default_image

4 years ago

April 28, 2021

वार्नर र मनिषको संयमित ब्याटिङ

99 views

0 Bookmark

एजेन्सी – कप्तान डेविड वार्नर र मध्यक्रमका ब्याट्सम्यान मनिष पाण्डेको संयमित ब्याटिङमा सनराइजर्स हैदराबादले चेन्नई सुपर किंग्सलाई इन्डियन प्रिमियर लिग (आइपिएल) मा १ सय ७२ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ ।

दिल्लीमा टस जितेर पहिला ब्याटिङ थालेको हैदराबादले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ७१ रन बनायो । हैदराबादका मनिष पाण्डे ४६ बलमा ५ चौका र १ छक्का सहित सहित सर्वाधिक ६१ रनको योगदान दिए ।

कप्तान डेविड वार्नरले ५५ बलमा ३ चौका र २ छक्का सहित ५७ रनको योगदान दिए । वार्नर आइपिएलमा ५० अर्धशतक पूरा गर्ने पहिलो खेलाडी बनेका छन् । त्यस्तै करिअरको टि२० मा १० हजार रन पनि पूरा गरेका छन् ।

आक्रामक अन्त्य गर्दै केन विलियम्सन १० बलमा ४ चौका र १ छक्का सहित २६ रनमा अविजित रहे । केदार जाधव १२ रनमा अविजित रहे । चौथो ओभरको दोस्रो बलमा ओपनर जोनी बेयरस्टोलाई हैदराबादले ब्यक्तिगत ७ रनमा गुमाएको थियो ।

साम करनले दीपक चाहरबाट क्याच गराउँदै पहिलो सफलता दिलाएका थिए । तर दोस्रो विकेटका लागि वार्नर र मनिषले ८७ बलमा १ सय ६ रनको साझेदारी गर्दै मध्यम योगफलमा पुर्याएका थिए ।

वार्नरलाई १८ औं ओभरको पहिलो बलमा लुन्गि एनगिडीले रविन्द्र जडेजाबाट क्याच गराउँदै उक्त साझेदारी तोडेका थिए । यसै ओभरको पाँचौ बलमा मनिष फाफ डु प्लेसिसबाट क्याच आउट हुन पुगे ।


चेन्नईका तीव्र गतिका बलर लुन्गी एनगिडीले ४ ओभरमा ३५ रन खर्चेर २ विकेट लिए । साम करनको नाममा १ विकेट रह्यो ।

January 10, 2025

सन्दीप पनि पिएसएल ड्राफ्टमा

काठमाडौं(हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीका नियमित सदस्य सन्दीप लामिछाने पनि पाकिस्तान सुपर लिग (पिएसएल) २०२५ को ड्राफ्टमा परेका छन् । पाकिस्तान सुपर लिगले शुक्रवार जारी गरेको डायमण्ड क्याटगोरीमा सन्दीपलाई पनि समावेश गरेको हो । सन्दीपले २०१८/१९ को सिजन लाहोर कलन्दर्सबाट पिएसएल खेलिसकेका छन् । यसअघि गत बुधवार जारी सिल्भर क्याटगोरीको सुचीमा नेपालका ६ खेलाडी […]

January 10, 2025

विश्व कप खेल्ने नेपाली टोलीको बिदाइ

काठमाडौं(हाम्रो खेलकुद) – मलेसियामा अर्को साताबाट सुरु हुने आइसिसी यु १९ महिला विश्व कपका लागि नेपाली युवा टोलीको बिदाइ भएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले शुक्रवार पूजा महतोको कप्तानीमा रहेको टोलीको बिदाइ गरेको हो । युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी तथा क्यानका पदाधिकारीले टोलीको बिदाइ गरे । क्यानले शनिवार पूजाको कप्तानीमा १५ सदस्यीय […]

January 10, 2025

कुशल र दीपेन्द्र युएई प्रस्थान

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउण्डरद्वय कुशल मल्ल र दीपेन्द्रसिंह ऐरी युएईमा आयोजना हुने अन्तर्राष्ट्रिय टि ट्वान्टी लिग(आईएल टि ट्वान्टी) मा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेका छन् । कुशल र दीपेन्द्र शुक्रवार बिहान १० बजे त्यसतर्फ प्रस्थान गरेका हुन् । आईएल टि ट्वान्टीमा कुशल डेजर्ट भाईपर्समा अनुबन्ध हुँदा दीपेन्द्रलाई भने गल्फ जायन्ट्सले अनुबन्ध […]

Success

Thank you for your time.