8 years ago
November 1, 2016
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय क्रिकेट टोलकिा उपकप्तान ज्ञानेन्द्र मल्लसहित तीन खेलाडी अमेरिकाको टेक्ससमा हुने एउटा क्रिकेट प्रतियोगितामा भाग लिन सोमबार त्यसतर्फ उडेका छन् । ज्ञानेन्द्रका साथमा राष्ट्रिय टोलीका शरद भेषावकर र सोमपाली कामी छन् ।
नोभेम्बर ९ देखि १३ गते सम्म आयोजना हुने टु एक्स क्रिकेट प्रतियोगितामा यी तीनसहित ८ खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । अन्य खेलाडी राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का, बसन्त रेग्मी, सिद्धान्त लोहनी, पृथु बास्कोटा र सुवास खकुरेल छन् । ५ खेलाडी यसअघि नै अमेरिका पुगिसकेका छन् ।
नेपाली खेलाडीले नेपाली राइनोज क्रिकेट क्लबबाट प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् । राइनोजमा नेपालबाट जाने बाहेक टोलीका अन्य खेलाडीमा अमेरिका बस्दै आएका नेपाली रहनेछन् । प्रतियोगितामा ८ टोलीको सहभागिता रहनेछ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । राउन्ड रोविन लिगपछि समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । प्रतियोगितामा १५ खेल हुनेछन् ।
समूह एमा राइनोजसहि एमएसमएम इङ्ल्यान्ड, युएइ फाल्कोन्स र एनजी समरसेट छन् । त्यस्तै पाकिस्तान फस्ट क्रिकेट क्लब, स्मार्ट च्वाइस, अन्डरडग्स र हस्टन स्पार्क समूह बीमा छन् ।
विदेशी भूमिमा कुनै क्लबबाट एकैपटक राष्ट्रिय टोली खेलाडी एकसाथ पहिलो पटक खेल्न लागेको जनाउँदै अमेरिका उड्नुअघि ज्ञानेन्द्रले भने, ‘झन्डै झन्डै राष्ट्रिय टोली भन्दा फरक पर्दैन । हामीले एकै पटक विदेशीभूमिमा क्लबका लागि पहिलो पटक सँगै खेल्न लागेका छौं । यो हाम्रो लागि पनि एक्सपोजर हो । यसले कहि न कहि नेपाली क्रिकेटलाई फाइदा पुग्ने विश्वास लिएका छौं । ’
March 18, 2025
एजेन्सी – घरेलु टोली न्युजिल्याण्डले पाकिस्तानमाथि लगातार दोस्रो टि ट्वान्टी आईमा पराजित भएको छ । मंगलवार भएको ५ खेलको टि ट्वान्टी आईको दोस्रो खेलमा न्युजिल्याण्डले ५ विकेटको जित हात पारेको छ । लगातार दोस्रो जितका साथ न्युजिल्याण्डले सिरिजमा २-० को जित हात पारेको पहिलो टि ट्वान्टी आईमा न्युजिल्याण्ड ९ विकेटले विजयी भएको थियो । बर्षाका […]
March 18, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशीविरुद्ध मध्यम लक्ष्य बनाएको छ । कर्णालीले कोशीलाई जितका लागि २ सय १९ रनको मध्यम लक्ष्य दिएको हो । एक्स्ट्रा टेक ओभलमा टस जितेर ब्याटिङ गरेको कर्णालीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय १८ रनको योगफल तयार गर्यो । कर्णालीका लागि […]
March 18, 2025
काठमाडौं(हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकीविरुद्ध वलियो योगफल तयार गरेको छ । बागमतीले गण्डकी प्रदेशविरुद्ध २ सय ८८ रनको बलियो योगफल तयार गरेको हो । सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको बागमतीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ८८ रनको योगफल तयार गर्यो । […]