ।
December 17, 2024
काठमाडौं(हाम्रो खेलकुद) – एसिसी यु १९ महिला एसिया कपमा नेपालले भारतलाई जितको लागि सामान्य लक्ष्य दिएको छ । मलेसियामा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ९४ रनको सामान्य योगफल तयार गर्यो । नेपालका लागि कप्तान पुजा महतोले सर्वाधिक २५ रन जोडिन् । उनले ४० बलमा ३ चौका प्रहार गरेकी […]
December 17, 2024
काठमाडौं(हाम्रो खेलकुद) – मलेसियामा जारी एसिसी यु १९ महिला एसिया कपमा नेपालले भारतविरुद्ध टस हारेको छ । मंगलवार मलेसियामा भारतले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको हो । पहिलो पटक आयोजना भइरहेको महिला एसिया कपमा नेपालले आफ्नो दोस्रो खेल खेल्दैछ । नेपालले पहिलो खेलमा पाकिस्तानलाई पराजित गरेर सुपर ४ मा स्थान पक्का गरेको छ । […]
December 17, 2024
काठमाडौं(हाम्रो खेलकुद) – मलेसियामा जारी एसिसी यु १९ महिला एसिया कपमा नेपाली युवा टोलीको दोस्रो खेल आज रहेको छ । मलेसियाको क्वालालाम्पुरमा नेपालले भारतको यु १९ टोलीको सामना गर्दैछ । पहिलो पटक आयोजना भइरहेको महिला एसिया कपमा नेपालले आफ्नो दोस्रो खेल खेल्दैछ । नेपालले पहिलो खेलमा पाकिस्तानलाई पराजित गरेर सुपर ४ मा स्थान पक्का गरेको […]