default_image

4 years ago

August 6, 2021

कोहली बने सर्वाधिक डक आउट हुने भारतीय कप्तान

104 views

0 Bookmark

एजेन्सी – भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली टेस्ट क्रिकेटमा सर्वाधिक डक आउट हुने (शून्यमा आउट हुने) भारतीय कप्तान बनेका छन् । शुक्रबार कोहली इंग्ल्यान्डसँग पहिलो टेस्ट खेलमा गोल्डेन डक आउट हुन पुगेका थिए ।

कोहली टेस्ट कप्तानको रुपमा नवौं पटक डक आउट भएका हुन् । जुन भारतीय क्रिकेटबाट टेस्टमा सर्वाधिक डक आउट हुने कप्तान बनेका छन् । यसअघि पूर्व कप्तान महेन्द्रसिंह धोनी कप्तानको रुपमा आठ पटक डक आउट भएका थिए । कपिल देव छैटौं र मानसुर अली खान सातौं पटक डक आउट भएका थिए । समग्रमा कोहली टेस्ट करिअरमा भने १३ पटक डक आउट भएका छन् ।

इंग्ल्यान्ड र भारतबीचको पहिलो टेस्ट ट्रेन्ट ब्रिज नटिङ्घममा जारी छ । दोस्रो दिन दोस्रो सेसनमा कोहली पहिलो बलमै क्याच आउट हुन पुगेका थिए । इंग्ल्यान्डका तीव्र गतिका बलर जेम्स एन्डरसनले ४१ औं ओभरको तेस्रो बलमा कोहली एज लागेर विकेटकिपर जस बटलरबाट क्याच आउट भएपछि पहिलो बलमै पेभिलिएन फर्काएका थिए ।

कोहलीले २०१९ नोभेम्बरपछि टेस्ट क्रिकेटमा शतक प्रहार गर्न सकेका छैनन् । कोहलीले टेस्टमा पछिल्लो पटक २०१९ नोभेम्बर २२ मा कोलकातामा बंगलादेशविरुद्ध १ सय ३६ रनको शतकीय इनिङ खेलेका थिए ।

यो पनि : शतकको खडेरीमा कोहलीको नजर

February 5, 2025

अर्जुन ट्रफी – घोडाघोडीमाथि बोष्टनको रोमाञ्चक जित

काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा भईरहेको अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट प्रतियोगितामा बोष्टन क्रिकेट झापाले घोडाघोडी-११ माथि राेमाञ्चक जित हात पारेको छ । बुधवार भएको दिनको दोस्रो खेलमा बोष्टनले घोडाघोडी- ११ माथि १ रनको रोमाञ्चक जित हासिल गर्यो । यो हारसँगै घोडाघोडी-११ समूह चरणबाटै बाहिरिएको छ । बोष्टनले दिएको १ सय ६२ रनको लक्ष्य पछ्याएको […]

February 5, 2025

पूजाको अर्धशतकका बाबजुद नेपाल पराजित

काठमाडौं(हाम्रो खेलकुद) – पूजा महतोको अर्धशतकको बाबजुद नेपालले त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा बुधवार नेदरल्याण्ड्ससँग पराजित भएको छ । नेपालले १० विकेटले पराजित भएको छ । सिरिजमा नेपालको यो लगातार पाचौं हार हो ।१ सय ४६ रनको लक्ष्य नेदरल्याण्ड्सले १९.४ ओभरमा कुनै विकेट नगुमाइ पूरा गर्यो । नेदरल्याण्ड्सको जितमा स्ट्रि कालिसले नट आउट रहँदै सर्वाधिक […]

February 5, 2025

शुभको अर्धशतकमा सिइसीको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – शुभ कसांकारको अर्धशतकको सहयोगमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट एक्सिलेन्स क्रिकेट सेन्टर(सिइसी) काठमाडौंले पहिलो जित हासिल गरेको छ । बुधवार भएको दिनको पहिलो खेलमा सिइसीले न्यु होराइजन बुटवललाई ६ विकेटले पराजित गरेको हो । न्यु होराइजनले दिएको १ सय १ रनको लक्ष्य सिइसीले १७.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]

Success

Thank you for your time.