8 years ago
October 28, 2016
काठमाडौं (हाम्रो खेलकुद)– अमेरिकामा भ्रमणमा रहेका नेपाली राष्ट्रिय क्रिकेट टोली कप्तान पारस खड्का, अर्का सफल खेलाडी बसन्त रेग्मी र युवा खेलाडी सिद्धान्त लोहनीको सहभागितामा न्यूयोर्कको ज्याक्सन हाइटमा गएराती रात्रीभोज भएको छ ।
इन्जुरी रिलिफ फन्डका विषयमा छलफल गर्न थाकाली किचेनमा आयोजित कार्यक्रमलाई स्थानिय रुपमा जीवन श्रेष्ठ र नरबहादुर दाहालले संयोजन गरेका थिए । रात्रीभोजका क्रममा नेपाली क्रिकेट खेलाडीलाई चोटग्रस्त हुँदाको अवस्थामा सहयोग गर्ने उद्देश्यका स्थापना भएको इन्जुरी रिलिफ फन्डमा सहयोग गर्ने विषयमा पनि छलफल भएको कप्तान पारसले हाम्रो खेलकुदलाई बताए । ‘यहाँ बस्दै आउनु भएको दाईहरुले हामी यहाँ आएको बेला बोलाएर खेलाडीप्रति माया दर्शाउँदा खुसी लागेको छ’,‘आफ्नोतर्फबाट सकेको सहयोग गर्न उहाँहरु तयार रहेको पायौं । हामी नेपालमा खेलाडीका लागि इजुरी रिलिफ फन्ड को तयारीमा छौं । खेलाडीलाई चोट लाग्दा सहयोग गर्ने उद्देश्यले अलग्गै फन्ड बनाउने हामी प्रयास गरिरहेका छौं ।’
अन्तरक्रियामा अमेरिकामा बस्दै आएका नेपाली राष्ट्रिय टोलीका पूर्व खेलाडी प्रलय राजभण्डारी पनि सहभागी थिए । प्रलयले हाम्रो खेलकुदसँग भने‘ पारस, बसन्त, सिद्धान्त आउने थाहा पाउँने वित्तिकै उनीहरुलाई भेट्नका लागि म पनि सहभागी भए । नेपाली त्यसमा पनि खेलाडी भनेपछि नभेटी बस्नै सक्किन्न । पहिलो पटक उनीहरुसँग भेट्दा खुसी लाग्यो । उनी सबै मिलनसार लाग्यो । ’ पारस, सिद्धान्त, बसन्त र अन्य ५ नेपाली खेलाडी केही दिनपछि अमेरिकाको हस्टनमा आयोजना हुने टु एक्स क्रिकेट कपमा भाग लिदैछन् । पारसका अनुसार नेपाली टोलीका उपकप्तान ज्ञानेन्द्र मल्ल, शदर भेषावकर, पृथु बास्कोटा, सुवास खकुरेल र सोमपाल केही दिनमा अमेरिका पुग्दैछन् ।
March 18, 2025
काठमाडौं(हाम्रो खेलकुद) – वुमेन्स डे टि ट्वान्टी आई सिरिज खेल्न युगाण्डा गएको नेपाली टोली बुधवार स्वदेश आइपुग्ने भएको छ। नेपाल क्रिकेट संघ(क्यान) का अनुसार नेपाली टोली बुधवार बिहान ८ः२० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने छ । ४ टोली सहभागी सिरिजमा नेपाल चौथो भएको थियो । नेपालले सिरिजमा युगाण्डा र हङकङसँगको समान १ खेल जितेको थियो […]
March 17, 2025
हिमाल खरेल,मेचीनगर पेनोरिस ११ ले इन्डो–नेपाल टि ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । आज भएको फाइनलमा थन्डर्स ११ लाई ७ विकेटले पराजित गर्दै पेनोरिस ११ च्याम्पियन बनेको हो । मेचीनगर ४ बाहुनडाँगीस्थित सरस्वती माविको खेल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको थन्डर्सले २० ओभरमा ९ विकेटको क्षतिमा ९१ रन मात्र बनाउन सक्यो । थन्डर्सका […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – यु १९ पुरुष विश्वकपको एसिया छनोटका लागि टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले सोमवार नरेन भट्टको कप्तानीमा १८ सदस्यीय टोलीको घोषणा भएको छ । यही चैत ३० बाट बैशाख ८(१२ अप्रिल देखि २१ अप्रिल) सम्म काठमाडौंमा आयोजना हुने एसिया छनोटका लागि टोली घोषणा भएको हो । क्यानका अनुसार अन्तिम […]