8 years ago
October 26, 2016
न्युजिल्याण्ड बिरुद्ध ४५ रनमा आउट हुँदा भारतिय ब्याट्स्म्यान विराट कोह्लिले डि भिलियर्सको रेकर्ड तोडेका छन ।
१६७औ इनिङ्स खेल्दै गर्दा उनले आज ४५ रन प्रहार गरेपछी कोह्लिले ७५०५ रन पुरा गरे । १६७ इनिङ्समा ७५०० रन जोड्दा उनले डि भिलियर्सको रेकर्ड तोडेका हुन । १७४ इनिङ्समा ७५०० रन जोड्दै भिलियर्स उक्त लक्ष्य पुग्ने सबैभन्दा छिटो खेलाडी थिए ।
तेसो खेलमा १५४ रनमा अविजित रहेका कोह्लिले जितको लक्ष्य पक्छ्याउदा प्राहार गरेको शतक चेजमा उनको १४औ शतक थियो, जुन तेन्दुलकरसङ बराबर हो ।
आज उनले शतक प्रहार गरेर भारतले जितेको भए तेन्दुल्करको रेकर्ड तोड्ने थिए तर ४५ रनमा आउट भएपछी उनले अब उक्त किर्तिमान तोड्न अर्को खेल कुर्नुपर्ने छ ।
न्युजिल्याण्ड बिरुद्ध दोस्रो ब्याटिङ गर्दै गरेको भारतले हाल २६१ रनको लक्ष्य पछ्याउदै छ ।
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा एपिएफ क्लबलाई हराउँदै लगातार पाँचौ जित निकालेको छ । विभागीय डर्बीमा सोमवार आर्मीले एपिएफलाई ३ विकेटले पराजित गर्यो । १ सय ४२ रनको लक्ष्य आर्मीले ४२.५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा कुशल मल्लले नट आउट रहँदै सर्वाधिक ३१ […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – ललितनारायण राजवंशीको ६ विकेटमा साविक विजेता नेपाल पुलिस क्लब प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा लगातार पाँचौ जित हात पारेको छ । पुलिसले सोमवार सुदूरपश्चिम प्रदेशलाई ६१ रनले पराजित गरेको हो । १ सय ६१ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २८.३ ओभरमा ९९ रनमा समेटियो । सुदूरपश्चिमका लागि शेर मल्लले ३७ बलमा […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध जित निकालेको छ । सोमवार दाङमा भएको खेलमा लुम्बिनीले मधेशमाथि ८३ रनको जित हात पारेको हो । लुम्बिनीले दिएको १ सय ५९ रनको मध्यम लक्ष्य पछ्याएको मधेश २६.५ ओभरमा ७५ रनमा समेटियो । मधेशका लागि दीपेश दासले सर्वाधिक २३ रन जोडे । […]