default_image

8 years ago

October 26, 2016

न्युजिल्यान्डले भारतलाई १९ रनले हराएपछि श्रृखंलामा २–२ को बराबरी, अन्तिम खेल निर्णायक हुने

112 views

0 Bookmark

राची, भारत (एजेन्सी) – न्युजिल्यान्डले चौथो एकदिवसिय अन्तर्राष्ट्रिय क्रिकेटमा बुधबार भारतलाई १९ रनले हराएको छ । जेसिएम अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा २ सय ६१ रनको लक्ष्य पछ्याएको भारतले ४८.४ ओभरमा सबै विकेट गुमाएर २ सय ४१ मात्र बनाउन सक्यो । यो नतिजासँगै ५ एक दिवसिय श्रृखंलामा २–२ को बराबरी भएको छ ।

254063-3
१ विकेटको क्षेतिमा ९८ रन जोडेको भारत विराट कोहलीको पतनसँग कमजोर बन्दै गएको थियो । ओपनर अजिन्के रहाने, कोहली र अक्षर पटेल बाहेक कुनै पनि खेलाडीले जिम्मेवारी ब्याटिङ नगरेपछि भारतले हार बेर्होनु पर्यो । रहानले ७० बलमा ५ चौका र १ छक्काका साथ ५७ रन जोडे । कोहलीले ५१ बल खेल्दै २ चौका र १ छक्का साथ ४५ रन बनाए । पटलले ४० बलमा ३ चौका र १ छक्कासहित ३८ रन बटुले । धवल कुलकर्णीीले अविजित १७, अमित मिश्राले १४, मनीष पाण्डेले १२ अर्का ओपनर रोहित शर्मा र कप्तान महेन्द्र सिंह धोनीले समान ११ रन थपे । न्युजिल्यान्डका टिम साउथीले ३, जेम्स निसमले र ट्रेन्ट बोल्टले समान २ तथा ,मिचेल सान्टनर, इश सोदीले समान १ विकेट लिएका थिए ।

ms
त्यसअघि टस जितेर ब्याटिङ गरेको न्युजिल्यान्डले ओपन मार्टिन गुप्टिलको अर्धशतकको मद्दतमा निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ६० रन बनाएको थियो । गुप्टिल र अर्का ओपनर टोम लाथमले पहिलो विकेटका लागि ९६ रनको साझेदारी गरेको थियो । ८४ बल खेलेका गप्टिलले १२ चौका साथ सबैभन्दा बढी ७२ रन बनाएका थिए । अर्का ओपनर लाथमले ३९ रन बनाए । कप्तान काने विलियम्सनले ५९ बलमा ४ चौकासहित ४१ बल, रोस टेलरले ३५ रन जोडे । सान्ट्नरले अविजित १७, बिजे वाटलिङले १४ र एन्टोन डेभचिचले ११ रन बटुले । भारतका लागि मिश्राले २, उमेश यादव, धवल कुलकर्णी,हार्दिक पाण्डे, पटेलले समान १ विकेट लिएका थिए । श्रृखंलाको पाँचौं, अन्तिम तथा निर्णायक खेल विशाखापट्नममा शनिबार हुनेछ ।

New Zealand's Martin Guptill, right, as Indian wicketkeeper and captain Mahendra Singh Dhoni watches during the forth one-day international cricket match between them in Ranchi, India, Wednesday, Oct. 26, 2016. (AP Photo/Rajanish Kakade)

March 17, 2025

एपिएफमाथि आर्मीको जित

काठमाडौं(हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा एपिएफ क्लबलाई हराउँदै लगातार पाँचौ जित निकालेको छ । विभागीय डर्बीमा सोमवार आर्मीले एपिएफलाई ३ विकेटले पराजित गर्यो । १ सय ४२ रनको लक्ष्य आर्मीले ४२.५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा कुशल मल्लले नट आउट रहँदै सर्वाधिक ३१ […]

March 17, 2025

ललितको ६ विकेटमा पुलिसको लगातार पाँचौ जित

काठमाडौं(हाम्रो खेलकुद) – ललितनारायण राजवंशीको ६ विकेटमा साविक विजेता नेपाल पुलिस क्लब प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा लगातार पाँचौ जित हात पारेको छ । पुलिसले सोमवार सुदूरपश्चिम प्रदेशलाई ६१ रनले पराजित गरेको हो । १ सय ६१ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २८.३ ओभरमा ९९ रनमा समेटियो । सुदूरपश्चिमका लागि शेर मल्लले ३७ बलमा […]

March 17, 2025

पिएम कप – मधेशमाथि लुम्बिनीको जित

काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध जित निकालेको छ । सोमवार दाङमा भएको खेलमा लुम्बिनीले मधेशमाथि ८३ रनको जित हात पारेको हो । लुम्बिनीले दिएको १ सय ५९ रनको मध्यम लक्ष्य पछ्याएको मधेश २६.५ ओभरमा ७५ रनमा समेटियो । मधेशका लागि दीपेश दासले सर्वाधिक २३ रन जोडे । […]

Success

Thank you for your time.