8 years ago
November 2, 2016
हरारे (एजेन्सी)– श्रीलंकाले पहिलो टेस्टमा जिम्बावेलाई २ सय २५ रनले हराएको छ । ४ सय १२ रनको लक्ष्य पछ्याएको जिम्बावे पाँचौं तथा अन्तिम दिन दोस्रो इनिङमा १ सय ८६ रन बनाउँदै अलआउट भएपछि श्रीलंका फराकिलो अन्तरले विजयी भएको हो । दुई टेस्टको श्रृखंलामा श्रीलंका १–० ले अघि बढेको छ ।
श्रीलंका लागि रंगना हेराथ, दिलरुवान परेराले समान ३ तथा सुरंगा लाकमल र लाहिरु कुमाराले समान २ विकेट लिएका थिए ।
घरले टोलीका लागि ग्रिमी क्रिमरले सबैभन्दा बढी ४३, सिन विलियम्सले ४० र ओपनर टिनो मावायोले ३७ रज बनाएका थिए । अन्य खेलाडी भने सस्तैमा आउट भएका थिए । पहिलो इनिङमा शतक बनाएका जिम्बावेका विलियम्स खेलको म्यान अफ दी म्याच घोषि भएको थिए ।
पहिलो इनिङमा ५ सय ३७ रन बनाएको श्रीलंकाले ६ विकेटको क्षेतिमा २ सय ४७ रन बनाउँदै दोस्रो इनिङ समाप्तीको घोषढाा गरेका थिए । जिम्बावेले पहिलो इनिङमा ३ सय ७३ रन बनाएको थियो ।
March 18, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशीविरुद्ध जित हात पारेको छ । मंगलवार भएको खेलमा कर्णालीले कोशीमाथि १ सय २७ रनको फराकिलो जित हासिल गरेको हो । कर्णालीले दिएको २ सय १९ रनको मध्यम लक्ष्य पछ्याएको कोशी ३५ ओभरमा ९१ रनमा समेटिएको थियो । कोशीका लागि ओपनर चिराग साहले […]
March 18, 2025
एजेन्सी – घरेलु टोली न्युजिल्याण्डले पाकिस्तानमाथि लगातार दोस्रो टि ट्वान्टी आईमा पराजित भएको छ । मंगलवार भएको ५ खेलको टि ट्वान्टी आईको दोस्रो खेलमा न्युजिल्याण्डले ५ विकेटको जित हात पारेको छ । लगातार दोस्रो जितका साथ न्युजिल्याण्डले सिरिजमा २-० को जित हात पारेको पहिलो टि ट्वान्टी आईमा न्युजिल्याण्ड ९ विकेटले विजयी भएको थियो । बर्षाका […]
March 18, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशीविरुद्ध मध्यम लक्ष्य बनाएको छ । कर्णालीले कोशीलाई जितका लागि २ सय १९ रनको मध्यम लक्ष्य दिएको हो । एक्स्ट्रा टेक ओभलमा टस जितेर ब्याटिङ गरेको कर्णालीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय १८ रनको योगफल तयार गर्यो । कर्णालीका लागि […]