default_image

3 years ago

June 23, 2021

क्रिकेटमा विश्वकपको सपना, छैन कुनै योजना

76 views

0 Bookmark

भूपेन्द्र जिसी, काठमाडौं

राष्ट्रिय किकेट टोलीको मुख्य लक्ष्य २०२२ मा अष्ट्रेलियामा हुने टि२० विश्वकप खेल्ने हो । सन् २०२३ पछि ओडिआई मान्यतालाई निरन्तरता, लगातार टि२० विश्वकप र २०२७ मा एकदिवसिय विश्वकप हुँदै आगमी एक दशकमा टेस्ट राष्ट्र बन्ने सपना पनि छ । अहिलेको अवस्थामा नेपाल २०२३ मा भारतमा हुने एकदिवसिय विश्वकप ग्लोबल छनोटमा स्थान बनाउन आइसिसी विश्वकप लिग–२ खेलि राखेको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले २०२४ देखि २०३१ सम्म हुने प्रमुख प्रतियोगिता सार्वजनिक गर्दै २०२४ देखि टि२० विश्वकपमा २० टोली हुने जनाएको छ । २०२७ देखि एकदिवसिय विश्वकपमा १४ देशले प्रतिस्पर्धा गर्ने छन् । नेपालको सम्भावना बढेको छ । तर सम्भावनाबाट माथि उठ्दै यर्थाथमा परिणत गर्न समयमानै निश्चित योजना, लगानी र उदेश्यका साथ अघि बढ्न सक्नुपर्छ । परम्परागत प्रतियोगिता अघि एक दुई महिना तयारीले विश्वकपमा पुग्न सकिँदैन ।

पछिल्लो चार पाँच वर्ष नेपालले टोलीमा एक दर्जन भन्दा बढी युवा खेलाडीलाई डेब्यू दियो । केहि खेलाडीले मात्र स्थिर रुपमा लगातार स्थान बनाए । तर सन् २०१८ मा युवा ब्याट्सम्यान रोहितकुमार पौडेलले डिभिजन–२ प्रतियोगितामा डेब्यू गरेका थिए । नेपाललाई एकदिवसिय विश्वकप छनोटमा पुर्याउन उक्त प्रतियोगितामा केन्या र क्यानडाविरुद्ध कठिन समयमा महत्त्वपूर्ण रन जोडेका थिए । गतवर्ष विश्वकप लिग–२ अन्तर्गत ओमानसँग शून्यमा स्लिपमा क्याच आउट हुन पुगे । त्यसपछि उनी एकदिवसिय प्रतियोगिताको लागि बन्द प्रशिक्षणमा पनि पर्न सकेका छैनन् । टि२० शैलीमा भने रोहित त्यति उपयोगी मानिदैनन् ।

ओपनर नेपाली टोलीको सर्वाधिक अस्थिर र परिवर्तन भूमिका हो । सुनिल धमला, दीलिप नाथ, अनिल कुमार शाह, ईशान पाण्डे देखि थुप्रै खेलाडी ओपनरमा प्रयोग भए । २०१८ मा फेब्रुअरीमा केन्याविरुद्ध डेब्यू गरेका अनिल अगष्टमा नेदरल्यान्ड्सविरुद्ध ऐतिहासिक ओडिआई खेलपछि टोलीमा छैनन् । नेपालले सिंगापुरमा त्रिकोणात्मक सिरिज खेल्नेक्रममा २०१९ मा सबैलाई आश्चर्य पार्दै ईशानलाई मौका दिएको थियो । त्यसपछि उनी पनि टोलीमा परेनन् ।

तत्कालिन कप्तान पारस खड्का र प्रशिक्षक उमेश पटवालले बायाँ हाते खेलाडी भएको हुँदा रणनीतिको हिसाबले मौका दिएको जवाफ दिएका थिए । त्यो रणनीति र ईशान पति टिमको विश्वास एक विदेश भ्रमण पनि टिक्न सकेन । आफूले लिएको जोखिम र निर्णयमा कप्तान र टिम व्यवस्थापननै विश्वास र धैर्य देखाउन सकेको थिएन । किनभने ति सबै दीर्घकालीन योजना विहिन निर्णय थिए ।

डेब्यू दिन हतारले टोलीमा खस्कदो प्रदर्शन, गैर जिम्मेवारपन र अस्थिर टोली बन्न पुग्यो । नेपालले कतार, सिंगापुर, मलेसिया जस्ता देशसँग हार्नुको कारण लगातार खेलाडी परिवर्तन पनि एक प्रमुख कारण थियो । नेपालले अहिले पनि युवा खेलाडीमाथि विश्वास देखाउन सकेको छैन । त्यसले खेलाडीको मनोबल झनै कमजोर बनाउँछ ।

घरेलु क्रिकेटमा पछिल्लो समय सर्वाधिक सफल ओपनरमा सुनिल धमला नाम अग्रस्थानमा आउँछ । २०१७ मा टियु मैदानमा केन्यासँग दुई खेलमा मौका पाएका धमलाले त्यसपछि मौका पाउन सकेनन् । दुई खेल धमलाले आफूलाई प्रमाणित गर्ने अवसर पर्याप्त थिएन । धमलालाई नेपाली क्रिकेटले अन्याय गरेकै हो । धमलालाई थप केहि खेलमा अवसर दिएको भए एकदिवसिय शैलीमा नेपालले भरपर्दो ब्याट्सम्यान पाउँथ्यो । उनको खेल्ने शैली र क्षमताले त्यो देखाउँछ ।

लुम्बिनी प्रदेशका सौरभ खनाल नेपाली क्रिकेटका एक प्रमुख टि२० स्पेलिष्ट ब्याट्सम्यान हुन् । तर उनलाई नेपालले हालसम्म मौका दिन सकेको छैन । ग्लोबल छनोट नजिकिदै गर्दा उनी योजनामा पनि देखिदैनन् ।

युवा ब्याट्सम्यान रित गौतम यू-१६ र यू-१९ दुबै अन्तर्राष्ट्रिय खेलमा शतक प्रहार गर्ने नेपालबाट एक्लो खेलाडी हुन् । एकदिवसिय शैलीमा ठूलो सम्भावना देखाएका रित पछिल्लो समय बन्द प्रशिक्षणमै छैनन् । रित जस्ता सम्भावना बोकेका युवा खेलाडीलाई घरेलु क्रिकेट नहुँदा कम्तिमा क्याम्पमा प्रशिक्षणकै लागि पनि समावेश गर्नुपर्छ ।

२०२३ पछि त नेपाल एकदिवसिय विश्वकप तयारीमा लाग्नुपर्ने हुन्छ । पछिल्लो घरेलु प्रतियोगिता उनको प्रदर्शन कमजोर थियो । तर घरेलु प्रतियोगिता नै सबै पक्कै होईन । तीव्र गतिका बलरमा राशिद खानलाई १३ औं सागमा भुटानविरुद्ध डेब्यू गरे । तर त्यसपछि टोलीमा परेनन् ।

सन्दीप जोरा र पवन सरार्फ जस्ता युवा खेलाडीले डेब्यू गरेपनि टोलीमा आफ्नो भूमिका के हो स्पष्ट छैन । पछिल्लो समय राष्ट्रिय जर्सी युवा खेलाडीलाई निकै सहज बन्न पुग्यो । कोहि एउटै प्रतियोगिताको प्रर्दशनको आधारमा नेपाली टोलीमा परे भने कसैले लगातार उत्कृष्ट प्रदर्शन गर्दा पनि मौका पाउन सकेनन् । कुनैपनि खेलाडी एकै पटक राम्रो ब्याट्सम्यान र बलर बन्न सक्दैन । त्यसको लागि धेरै समय र खेल चाहिन्छ । त्यो सँगै धैर्यता र विश्वास देखाउन सक्नुपर्छ ।

धमला देखि राशिद सम्मका सबै युवा खेलाडीले गल्ती गरेपछि सुधार गर्ने अवसर पाएनन् । खेलाडी गल्तीले नै अझ सुधारिएको बन्ने हो । अवसर विना सुधार देखाउन पनि सकिदैन । खेलाडी सधैं लयमा हुन्छ भन्ने हुँदैन । लयमा आएको बेला मौका पाउन सकेन भने करिअर धरापमा पर्न सक्छ । मुख्य कारण नेपाली क्रिकेट टोलीले कुनैपनि दीर्घकालिन योजना छैन । एउटा प्रतियोगिता र सिरिजको नतिजालाई मात्र बढी ध्यान दिँदै आएको छ ।

२०२२ को ग्लोबल छनोट आउन अव धेरै समय बाँकी छैन । तर नेपालको तयारी भने शून्य जस्तै छ । टि२० विश्वकप खेल्ने सपना देखेको नेपालको ग्लोबल छनोटका सम्भावना र चुनौतीबारे कुनै पनि योजना बनाएको छैन । ओपनर, मध्यक्रम, फिनिसर, स्पिनर र तीव्र गतिका बलर अर्थात कुन पोजिसनमा कुन खेलाडी विश्वकप छनोटमा लगेर जाने केहि रणनीति छैन ।

नेपालको अबको योजना एकदिवसिय प्रतियोगिता खेल्ने मात्र देखिन्छ । यो अवस्थामा क्यानले सिरिजको व्यवस्था मिलाउन सक्नुपर्छ । आफूभन्दा बलिया टोलीसँग सिरिज खेल्नुपर्छ । टि२० शैली र ५० ओभरको खेललाई फरक फरक टोली बनाउनु पर्ने भएपनि त्यसो हुन सकेको छैन । केहि झिनो संकेत भने दिएको छ । गत वैशाखमा नेदरल्यान्ड्स र मलेसियासँगको त्रिकोणात्मक टि२० आई सिरिजमा दुई युवा ओपनर कुशल भुर्तेल र आसिफ शेखले उत्कृष्ट ब्याटिङ प्रदर्शन गरेका थिए । दुई ओपनरबाट नेपालले ठूलो आशा राखेको छ ।

एक वा दुई प्रतियोगितामा खराब प्रदर्शन गरेमा नेपालले टोली बाहिर राख्न बेर पनि लगाउदैन । मध्यक्रममा कसलाई खेलाउने आफैंमा अन्यौल छ । आसिफ र कुशलको उत्कृष्ट प्रदर्शनसँगै पारस र ज्ञानेन्द्र मध्यक्रममा फर्किने छन् । कप्तान ज्ञानेन्द्रको ब्याटिङक्रम स्पष्ट छैन । कहिले ओपनर त कहिले मध्यक्रममा ब्याटिङ गर्ने गर्दछन् । दीपेन्द्रसिंह ऐरी, शरद भेषावकर, आरिफ शेख, विनोद भण्डारी, कुशल मल्ल, पवन सरार्फ र सन्दीप जोरा पनि मध्यक्रम ब्याटिङमा छन् । फिनिसरमा कुशल मल्ल, सोमपाल कामी र करण केसी देखिएका छन् । तर आफ्नो रोल र भूमिका कहाँ हो खेलाडीनै बताउन र ढुक्क हुने अवस्था छैन ।

पछिल्लो समय मध्यक्रमका पारस र ज्ञानेन्द्रले आएर ओपनिङ गरे । तर सुध्रिनुको सट्टा झन भद्रगोल र कमजोर बन्यो । तर पारस र ज्ञानेन्द्रलाई ओपनिङ गराउनुको सट्टा युवा खेलाडीलाई त्यतिनै अवसर दिँदै तयार पारेको भए नेपालले एक उत्कृष्ट ओपनर पाइसकेको हुन्थ्यो । नेपालको योजना हिजो पनि थिएन र आज पनि देखिदैन । लगातार अस्थिर भूमिकाले खेलाडीलाई प्रदर्शनमा धेरै असर गर्छ ।

तेस्रो नम्बरमा ब्याटिङ गर्ने खेलाडीले कहिले पाँचौं र त कहिले चौथो नम्बरमा गर्नुपर्यो भने उसले आफ्नो क्षमता अनुसारको प्रदर्शन गर्न सक्दैन । आफ्नो भूमिकानै स्पष्ट हुँदैन भने त्यसले मनोबल पनि कमजोर पार्छ ।

इंग्ल्यान्ड २०१५ विश्वकपमा खराब प्रदर्शन पछि एउटा निश्चित योजना र तयारीका साथ अघि बढ्दै २०१९ को विश्वकपनै जित्यो । इंग्ल्यान्डले विश्व क्रिकेटमै खेल्ने शैलीमा परिवर्तन गर्दै आक्रामक ब्याटिङका साथ स्थिर टोलीका साथ विश्वकप खेलेको थियो । २०२१ को टि२० विश्वकपको लागि प्रमुख ब्याट्सम्यान जो रुटलाई २०१९ पछि टोलीमा राखेको छैन । रुटको स्थानमा तेस्रो नम्बरमा डेविड मलानलाई तयार पार्नतर्फ लाग्यो । मलानले त्यो अवसर उठाउँदै उत्कृष्ट प्रदर्शनका साथ आइसिसीको विश्व टि२० वरियतामा शीर्ष स्थानमा छन् । यसवाट योजना महत्व अझ धेरै प्रष्ट हुन्छ ।

कप्तान ज्ञानेन्द्र मल्ल योजनाका साथ अघि बढ्नमा ढिलाई भएको स्वीकार गर्दछन् । ‘२०२२ को ग्लोबल छनोटको समय हेर्दा हेर्दैनै जान्छ जस्तो लाग्छ । हामी अहिले देखिनै तयारीका साथ अघि बढ्नुपर्छ । हामी सिधैं ग्लोबल छनोटमा हुँदा अझ बढी केन्द्रित भएर तयारीमा लाग्न सक्छौं । जसको लागि हामीले धेरै भन्दा धेरै खेल खेल्ने वातावरण हुनुपर्यो भनेर बारम्बार भन्दै पनि आएका छौं’, ज्ञानेन्द्रले भने ।

‘हामी विश्वकपमा पुगेर मात्र भएन । विश्वकपमा गएर केहि गर्न पनि त सक्नुपर्यो । आजको दिन देखिनै टेस्ट टोलीसँग खेल्न जरुरि हुन्छ । विश्वकपमा टोली संख्या बढेको छ । तर त्यो हाम्रो लागि मात्र होईन । अरु देशपनि त्यहिँ अवसरको पर्खाइमा छन् । हाम्रो सम्भावना त पहिला पनि थियो । सम्भावना भएर मात्र हुँदैन’, उनले भने ।

‘हामीले टिमलाई समय दिनुपर्छ । धेरै काम गर्नुपर्ने हुन्छ । एकै पटक नतिजा भने जस्तो नहोला तर लामो समयलाई हेरेर गर्ने निर्णयलाई सबैले साथ दिनुपर्छ । एक्सपोजरको कमी हाम्रो समस्या हो । घरेलु संरचनाले मात्र खेलाडीमा एक्सपोजर पुग्दैन । जति ठूलो टोलीसँग खेल्छौं त्यतिनै निखारीदै र सिक्दै जान्छौं,’ उनले थपे ।

नेपालले पछिल्लो चार वर्ष टोलीमा खेलाडीलाई प्रयोग मात्र गर्यो । अब निश्चित योजनाका साथ खेलाडीलाई प्रयोग गर्न आवश्यक देखिन्छ । ज्ञानेन्द्र पनि अस्थिरता रोक्नुपर्ने बताउँछन् । तर सम्भावित प्रतिभा र क्षमतालाई पनि समेट्दै लैजानु पर्ने ज्ञानेन्द्रको सोचाई छ । ‘हरेक पोजिसनको विकल्प बनाउँदै जानुपर्छ । योजना बनाउन पक्कै पनि ढिलो भएको छ । कोरोना महामारीको कारणले पनि होला । हामी जति सक्यो चाँडै योजनाका साथ अघि बढ्नुपर्ने हुन्छ’, ज्ञानेन्द्रले भने । ज्ञानेन्द्र अहिले देखिनै तयारी र योजना नथाल्ने हो भने विश्वकपको अवसर छुट्न सक्ने बताउँछन् ।

टेस्ट राष्ट्र जस्तै डेब्यूमै ठूलो इनिङ खोज्नुअघि आफ्नो घरेलु संरचना र स्तरलाई पनि ध्यान दिनुपर्छ । टेस्ट टोली र अन्य बलिया एसोसियट टोलीका खेलाडी डेब्यू अघि घरेलु क्रिकेट लिष्ट ए, प्रथम श्रेणी, ए, बी र सी टोलीबाट निरन्तर अन्तर्राष्ट्रिय खेल खेल्दै निखारिएको हुँदा सिनियर टोलीमा त्यो सदुपयोग गर्दछन् । तर नेपालमा विरलै वर्षमा एक दुई मात्र घरेलु प्रतियोगिता खेल्ने खेलाडीबाट प्रतिभा हेर्नु बाहेक खासै सुधार हुन सक्दैन ।

आगमी दशकमा नेपालको टेस्ट सपना छ । टेष्ट राष्ट्र बन्ने सबै नेपाली खेलाडीको मुखमा भुण्डिएको पहिलो सपना हो । तर नेपालमा एउटा पनि प्रथम श्रेणी र डे क्रिकेट प्रतियोगिता हुँदैन । वर्षमा हुने एक दुई ५० ओभरको खेलमै खेलाडीले पुरै खेल्न संघर्ष गरेको देख्न सकिन्छ । सन् २००५ पछि २०१९ मा नेपालले मरिलेबोन क्रिकेट क्लब (एमसिसी) विरुद्ध खेलेको थियो । जसमा सोमपाल कामीले दोस्रो इनिङमा ५१ रन बनाउन बाहेक अन्यले अर्धशतकीय इनिङ खेल्न सकेका थिएनन् । नेपाल २ सय ८ रनको फराकिलो अन्तरले पराजित भएको थियो । टेस्ट सपना देख्नुअघि घरेलु संरचनामा युद्ध स्तरमा परिवर्तन गर्न निकै आवश्यक देखिन्छ ।

स्कटल्यान्ड, ओमान, यूएई, नेपाल र नेदरल्यान्ड्स एसासियट टोलीमा टेस्ट राष्ट्र बढी सम्भावना बोकेका टोली हुन् । ओमान र यूएईमा पाकिस्तान, भारत लगायत अन्य ठूला देशमा मौका नपाएपछि खेलाडी खेलेको देख्न सकिन्छ । स्कटल्यान्ड र नेदरल्यान्ड्सका खेलाडी काउन्टी क्रिकेट खेल्दै आएका छन् । लगातार प्रथम श्रेणी, अन्तर्राष्ट्रिय अभ्यासमा ब्यस्त देखिन्छ । उनीहरुको व्यवस्थापन, योजना, लगानी, घरेलु संरचना र तयारीको छेउछाउ पनि नेपाल देखिदैन ।

नेपाली खेलाडीमा अन्य टोलीका भन्दा क्रिकेट प्रतिको भोक, प्यासन र रुचि भने धेरै छ । तर खेलाडीको मिहिनेतले मात्र यो स्तरमा सफलता हात पार्न सम्भव हुँदैन । टेस्ट सपना भन्दा पहिला घरेलु संरचना सुधारमा विशेष ध्यानदिनु पर्ने हुन्छ ।

सफलता शिखर चुम्न सहज छैन । त्यसको लागि निश्चित उदेश्य, लागानी, योजना, धैर्यता, टिम निर्माणमा देखि सबै क्षेत्रमा विशेष ध्यान दिनुपर्छ । प्रशिक्षक डेभ ह्वाटमोर गत माघ देखि नेपाली टोली समालि रहेका छन् । उनले ब्याटिङ र टोलीमा छोटो समयमै धेरै परिवर्तनको सम्भावना देखाएका छन् । अर्कोतर्फ नेपाली टोली युवा पुस्तामा हस्तान्तरण भई सकेको छ ।

अबको योजना र लगानीले आगमी दिनमा विश्व क्रिकेटमा नेपालको स्तर निर्धारण गर्ने छ । योजनाका साथ अघि बढ्न अव ढिलो गर्नु हुँदैन र यो नै सहि समय हो । क्यान, कप्तान, प्रशिक्षक, छनोट समिति, व्यवस्थापन लगायत सबैलै समयमै यस विषयमा सोच्न आवश्यक छ । अन्यथा नेपाली क्रिकेट सम्भावना भन्दा माथि उठ्न सक्ने छैन ।

September 19, 2024

अश्विनको शतकमा भारत बलियो स्थितिमा

एजेन्सी – अलराउन्डर रविचन्द्रन आश्विनको शतक सहयोगमा भारतले बंगलादेशविरुद्धको पहिलो टेस्टमा बलियो स्थितीमा रहेको छ । दुई खेलको टेस्ट सिरिजका लागि बंगलादेश भारत भ्रमणमा रहेको छ । पहिलो टेस्टमा टस हारेर पहिले ब्याटिङको निम्ता पाएको घरेलु टोलीले पहिलो दिनको खेल सकिदा ६ विकेट गुमाएर ३ सय ३९ रन बनाएको छ । भारतका लागि आश्विन १ […]

September 19, 2024

गुलशनको अलराउन्ड प्रदर्शनका बाबजुद नेपाल पराजित

काठमाडौं(हाम्रो खेलकुद) – गुलशन झाको अलराउन्ड प्रदर्शनको बाबजुत नेपाल आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा ओमानसँग पराजित भएको छ । क्यानडाको किङ्ग सिटीमा बिहीवार बिहान सम्पन्न खेलमा नेपालमाथि ओमानले १ विकेटको जित हात पारेको हो । मंगलबार भएको पहिलो ओडिआईमा पनि नेपाल घरेलु टोलीसँग पराजित भएको थियो । नेपालले दिएको २ सय २१ रनको लक्ष्य […]

September 19, 2024

ओमानको आधा टिम पेभिलियन फर्कियो

काठमाडौं(हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नेपालविरुद्ध ब्याटिङ गरिरहेको ओमानको आधा टिम पेभिलियन फर्किएको छ । ओमानका लागि पाँचौ विकेटका रुपमा प्रतिक अथाभाले आउट भएसँगै आधा टिम पेभिलियन फर्किएको हो । अथाभाले करण केसीको बलमा आउट भएका हुन् । उनले ३६ बलमा २६ रन बनाएका थिए । त्यसअघि चौथो विकेटका रुपमा आयान […]

Success

Thank you for your time.