3 years ago
August 5, 2021
एजेन्सी – भारत र इंग्ल्यान्डबीचको पहिलो टेस्ट खेलको दोस्रो दिन वर्षाले प्रभावित भएको छ । भारत दोस्रो दिन ४६.४ ओभरमा १२५-४ को अवस्थामा खेल सकिएको छ । भारत समग्रमा पहिलो इनिङमा ५८ रनले पछि परेको छ । लगातार वर्षाको कारण खेल दोस्रो दिन ३३.४ ओभर मात्र सम्भव भयो ।
ओपनर लोकेश राहुल (केएल) १ सय ५१ बलमा ९ चौका सहित ५७ रनमा अविजित छन् । ऋषभ पन्त ७ रनमा अविजित छन् । भारतलाई ओपनर रोहित शर्मा र केएलले पहिलो विकेटका लागि ३७.३ ओभरमा ९७ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । तर त्यसपछि भने भारतको लगातार विकेट गुम्दा आफ्नो पकड गुमाउँदै गएको छ । भारतले थप १५ रन जोड्न प्रमुख चार विकेट गुमाएको थियो ।
तीव्र गतिका बलर ओली रोबिन्सनको सर्ट बलमा रोहित स्क्वायर लेगमा साम करनबाट ३६ रनमा क्याच आउट हुन पुगेका थिए । रोहितले १ सय ७ बलमा ६ चौका प्रहार गरे । इंग्ल्यान्डका सर्वाधिक सफल तीव्र गतिका बलर जेम्स एन्डरसनको ४१ औं ओभरको तेस्रो बलमा कप्तान विराट कोहली एज लागेर विकेटकिपर जस बटलरबाट क्याच आउट हुँदै गोल्डेन डकमै पेभिलिएन फर्किएका थिए । कोहली पहिलो बलमै आउट भएपछि भारत थप दबाबमा परेको थियो ।
कोहली अघिको बलमा चेतेश्वर पुजरा ४ रनमा बटलरबाटनै क्याच आउट हुन पुगेका थिए । अजिक्या रहाणे ५ रनमा आउट हुँदा एक समय ९७-० को भारत ११२-४ को कमजोर अवस्थामा पुगेको थियो । इंग्ल्यान्डका जेम्स एन्डरसनले दुई र ओली रोबिन्सनले एक विकेट लिएका छन् ।
त्यसअघि ट्रेन्ट ब्रिज नोटिङ्घममा टस जितेर पहिला ब्याटिङ थालेको इंग्ल्यान्ड पहिलो दिन अन्तिम सेसनमा ६५.४ ओभरमा १ सय ८३ रनमा अल आउट भएको थियो । इंग्ल्यान्डका कप्तान जो रुटले १ सय ८ बलमा ११ चौका सहित सर्वाधिक ६४ रनको अर्धशतकीय इनिङ खेले । रुटलाई शार्दूल ठाकुरले एलबिडब्लू आउट गरेका थिए । रुट इंग्ल्यान्डबाट अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडी बनेका छन् ।
तीव्र गतिका बलर जस्प्रित बुमराहले पहिलो ओभरको पाँचौं बलमा ओपनर रोरी बन्र्सलाई शून्यमा एलबिडब्लू आउट गरेका थिए । २१ औं ओभरको अन्तिम बलमा ज्याक क्रली मोहम्मद सिराजको बलमा विकेटकिपर ऋषभ पन्तबाट २७ रनमा क्याच आउट हुन पुगे । क्रलीले ६८ बलमा ४ चौका प्रहार गरे । ओपनर डोम सिब्ले ७० बलमा २ चौका सहित १८ रनमा क्याच आउट भए ।
चौथो विकेटका लागि रुट र जोनी बेयरस्टोले १ सय ४० बलमा ७२ रनको सर्वाधिक साझेदारी गर्दै खेलमा इंग्ल्यान्डलाई फर्काउन खोजेका थिए । ५१ औं ओभरको दोस्रो बलमा मोहम्मद शामीले जोनी बेयरस्टोलाई २९ रनमा एलबिडब्लू आउट गरेपछि भारतले खेलमा पुन पकड जमाएको थियो । बेयरस्टो ७१ बलमा ४ चौका प्रहार गरे ।
ड्यानियल लरेन्स र जस बटलर शून्यमा आउट भए । तल्लोक्रमका ओली रोबिन्सन शून्य र स्टुअर्ट ब्रोड ४ रनमा आउट भए । साम करन ३७ बलमा ४ चौका र १ छक्का सहित २७ रनमा अविजित रहे । तीव्र गतिका बलर जस्प्रित बुमराहले २०.४ ओभरमा ४६ रन खर्चेर ४ विकेट लिए । मोहम्मद शामीले ३ र शार्दूल ठाकुरले २ विकेट लिए । मोहम्मद शिराजले एक विकेट लिए ।
January 18, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा लगातार चौथो जित हासिल गरेको छ । डेजर्टले शनिवार अबुधाबी नाइट राइडर्सलाई ५३ रनले पराजित गरेको छ । डेजर्टले चौथो खेलिसक्दा कुशलले डेब्युको अवसर पाएका छैनन् । १ सय ९४ रनको लक्ष्य पछ्याएको नाइट राइडर्सले १७.४ ओभरमा अल आउट […]
January 18, 2025
सुमन अधिकारी,बुटवल रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगितामा ‘ए’ डिभिजनका खेल सुरु भएका छन् । यसअघि गत मंसिरमा डिभिजन ‘बी’ का खेलह भएका थिए । नेपाल सुपर लिग(एनपिएल) का कारण त्यसबेला ‘बी’ डिभिजनका खेलहरु आयोजना गरिए पनि ‘ए’ डिभिजनका खेल पछि सरेको थियो । रुपन्देही क्रिकेट संघको आयोजनामा भैरवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा शनिवार सुरु भएको ‘ए’ डिभिजनको […]
January 18, 2025
काठमाडौं(हाम्रो खेलकुद) –लुम्बिनी प्रदेशले कैलालीमा जारी प्रधानमन्त्री कप महिला टि ट्वान्टी राष्ट्रिय प्रतियोगितामा कर्णाली प्रदेशलाई पराजित गरेको छ । शनिवारको दोस्रो खेलमा लुम्बिनीले कर्णालीलाई ७१ रनले हराएको हो । १ सय २७ रनको लक्ष्य पछ्याएको कर्णाली १३ ओभरको अन्तिम बलमा ५५ रन जोड्दै अल आउट भयो । कर्णालीका लागि रमा बुढाथोकीले सर्वाधिक २० रन जोड्नु […]