4 years ago
July 7, 2021
एजेन्सी – भारतीय क्रिकेट टोलीका सर्वाधिक सफल पूर्व कप्तान महेन्द्रसिंह धोनी विश्वका प्ररेणादायी खेलाडी हुन् । विश्वकै सर्वाधिक सफल कप्तानमध्यका एक धोनीले अन्तर्राष्ट्रिय क्रिकेटबाट गतवर्ष सन्न्यास लिएका थिए ।
धोनीले सन् २००४ मा ओडिआईमा बंगलादेश, २००५ टेष्टमा श्रीलंकाविरुद्ध र २००६ मा दक्षिण अफ्रिकाविरुद्ध टि२० आईमा डेब्यु गरेका थिए । धोनीको कप्तानीमा भारतले २००७ मा टि२० विश्वकप र २०११ मा एकदिवसिय विश्वकप जित्यो । उक्त विश्वकप फाइनलमा धोनीले ९१ रनमा अविजित रहँदै उत्कृष्ट फिनिसरको परिचय दिएका थिए । २०१३ मा धोनीले च्याम्पियन्स ट्रफीको उपाधि दिलाउँदै इतिहास रचे ।
आइसिसीको तीनै उपाधि जित्ने धोनी एक्लो कप्तान हुन् । धोनीले ब्याट्सम्यानले चाल नपाउँदै स्टम्पिङ आउट गर्न भ्याइसक्थे । धोनी हतपत रिभ्यु लिदैन थिए । लिएभने त्यो असफल बिरलै हुन्थो । चतुर दिमागका खानी भएका धोनीले विपक्षी टोली र खेलाडीको कमजोरी, पिचको जानकारी तुरुन्त थाहा पाउँदै त्यहिँ अनुसार सल्लाह दिनुको साथै रणनीति बनाउथे । क्याप्टेन कुल धोनीलाई क्रिकेटका असली जेन्टलम्यान भन्ने गरिन्छ । निकै शान्त र शालीन स्वभावका खेलाडी थिए धोनी ।
धोनी पछिल्लो दुई दशकमा विश्व क्रिकेटले पाएको सर्वोत्कृष्ट कप्तान र खेलाडीमा पर्दछन् । महान खेलाडी धोनीले विश्व क्रिकेटमा सफलताको त्यस्तो छाप छोडेका छन् जसले उनको नाम नलिँदा इतिहास सधै अधुरै बन्न पुग्छ । धोनीको जीवनी, यात्रा, संघर्ष, कप्तानीबाट अन्य खेलाडी, समर्थक र कप्तानले धेरै कुरा सिक्न सक्छन् ।
महान खेलाडीको सानो प्रेरणा र सन्देशले पनि अन्य कप्तान र खेलाडीलाई धेरै फाइदा पुग्न सक्छ । सफल बन्न धोनीबाट अन्य कप्तान र खेलाडीले सिक्नुपर्ने पाँच कुराहरु
५. खेलाडीलाई स्वतन्त्र छोड्नुपर्छ
धोनीको कप्तानीमा अधिकाम्स खेलाडी सिक्न धेरै रुचाउँछन् । विश्वका महान् र चर्चित खेलाडी पनि धोनीको नेतृत्वमा आइपिएल खेल्ने सपना बोकेका हुन्छन् । धोनी आफ्नो खेलाडीलाई सधैं स्वतन्त्र छोड्छन् । कुनै दबाब दिँदैनन् । खेलाडीलाई स्वतन्त्र छाड्ने हो भने कुनै दबाब महशुस नगरी आफ्नो उत्कृष्ट प्रदर्शन गर्छन् । सबै खेलाडीलाई आफ्नो भूमिका के हो राम्रोसँग थाहा हुन्छ ।
मैदानमा खेलाडीले खराब प्रदर्शन गर्दा कराउने, रिसाउने र गाली गर्ने जस्ता कुरा धोनीले कहिल्यै गरेनन् । धोनीलाई ‘क्याप्टेन कुल’ भन्ने गरिन्छ । स्वतन्त्र खेलाडीले कुनै दबाब नदिई आफ्नो उत्कृष्ट प्रदर्शन गर्ने हुँदा टोलीलाई जितको लागि सहज हुन्छ । दबाबमा खेलाडीले झन् खराब प्रदर्शन गर्न सक्छ ।
४. टिम निर्माणमा ध्यान
धोनी सफल हुनुको मुख्य कारण टिम निर्माणमा जोड थियो । धोनी खेलपछि त्यस नतिजालाई कहिल्यै सोच्ने थिएनन् । आगमी खेलमा कसरी उत्कृष्ट प्रदर्शन गर्न सकिन्छ भन्ने उनको मनमा हुन्थ्यो । कुनैपनि खेलाडीलाई धोनीले एउटा उदेश्य लिएर मौका दिन्थें । टिम मजबुत र निर्माण एकै पटक हुँदैन । त्यसको लागि केहि समय लाग्छ । समयमै टिम निर्माणमा ध्यान दिएन भने पछि टोलीको स्तरमा ठूलो गिरावट आउँछ ।
खेलाडीसँगै धोनीले नेतृत्वमा पनि विराट कोहलीलाई तयार पारेपछि मात्रै भारतीय टोलीबाट बिदा भएका थिए । धोनीको कप्तानीमा भारत एक उत्कृष्ट टोली बन्यो । धोनीको त्यहिँ रणनीतिले भारत आज विश्वकै एक सर्वोत्कृष्ट टोली बनेको छ । एकै समयमा दुई अन्तर्राष्ट्रिय खेल खेल्न सक्ने स्तरको टोली बनेको छ । धोनी खेलाडीमाथि बढी विश्वास राख्छन् । एक वा दुई खेल खराब गर्दामानै उनी आतिदैनन् । जसले खेलाडीलाई पनि उत्कृष्ट प्रदर्शन गर्न हौसला मिल्थ्यो ।
३. आफ्नो निर्णयमा विश्वास
धोनी खुब सोच विचारका साथ निर्णय लिन्छन् । आफ्नो निर्णयमा सधैं विश्वास राख्छन् । आफूलाईनै विश्वास छैन भने त्यो निर्णय धोनी कहिल्यै लिदैनन् थिए । डिआरएस होस् वा ब्याटिङ देखि बलिङ परिवर्तन सम्म । धोनी रिभ्यु लिन्छन् भने विरलै असफल हुन्छन् । आफूलाईनै विश्वास छैन भने त्यो कुरा प्रभावकारी हुँदैन । धोनी खेलाडीमाथि धेरै विश्वास राख्छन् ।
एक दुई खेल खराब प्रदर्शन गर्दैमा धोनीले खेलाडीलाई टोलीबाट हटाउदैन थिए । एउटा खेलमा खराब प्रदर्शन गर्दा वितिक्कै खेलाडी परिवर्तन गर्ने हो भने खेलाडीमा आत्माविश्वास आउँदैन । टोलीमा पर्छु वा पर्दैन भन्ने आगमी खेलको बढी चिन्ता हुन्छ र प्रदर्शन पनि खराब हुन्छ । कप्तानले विश्वास नगरेपछि खेलाडी टोलीमा आफ्नो स्थान बनाउन टिम भन्दा पनि बढी ब्यक्तिगत प्रदर्शनमा ध्यान दिन सक्छ । त्यसको असर टोलीलाईनै पर्छ ।
२. जोखिम उठाउन आवश्यक
सफलता सहजै पाइदैन । कठिन समयमा सहि निर्णय लिन सक्नुपर्छ । कहिले काहीँ टोलीको लागि आफू आलोचित हुनुपर्छ । नतिजा नआउन सम्म धेरै आलोचना र टिकाटिप्पडि सहनुपर्छ । त्ययसको लागि जोखिम लिन सक्नुपर्छ । २००७ को टि२० विश्वकपको समूह चरणको खेलमा भारत र पाकिस्तानबीचको खेल टाई भएपछि नतिाजा बल आउट (बलरले स्टम्प ताक्ने) बाट लिइएको थियो ।
जुन निर्णयमा धोनीले बलिङ गर्न हरभजनसिंह, विरेन्द्र सहवागसँगै रोविन उथाप्पालाई दिएका थिए । धोनीले आफ्ना प्रमुख बलर अजित अग्रकार, श्रीसान्त, इरफान पठान जस्ता बलरलाई नदिने जोखिम लिएका थिए । उथाप्पा, सहवाग र हरभजन तीनैले स्टम्प ताक्दै भारतलाई जित पक्का गराएका थिए । चेतेश्वर पुजारा वर्तमान समयका एक उत्कृष्ट टेष्ट खेलाडीमा गनिन्छन् । पुजाराले २०१० मा अष्ट्रेलियाविरुद्ध बेंगलोरमा डेब्यु गरेका थिए । पहिलो इनिङमा पुजरा पाँचौ नम्बरमा ब्याटिङ गर्दै ४ रनमा आउट भए ।
तर दोस्रो इनिङमा राहुल द्रविड अघि नै पुजारालाई धोनीले तेस्रो नम्बरमा पठाउने जोखिम लिए । भारतीय क्रिकेटमा द्रविड हुँदाहुँदै ३ नम्बरमा ब्याटिङ गर्ने खेलाडी अर्को होला सायदै कसैले सोचेको थियो । धोनीको निर्णयलाई सहि सावित गर्दै पुजाराले ७२ रन जोड्दै ७ विकेटको जित पक्का गरे। यि त केहि उदाहरण मात्र हुन् । त्यसैले सफलता पाउन जोखिम उठाउन आवश्यक देखिन्छ ।
१.आफ्नो होईन टोलीको प्रदर्शन महत्त्वपूर्ण
धोनीको करिअरमा कप्तानी र विकेटकिपर मात्र होईन प्रदर्शन पनि त्यतिँनै सर्वोत्कृष्ट रह्यो । जव धोनी क्रिजमा रहन्छन् भने जो कोहिलाई पनि जितको आशा हुन्छ । धोनीले ओडिआई क्रिकेटमा १० हजार ७ सय ७३ रन बनाएका छन् । जसमा १० शतक र ७३ अर्धशतक सामेल छ । धोनीले ब्याटिङ धेरै जसो छैटौं र तल्लो नम्बरमा गरे । धोनी कहिल्यै पनि आफ्नो शतकको लागि सोच्दैनन् थिए ।
धोनीले एक कार्यक्रममा भनेका थिए, ‘यदि म शतक चाहन्छु भने मेरो मौका २५ ओभर भन्दा अघिनै आउनु पर्छ । तर त्यसको लागि टोलीले खराब प्रदर्शन गर्नुपर्ने हुन्छ । तर टोलीको खराब प्रदर्शन म चाहँदैन । टोलीले खराब प्रदर्शन गरेपछि मेरो प्रदर्शनको कुनै काम हुँदैन । मलाई मेरो प्रदर्शन होईन अन्य खेलाडी र टोलीको प्रदर्शन सधैं उत्कृष्ट हुनुपर्छ भन्ने मात्र मनमा हुन्थ्यो । त्यसैले मैले माथि मध्यक्रममा कहिल्यै ब्याटिङ गरिन र शतकको लागि पनि सोचिन ।’
धोनीले माथिल्लोक्रममा ब्याटिङ गर्थे भने अझ धेरै रन बनाउन सक्थें । धोनीले तेस्रो नम्बरमा ओडिआई करिअरकै सर्वोत्कृष्ट प्रदर्शन गरेका छन् । ओडिआईमा २००५ मा पाकिस्तानविरुद्ध तेस्रो नम्बरमा ब्याटिङ गर्दै १ सय ४८ र त्यसै वर्ष श्रीलंकाविरुद्ध १ सय ८३ रनको उत्कृष्ट शतकीय इनिङ खेलेका थिए । धोनीले चाँहेको भए त्यहिँ नम्बरमा पनि गर्न सक्थे । तर धोनीले आफ्नो होईन सधैं टोलीले लागि सोचे र सफल कप्तान पनि बने ।
यो पनि पढ्नुहोस् : शालीन खेलाडी, सफल कप्तान : धोनी युगको पूर्णविराम
January 10, 2025
काठमाडौं(हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीका नियमित सदस्य सन्दीप लामिछाने पनि पाकिस्तान सुपर लिग (पिएसएल) २०२५ को ड्राफ्टमा परेका छन् । पाकिस्तान सुपर लिगले शुक्रवार जारी गरेको डायमण्ड क्याटगोरीमा सन्दीपलाई पनि समावेश गरेको हो । सन्दीपले २०१८/१९ को सिजन लाहोर कलन्दर्सबाट पिएसएल खेलिसकेका छन् । यसअघि गत बुधवार जारी सिल्भर क्याटगोरीको सुचीमा नेपालका ६ खेलाडी […]
January 10, 2025
काठमाडौं(हाम्रो खेलकुद) – मलेसियामा अर्को साताबाट सुरु हुने आइसिसी यु १९ महिला विश्व कपका लागि नेपाली युवा टोलीको बिदाइ भएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले शुक्रवार पूजा महतोको कप्तानीमा रहेको टोलीको बिदाइ गरेको हो । युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी तथा क्यानका पदाधिकारीले टोलीको बिदाइ गरे । क्यानले शनिवार पूजाको कप्तानीमा १५ सदस्यीय […]
January 10, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउण्डरद्वय कुशल मल्ल र दीपेन्द्रसिंह ऐरी युएईमा आयोजना हुने अन्तर्राष्ट्रिय टि ट्वान्टी लिग(आईएल टि ट्वान्टी) मा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेका छन् । कुशल र दीपेन्द्र शुक्रवार बिहान १० बजे त्यसतर्फ प्रस्थान गरेका हुन् । आईएल टि ट्वान्टीमा कुशल डेजर्ट भाईपर्समा अनुबन्ध हुँदा दीपेन्द्रलाई भने गल्फ जायन्ट्सले अनुबन्ध […]