4 years ago
August 4, 2021
एजेन्सी – भारतीय क्रिकेट टोलीका कप्तान तथा वर्तमान समयका विश्व क्रिकेटका एक उत्कृष्ट ब्याट्सम्यान विराट कोहली झण्डै दुई वर्षदेखि शतक विहिन छन् ।
भारतले अहिले इंग्ल्यान्ड भ्रमणको तयारी गरिरहेको छ । आइसिसी विश्व टेस्ट च्याम्पियनसिप फाइनलमा अघिल्लो महिना न्युजिल्यान्डसँग ८ विकेटले पराजित हुँदै भारत ऐतिहासिक उपाधि जित्नबाट चुकेको थियो । कोहलीको कप्तानीमा भारतले हालसम्म आइसिसी ट्रफी जित्न सकेको छैन । भारत र इंग्ल्यान्डबीचको पाँच टेस्ट सिरिज अन्तर्गत पहिलो खेल बुधबारबाट नोटिङ्घममा सुरु हुँदैछ ।
इंग्ल्यान्डविरुद्ध सिरिजमा भारतीय कप्तान विराट कोहलीको सोच शतकको खडेरी तोड्ने हुनेछ । भारतलाई जितको लागि कोहलीको उत्कृष्ट प्रदर्शन निकै आवश्यक पनि देखिन्छ । कोहलीले टेस्टमा पछिल्लो पटक २०१९ नोभेम्बर २२ मा कोलकातामा बंगलादेशविरुद्ध १ सय ३६ रनको शतकीय इनिङ खेलेका थिए ।
त्यसपछि कोहलीले टेस्टमा शतक प्रहार गर्न सकेका छैनन् । अर्थात कोहली २० महिनायता देखि टेस्टमा शतक विहिन छन् । कोहलीलाई शतकमा खडेरीनै लागेको छ । कोहलीले ओडिआईमा शतक प्रहार नगरेको दुई वर्ष पुगिसकेको छ ।
पछिल्लो पटक कोहलीले २०१९ अगष्ट तेस्रो साता वेस्टइन्डिजविरुद्ध शतकीय इनिङ खेलेका थिए । त्यसयता कोहली ओडिआईमा शतक विहिन छन् । टि२० आई क्रिकेटमा कोहलीले हालसम्म शतक प्रहार गर्न सकेका छैनन् । इन्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेन्जर्स बेंगलोरका कप्तान कोहलीले पछिल्लो पटक २०१९ मा कोलकता नाइट राइडर्सविरुद्ध शतक प्रहार गरेका थिए ।
टेस्टमा पछिल्लो समय कोहलीको प्रर्दशन त्यति राम्रो पनि छैन । पछिल्ला पाँच टेस्ट खेलमा दुई इनिङमा शून्यमा आउट भएका छन् । उनको पछिल्लो पाँच टेस्ट खेलको प्रदर्शन क्रमशः १३, ४४, ०, २७, ०,६२, ७२ र ११ छ । २०१९ मा बंगलादेशविरुद्ध उक्त शतकपछि कोहलीले ८ टेस्ट खेल खेलेका छन् । जसमा उत्कृष्ट प्रदर्शन गत डिसेम्बरमा अष्ट्रेलियाविरुद्ध ७४ रन छ । कोहलीले टि२० आईमा भने हालसम्म शतक प्रहार गर्न सकेका छैनन् ।
कोहलीलाई इंग्ल्यान्डविरुद्ध जेम्स एन्डरसन र स्टुअर्ट ब्रोड जस्ता विश्वस्तरिय बलरसामू शतकको लागि सहज भने देखिदैन । इंग्ल्यान्ड घरेलु मैदानमा उत्कृष्ट प्रदर्शनका साथ आइसिसी विश्व टेस्ट च्याम्पियनसिप २०२१/२३ मा सानदार सुरुवात गर्न चाहन्छ ।
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा भईरहेको अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट प्रतियोगितामा बोष्टन क्रिकेट झापाले घोडाघोडी-११ माथि राेमाञ्चक जित हात पारेको छ । बुधवार भएको दिनको दोस्रो खेलमा बोष्टनले घोडाघोडी- ११ माथि १ रनको रोमाञ्चक जित हासिल गर्यो । यो हारसँगै घोडाघोडी-११ समूह चरणबाटै बाहिरिएको छ । बोष्टनले दिएको १ सय ६२ रनको लक्ष्य पछ्याएको […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – पूजा महतोको अर्धशतकको बाबजुद नेपालले त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा बुधवार नेदरल्याण्ड्ससँग पराजित भएको छ । नेपालले १० विकेटले पराजित भएको छ । सिरिजमा नेपालको यो लगातार पाचौं हार हो ।१ सय ४६ रनको लक्ष्य नेदरल्याण्ड्सले १९.४ ओभरमा कुनै विकेट नगुमाइ पूरा गर्यो । नेदरल्याण्ड्सको जितमा स्ट्रि कालिसले नट आउट रहँदै सर्वाधिक […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – शुभ कसांकारको अर्धशतकको सहयोगमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट एक्सिलेन्स क्रिकेट सेन्टर(सिइसी) काठमाडौंले पहिलो जित हासिल गरेको छ । बुधवार भएको दिनको पहिलो खेलमा सिइसीले न्यु होराइजन बुटवललाई ६ विकेटले पराजित गरेको हो । न्यु होराइजनले दिएको १ सय १ रनको लक्ष्य सिइसीले १७.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]