8 years ago
October 28, 2016
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय क्रिकेट टोलीका पारस खड्कासहित ८ राष्ट्रिय खेलाडीले अमेरिकाको टेक्ससमा दस दिनपछि सुरु हुने टु एक्स क्रिकेट युएसए कपमा खेल्ने भएका छन् ।
पारससहित उपकप्तान ज्ञानेन्द्र मल्ल, बसन्त रग्मी, शदर भेषावकर, पृथु बास्कोटा, सुवास खकुरेल, सोमपाल कामी र युवा खेलाडी सिद्धान्त लोहनीले नोभेम्बर ९ देखि १३ सम्म आयोजना हुने टु एक्स क्रिकेटमा भाग लिनेछन् । पारस, बसन्त र सिद्धान्त अमेरिका पुगिसकेका छन् । बाँकी खेलाडी केही दिनमा पुग्ने पारसले हाम्रो खेलकुदलाई बताए ।
नेपाली खेलाडीले नेपाली राइनोज क्रिकेट क्लबबाट प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् । राइनोजमा नेपालबाट जाने बाहेक टोलीका अन्य खेलाडीमा अमेरिका बस्दै आएका नेपाली रहनेछन् । प्रतियोगितामा ८ टोलीको सहभागिता रहनेछ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । राउन्ड रोविन लिगपछि समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । प्रतियोगितामा १५ खेल हुनेछन् ।
समूह एमा राइनोजसहि एमएसमएम इङ्ल्यान्ड, युएइ फाल्कोन्स र एनजी समरसेट छन् । त्यस्तै पाकिस्तान फस्ट क्रिकेट क्लब, स्मार्ट च्वाइस, अन्डरडग्स र हस्टन स्पार्क समूह बीमा छन् । पूर्व नेपाली क्रिकेट खेलाडी बरदान चालिसे, सागर पन्त, राकेश पन्तहरुको पहलमा आफुहरु क्रिकेट खेल्न अमेरिका पुगेको पारसले बताए ।
‘यहाँ रहेको पूर्व क्रिकेट खेलाडीकै पहलमा हामी यहाँ क्रिकेट खेल्न आएका हौं । यहि दौरान यहाँ बस्ने नेपालीसँग भेट हुन्छ । धेरैले नेपाली क्रिकेटका बारेमा चासो राखेको देख्दा खुसी लाग्छ,’ पारसले भने‘यहि प्रतियोगिताका दौरान यहाँको क्रिकेट मौहोल पनि हेर्ने मौका मिल्नेछ ।’
March 18, 2025
एजेन्सी – घरेलु टोली न्युजिल्याण्डले पाकिस्तानमाथि लगातार दोस्रो टि ट्वान्टी आईमा पराजित भएको छ । मंगलवार भएको ५ खेलको टि ट्वान्टी आईको दोस्रो खेलमा न्युजिल्याण्डले ५ विकेटको जित हात पारेको छ । लगातार दोस्रो जितका साथ न्युजिल्याण्डले सिरिजमा २-० को जित हात पारेको पहिलो टि ट्वान्टी आईमा न्युजिल्याण्ड ९ विकेटले विजयी भएको थियो । बर्षाका […]
March 18, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशीविरुद्ध मध्यम लक्ष्य बनाएको छ । कर्णालीले कोशीलाई जितका लागि २ सय १९ रनको मध्यम लक्ष्य दिएको हो । एक्स्ट्रा टेक ओभलमा टस जितेर ब्याटिङ गरेको कर्णालीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय १८ रनको योगफल तयार गर्यो । कर्णालीका लागि […]
March 18, 2025
काठमाडौं(हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकीविरुद्ध वलियो योगफल तयार गरेको छ । बागमतीले गण्डकी प्रदेशविरुद्ध २ सय ८८ रनको बलियो योगफल तयार गरेको हो । सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको बागमतीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ८८ रनको योगफल तयार गर्यो । […]