default_image

4 years ago

May 2, 2021

अद्भुत पोलार्ड!

102 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ मा शनिबार राती मुम्बई इन्डियन्सले चेन्नई सुपर किंग्समाथि ४ विकेटको रोमाञ्चक जित हात पार्यो । २ सय १९ रनको विशाल विजयी लक्ष्य मुम्बईले २० ओभरमा ६ विकेटको क्षतिमा पूरा गरेको थियो ।

एक समय जितबाट धेरै टाढा पुगेको मुम्बईलाई काइरन पोलार्डले विष्फोटक इनिङका साथ अन्तिम बलमा रोमाञ्चक र कीर्तिमानी जित दिलाएका थिए । पोलार्ड ३४ बलमा ६ चौका र ८ छक्का सहित ८७ रनमा अविजित रहेपछि मुम्बईले आफ्नो आइपिएल इतिहासकै सर्वाधिक रन सफलता पूर्वक पूरा (चेश) गरेको हो । यसअघि मुम्बईले २ सय माथिको योगफल पछ्याउन गर्न सकेको थिएन ।

पाँच पटकको च्याम्पियन मुम्बईलाई कीर्तिमानी जित दिलाउन पोलार्डले अद्भुत प्रदर्शन गरे । आइपिएल इतिहासकै यो दोस्रो ठूलो रन चेश हो । यसअघि गतवर्ष राजस्थान रोयल्सले पन्जाब किंग्सले प्रस्तुत गरेको २ सय २४ रनको विशाल लक्ष्य ६ विकेटको क्षतिमा पूरा गरेको थियो ।

पोलार्ड मैदानमा आउँदा मुम्बईको जित कठिन बनेको थियो । स्पिनर मोईन अलीले दशौं ओभरको चौथो बलमा ओपनर क्विन्टन डी ककलाई ३८ रनमा कट एण्ड बोल्ड आउट गरेपछि पोलार्ड मैदानमा आएका थिए । क्रुनाल पान्ड्या ३ बलमा २ रन बनाउँदै खेलेका थिए । मुम्बईलाई जितको लागि अन्तिम १० ओभरमा १ सय ३८ रन बनाउनु पर्ने थियो ।

यसअघि आइपिएल इतिहासकै सर्वाधिक अन्तिम १० ओभरमा सर्वाधिक १ सय ३३ रन बनेको थियो । जुन मुम्बईले पन्जाबकिंग्सविरुद्ध २०१९ मा अन्तिम १० ओभरमा १ सय ३३ रन बनाएको थियो । त्यस खेलमा कप्तानी भूमिका निर्वाह गरेका काइरन पोलार्डले मात्र ३१ बलमा ८३ रनको सर्वोत्कृष्ट इनिङ खेल्दै जित दिलाए ।

अन्य मैदानको तुलनामा अरुण जेटली स्टेडियम दिल्लीको बाउन्ड्री केहि सानो छ । अर्कोतर्फ पिच पनि ब्याटिङको लागि उत्कृष्ट देखिएको थियो । चेन्नईका कप्तान महेन्द्रसिंह धोनीले टसको समयमा पिच ब्याटिङका लागि सरप्राइज हुने बताएका थिए । अम्बाती रायुडू, मोईन अली र फाफ डु प्लेसिसको अर्धशतकको सहयोगमा चेन्नईले २० ओभरमा ४ विकेटको क्षतिमा २ सय १८ रन बनाएको थियो ।

उत्कृष्ट ब्याटिङ पिच, छोटो बाउन्ड्री अनि मुम्बईमा हार्दिक र पोलार्ड जस्ता विष्फोटक ब्याट्सम्यान हुँदा त्यतिधेरै कठिन पनि थिएन । शीर्षक्रममा रोहित, डी कक र सूर्य आक्रामक ब्याट्सम्यान थिए । पोलार्ड मैदानमा आएपछि मुम्बईले ११ औं ओभरमा ३ र १२ औं ओभरमा १० गरि १२ बलमा १३ रन जोडेको थियो । त्यसले आवश्यक रनरेट १५.६३ मा पुगेको थियो ।

१३ औं ओभरमा पोलार्डले आफ्नो शैलीको खेल खेले । जुन आवश्यक पनि थियो । स्पिनर रविन्द्र जडेजालाई पोलार्डले तीन छक्का प्रहार गर्दै आफ्नै शैलीमा क्रिकेट खेल्ने संकेत दिए । तीन छक्कासँगै आवश्यक रनरेट झरेर १५ मा आएको थियो । खेलपछि जडेजाको ओभरलाई पोलार्डले खेल आफ्नो पक्षमा आउने सम्भावना देखाएको ओभर भनेका थिए । १४ औं ओभरको चौथो र पाँचौं बलमा लुन्गी एनगिडीलाई लगातार छक्का प्रहार गर्दै चेन्नईमाथि दबाब बढाएका थिए ।

पोलार्डले शार्दुल ठाकुरको १५ औं ओभरलाई ठूलो रनमा बदले । उनले तीन चौका र १ छक्का सहित २३ रन बटुलेपछि चेन्नई दबाबमा परेको थियो । आवश्यक रनरेट घटेर १३.२० मा आएको थियो । १६ औं ओभरमा कु्रनालले एनगिडीलाई एक छक्का र २ चौका प्रहार गर्दै १६ रन बटुले । १७ औं ओभरको तेस्रो बलमा साम करनले योर्करमा क्रुनाल पान्ड्यालाई ३२ रनमा एलबिडब्लू आउट गर्दै चौथो विकेटका लागि ८९ रनको उत्कृष्ट साझेदारीमा ब्रेक लगाएका थिए । दाई आउट भएपछि भाई हार्दिक क्रिजमा आएका थिए ।

त्यस ओभरमा साम करनले २ रन मात्र दिएपछि मुम्बईलाई १८ बलमा ४८ रन आवश्यक परेको थियो । पोलार्डले ठाकुरलाई १८ औं ओभरमा एक छक्का र चौका सहित कुल १७ रन बटुले । पोलार्डले पाँचौं बलमा लङअनमा फाफ डु प्लेसिसले ब्यक्तिगत ६८ रनमा क्याच ड्रप गर्दा ठूलो जीवनदान पाएका थिए । जसको सदुपयोग भरपूर्ण प्रयोग पनि गरे ।

१२ बलमा ३१ रन चाहिएको अवस्थामा हार्दिक पान्ड्याले १९ औं ओभरको सुरुवाती दुई बलमा साम करनलाई लगातार छक्का प्रहार गर्दै खेललाई रोमाञ्चक बनाए । चोथो बलमा हार्दिक लङअफमा फाफ डु प्लेसिसबाट क्याच आउट हुन पुगे । अन्तिम बलमा साम करनले निसमलाई शून्यमा क्याच आउट गराएपछि ६ बलमा जितको लागि मुम्बईलाई १६ रन चाहिएको थियो ।

पोलार्ड रन बनाउनेमा पूर्ण आत्माविश्वासी देखिन्थे । पहिलो बलमा पोलार्डले सिंगल रन लिन चाहेनन् । दोस्रो र तेस्रो बलमा लगातार चौका प्रहार गर्दै मुम्बईको जित सहज बनाएका थिए । तीन बलमा ८ रन चाहिएको थियो । चौथो बल डट भएपनि पाँचौ बलमा छक्का प्रहार गर्दै पोलार्डले जित नजिक पुर्याए । अन्तिम बलमा दुई रन बटुल्दै जित पक्का गराए ।

पोलार्डमा साँच्चै अद्भुत क्षमताका खेलाडी हुन् । विश्व क्रिकेटमा यस्ता क्षमता भएको खेलाडी विरलै पाइन्छ । पोलार्डको यस्तै इनिङको लागि विश्व क्रिकेटमा चर्चित छन् । आइपिएलमा मुम्बईले पाँच उपाधि जित्दा पोलार्ड मुख्य सदस्य रहँदै आएका छन् । २०१३ को फाइनलमा चेन्नईलाई २३ रनले हरानउँदा पोलार्ड ३२ बलमा ६० रनको अविजित इनिङ खेल्दै प्लेयर अफ द म्याच चुनिएका थिए ।

२०१९ मा पन्जाबले प्रस्तुत गरेको १ सय ९८ रनको लक्ष्य पछ्याउँदा पोलार्डले कप्तानी गर्दै ३१ बलमा १० छक्का र ३ चौका सहित ८३ रन जोड्दै अन्तिम बलमा पूरा गरेका थिए । २०१९ को होस् वा २०१५ को उपाधि जित्दा सबै उपाधि जिताउन पोलार्डले सर्वोत्कृष्ट प्रदर्शन गरेका छन् । पोलार्ड ब्याटिङसँगै मध्यगतिमा त्यतिनै राम्रो बलिङ गर्दछन् ।

सन् २०१० देखि मुम्बईबाट आइपिएल खेल्दै पोलार्डले ब्याटिङ, बलिङ र फिल्डिङ सबैमा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । त्यसैले त मुम्बईबाट लगातार क्रिकेट खेल्दै आएका छन् । आगमी सिजनमा पनि उनी मुम्बईनै खेल्ने सम्भावना देखिन्छ । अर्को वेस्टइन्डिजको टोलीबाट पनि नियमित खेल्दै पोलार्डले सानदार प्रदर्शन गर्दै आएका छन् ।

पोलार्ड विश्व टि२० क्रिकेटमा सर्वाधिक सफल खेलाडी मानिन्छन् । उनी टि२० खेलमा ५ सय भन्दामाथि खेल खेल्ने एक्लो खेलाडी हुन् । सन् २००७ देखि वेस्टइन्डिजको टोलीबाट खेल्दै आएका पोलार्ड वर्तमान समयका सिमित ओभरका कप्तान हुन् । उनले अघिल्लो महिना मात्र श्रीलंका स्पिनर अकिला धनञ्जयलाई एकै ओभरमा ६ छक्का प्रहार गरेका थिए । त्यसअघि अकिलाले ह्याट्रिक गरेका थिए ।

विश्व टि२० क्रिकेटमा पोलार्डले ५ सय ४१ खेल खेलेका छन् । जसमा १० हजार ७ सय भन्दा बढी रन बनाएका पोलार्ड २ सय ९६ विकेट लिएका छन् । उनी पछि सर्वाधिक टि२० खेल वेस्टइन्डिजकै ड्वेन ब्राभोले ४ सय ७८ खेल खेलेका छन् । उनि अघि सर्वाधिक रन वेस्टइन्डिजका क्रिस गेलले बनाएका छन् । गेलले ४ सय २३ खेलमा १३ हजार ८ सय भन्दा बढी रन बनाएका छन् ।

गत वर्षको क्वारेवियन प्रिमियर लिग (सिपिएल) मा पोलार्डले उत्कृष्ट प्रदर्शन र कप्तानीका साथ ट्रिनबागो नाइट राइडर्सलाई अपराजित रहादै उपाधि जिताएका थिए । रोहितको अनुपस्थितिमा मुम्बईको कप्तानी पोलार्डले नै गर्दै आएका छन् । खेलपछि मुम्बईका कप्तान रोहित शर्माले आफू सम्मिलित टि२० योनै सर्वोत्कृष्ट खेल भएको बताएका थिए ।

हुन त वेस्टइन्डिजका खेलाडी विष्फोटक ब्याटिङका लागि विश्व क्रिकेटमा चर्चित छन् । पोलार्र्ड होस् वा क्रिस गेल देखि आन्द्रे रसेल सम्मका खेलाडी । सबै आक्रामक ब्याटिङका लागि परिचित छन् । पोलार्डको शारिरीक बनावट पनि गज्जबको छ । पोलार्ड राम्रो बललाई पनि आफ्नो पावरले छक्का र चौकामा बदल्न सक्ने क्षमता भएको खेलाडी हुन् । पोलार्डको विशेषता नै विष्फोटक ब्याटिङ हो ।

सबैले आशा मारेको खेललाई जित दिलाउने क्षमता उनमा छ । त्यसैले जबसम्म पोलार्ड क्रिजमा रहन्छन् तबसम्म हरेक टोलीलाई दबाब र डर हुने गर्दछ । पोलार्डले आफ्नो कप्तानीमा आगमी टि२० विश्वकपको लागि वेस्टइन्डिजको टोली निर्माण गरेका छन् । आइपिएलपछि उनको ध्यान विश्वकप केन्द्रित हुने छ । उत्कृष्ट लयमा रहेका पोलार्डलाई यो प्रदर्शनले आगमी विश्वकप र वेस्टइन्डिजको टोलीमा धेरै फाइदा पुग्नेछ ।

January 10, 2025

सन्दीप पनि पिएसएल ड्राफ्टमा

काठमाडौं(हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीका नियमित सदस्य सन्दीप लामिछाने पनि पाकिस्तान सुपर लिग (पिएसएल) २०२५ को ड्राफ्टमा परेका छन् । पाकिस्तान सुपर लिगले शुक्रवार जारी गरेको डायमण्ड क्याटगोरीमा सन्दीपलाई पनि समावेश गरेको हो । सन्दीपले २०१८/१९ को सिजन लाहोर कलन्दर्सबाट पिएसएल खेलिसकेका छन् । यसअघि गत बुधवार जारी सिल्भर क्याटगोरीको सुचीमा नेपालका ६ खेलाडी […]

January 10, 2025

विश्व कप खेल्ने नेपाली टोलीको बिदाइ

काठमाडौं(हाम्रो खेलकुद) – मलेसियामा अर्को साताबाट सुरु हुने आइसिसी यु १९ महिला विश्व कपका लागि नेपाली युवा टोलीको बिदाइ भएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले शुक्रवार पूजा महतोको कप्तानीमा रहेको टोलीको बिदाइ गरेको हो । युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी तथा क्यानका पदाधिकारीले टोलीको बिदाइ गरे । क्यानले शनिवार पूजाको कप्तानीमा १५ सदस्यीय […]

January 10, 2025

कुशल र दीपेन्द्र युएई प्रस्थान

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउण्डरद्वय कुशल मल्ल र दीपेन्द्रसिंह ऐरी युएईमा आयोजना हुने अन्तर्राष्ट्रिय टि ट्वान्टी लिग(आईएल टि ट्वान्टी) मा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेका छन् । कुशल र दीपेन्द्र शुक्रवार बिहान १० बजे त्यसतर्फ प्रस्थान गरेका हुन् । आईएल टि ट्वान्टीमा कुशल डेजर्ट भाईपर्समा अनुबन्ध हुँदा दीपेन्द्रलाई भने गल्फ जायन्ट्सले अनुबन्ध […]

Success

Thank you for your time.