4 years ago
August 6, 2021
एजेन्सी – ओपनर लोकेश राहुल (केएल) र अलराउन्डर रविन्द्र जडेजाको अर्धशतकको सहयोगमा भारतले इंग्ल्यान्डविरुद्ध पहिलो टेस्ट खेलमा अग्रता लिएको छ । तेस्रो दिनको समाप्तिमा भारतले ७० रनको अग्रता लिएको छ ।
तेस्रो दिनको खेल सकिँदा इंग्ल्यान्ड दोस्रो इनिङमा ११.१ ओभरमा कुनै विकेट नगुमाउँदै २५ रन जोडेको छ । तेस्रो दिन दोस्रो र तेस्रो सेसन बर्षाको कारण प्रभावित बन्यो । समग्रमा इंग्ल्यान्ड ७० रनले पछि छ । इंग्ल्यान्डका ओपनर रोरी बन्र्स ११ र डोम सिब्ले ९ रनमा अविजित छन् ।
त्यसअघि भारत पहिलो इनिङमा ८४.५ ओभरमा २ सय ७८ रनमा अल आउट भएको थियो । ओपनर लोकेश राहुलले २ सय १४ बलमा १२ चौका सहित सर्वाधिक ८४ रनको योगदान दिए । रविन्द्र जडेजाले तल्लोक्रममा ८६ बलमा ८ चौका र १ छक्का सहित ५६ रनको इनिङ खेले ।भारतलाई ओपनर रोहित शर्मा र केएलले पहिलो विकेटका लागि ३७.३ ओभरमा ९७ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । तर त्यसपछि भारतले थप १५ रन जोड्न प्रमुख चार विकेट गुमाएको थियो ।
तीव्र गतिका बलर ओली रोबिन्सनको सर्ट बलमा रोहित स्क्वायर लेगमा साम करनबाट ३६ रनमा क्याच आउट हुन पुगेका थिए । रोहितले १ सय ७ बलमा ६ चौका प्रहार गरे । इंग्ल्यान्डका सर्वाधिक सफल तीव्र गतिका बलर जेम्स एन्डरसनको ४१ औं ओभरको तेस्रो बलमा कप्तान विराट कोहली एज लागेर विकेटकिपर जस बटलरबाट क्याच आउट हुँदै गोल्डेन डकमै पेभिलिएन फर्किएका थिए । कोहली पहिलो बलमै आउट भएपछि भारत थप दबाबमा परेको थियो ।
कोहली अघिको बलमा चेतेश्वर पुजरा ४ रनमा बटलरबाटनै क्याच आउट हुन पुगेका थिए । अजिक्या रहाणे ५ रनमा आउट भए । तल्लोक्रममा ऋषभ पन्त २५, मोहम्मद शामी १३ र जस्प्रित बुमराह २८ रनमा आउट भए । इंग्ल्यान्डका तीाव्र गातिका बलर ओली रोबिन्सनले सर्वाधिक पाँच विकेट लिए । जेम्स एन्डरसनको नाममा चार विकेट रह्यो ।
त्यसअघि ट्रेन्ट ब्रिज नोटिङ्घममा टस जितेर पहिला ब्याटिङ थालेको इंग्ल्यान्ड पहिलो दिन अन्तिम सेसनमा ६५.४ ओभरमा १ सय ८३ रनमा अल आउट भएको थियो । इंग्ल्यान्डका कप्तान जो रुटले १ सय ८ बलमा ११ चौका सहित सर्वाधिक ६४ रनको अर्धशतकीय इनिङ खेले । रुटलाई शार्दूल ठाकुरले एलबिडब्लू आउट गरेका थिए । रुट इंग्ल्यान्डबाट अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडी बनेका छन् ।
तीव्र गतिका बलर जस्प्रित बुमराहले पहिलो ओभरको पाँचौं बलमा ओपनर रोरी बन्र्सलाई शून्यमा एलबिडब्लू आउट गरेका थिए । २१ औं ओभरको अन्तिम बलमा ज्याक क्रली मोहम्मद सिराजको बलमा विकेटकिपर ऋषभ पन्तबाट २७ रनमा क्याच आउट हुन पुगे । क्रलीले ६८ बलमा ४ चौका प्रहार गरे । ओपनर डोम सिब्ले ७० बलमा २ चौका सहित १८ रनमा क्याच आउट भए ।
चौथो विकेटका लागि रुट र जोनी बेयरस्टोले १ सय ४० बलमा ७२ रनको सर्वाधिक साझेदारी गर्दै खेलमा इंग्ल्यान्डलाई फर्काउन खोजेका थिए । ५१ औं ओभरको दोस्रो बलमा मोहम्मद शामीले जोनी बेयरस्टोलाई २९ रनमा एलबिडब्लू आउट गरेपछि भारतले खेलमा पुन पकड जमाएको थियो । बेयरस्टो ७१ बलमा ४ चौका प्रहार गरे ।
ड्यानियल लरेन्स र जस बटलर शून्यमा आउट भए । तल्लोक्रमका ओली रोबिन्सन शून्य र स्टुअर्ट ब्रोड ४ रनमा आउट भए । साम करन ३७ बलमा ४ चौका र १ छक्का सहित २७ रनमा अविजित रहे । तीव्र गतिका बलर जस्प्रित बुमराहले २०.४ ओभरमा ४६ रन खर्चेर ४ विकेट लिए । मोहम्मद शामीले ३ र शार्दूल ठाकुरले २ विकेट लिए । मोहम्मद शिराजले एक विकेट लिए ।
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रहरी खेलकुद समितिबाट पहिलो पटक आयोजित आइजिपी कप क्रिकेट प्रतियोगिताको पहिलो दिन सुदुरपश्चिम र लुम्बिनी प्रदेशले विजयी सुरुवात गरेका छन् । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एवम् नेपाल प्रहरी खेलकुद समितिका सदस्य-सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन समारोह मुलपानी क्रिकेट मैदानमा भएको थियो । उद्घाटन […]
March 11, 2025
हिमाल खरेल, मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर-४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। आज बिर्तामोड झापा क्रिकेट क्लबलाई २५ रनले हराउँदै पेनोरिस–११ अन्तिम चारमा प्रवेश गरेको हो । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १८.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ४२ रन बनाएको थियोे । पेनोरिसका लागि सुनिल […]
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मधेश प्रदेशले प्रधानमन्त्री (पिएम) कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कोशी प्रदेशलाई मंगलवार १ सय ६५ रनको फराकिलो अन्तरमा हराउँदै मधेश जितबाट पिएम कपको यात्रा सुरु गरेको छ। कोशीको यो लगातार दोस्रो हार हो। बलिङमा मधेशका रुपेश सिंहले ५ विकेट लिए। जितको लागि २ सय ८५ रनको लक्ष्य पछ्याएको कोशी […]