default_image

4 years ago

April 18, 2021

नेपाली समर्थकसामु ध्यान गुमाएका शतकधारी

225 views

0 Bookmark

सुबास हुमागाईं, काठमाडौं

ओपनर म्याक्स ओडाउडले आइतबार कीर्तिपुरस्थित टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेदरल्यान्ड्सको क्रिकेट इतिहासमा आफ्नो नाम दर्ता गरे । मलेसियाविरुद्ध आक्रामक ब्याटिङको उम्दा नमुना प्रस्तुत गर्दै उनले डच क्रिकेटका लागि अन्तर्राष्ट्रिय टि२० मा पहिलो शतक बनाए ।

मलेसियाविरुद्ध सुरुवातमा केहि संयमित देखिएका म्याक्सले अन्त्यतिर भने आक्रामक ब्याटिङ गर्दै विश्व क्रिकेटकै उत्कृष्ट मध्यको एक इनिङ खेले । उनले ७३ बलमा १ सय ३३ रन जोड्ने क्रममा १५ चौका र ६ छक्का प्रहार गरे । ३८ बलमा अर्धशतक पूरा गरेका उनले त्यसपछि शतकसम्म पुग्न मात्र २१ बल खर्चिए । उनले अर्धशतकबाट शतकसम्म पुग्दा समान ४ चौका र ४ छक्का प्रहार गरेका थिए ।

नेदरल्यान्ड्सको टि२० अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमै शतक प्रहार गर्ने पहिलो खेलाडी बन्न पाउँदा निकै खुसी लागेको प्रतिक्रिया दिए । ‘निकै खुसी लागेको छ । यो मेरो लागि विशेष क्षण हो । नेदरल्यान्ड्सले क्रिकेट खेलेको लामो समय भइसकेको छ र म शतक प्रहार गर्ने पहिलो खेलाडी हुन पाउँदा हर्षित छु,’ उनले भने ।

ओडाउडले प्रहार गरेको १ सय ३३ रन टि२० आई क्रिकेटको सर्वाधिक स्कोर सुचिमा पाँचौ स्थानमा छ । उनीभन्दा अघि आरोन फिन्च (१७२, १५६), हज्रतुल्लाह जजाई (१६२ *) ग्लेन म्याक्सवेल (१४५ *) मात्र रहेका छन् । ओडाउडले विश्व क्रिकेटका हस्तीहरु सँग आफ्नो नाम जोडीदा गौरवान्वित महसुस भएको बताए ।

मलेसिया र नेदरल्यान्ड्सबिचको खेल हेर्न आइतबार निकै कम दर्शक मैदान पुगेका थिए । ओडाउडले नेपालविरुद्ध खेलमा झैं दर्शकहरुको उपस्थिति भएको भए अझै राम्रो हुने बताए । उनले नेपालविरुद्ध खेलमा आफूले दर्शकहरुको उपस्थितिले गर्दा नै राम्रो प्रदर्शन गर्न नसकेको जिकिर गरे ।

‘पक्कैपनि समर्थकहरुको उपस्थितिमा शतक प्रहार गर्न पाएको भए बेग्लै मजा आउँथ्यो । नेपालविरुद्ध खेलमा जुन किसिमको वातावरण थियो, मैले आफ्नो करिअरमा कहिल्यै त्यस्तो अनुभव गरेको थिइनँ । खेललाई लिएर समर्थकहरुको लगाव प्रशंसनीय थियो । हो, धेरै दर्शक हुँदा मजा आउँथ्यो तर जति उपस्थिति हुनुहुन्थ्यो वहाँहरुले पनि राम्रो साथ दिनुभयो ।’

‘आज दर्शक धेरै नभएर खासै फरक परेन, तर पहिलो खेलमा भने त्यति धेरै समर्थक र हल्ला सुनेको थिइनँ । त्यसले गर्दा केहि ध्यान गुमाएको हुनसक्छ । आज केहि कम समर्थक हुँदा खेलमा ध्यान दिन सकें । आशा गरौं अब अर्को खेलमा नेपालको सामना गर्दा पुन: आजजस्तै प्रदर्शन गर्नेछु ।’ ओडाउड शनिबार नेपालविरुद्ध ११ बलमा १० रन जोड्दै सन्दीप लामिछानेको एलबीडब्लु धरापमा परेका थिए ।

पहिलो खेलमा पराजय भोगेको नेदरल्यान्ड्सले मलेसियालाई पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गर्यो । ओडाउडले अब बाँकी खेलमा राम्रो प्रदर्शन गर्दै आफ्नो लक्ष्यतर्फ अघि बढ्न सकारात्मक रहेको अभिव्यक्ति दिए । उनले लामो समयपछि मैदानमा फर्केको कारण पनि शनिबार नेपालविरुद्ध खेल्न केहि कठिन भएको बताए ।

‘अब टोलीमा केहि तालमेल मिलेको छ । नेपालविरुद्ध झन्डै ५ सय ४० दिनपछि क्रिजमा उत्रँदा केहि कठिनाई भएको थियो । बलिङमा कहाँ सुधार गर्ने ठाउँ छ भन्ने थाहा पाएका छौं । ब्याटिङमा भने प्रदर्शन ठिकै छ,’ उनले भने, ‘मेरो व्यक्तिगत योजना भनेको स्वतन्त्र रुपमा खेल्नु हो । आफ्नो लक्ष्य के छ त्यसलाई हासिल गर्न सधैं अघि राख्छु ।’

नेपालले अब मंगलबार प्रतियोगिताको तेस्रो खेलमा नेदरल्यान्ड्सको सामना गर्नेछ । त्यसअघि सोमबार नेपाल र मलेसियाबीच खेल हुनेछ । हालसम्म नेपाल र नेदरल्यान्ड्सको समान २-२ अंक भएपनि नेपाल नेट रनरेटको आधारमा शीर्षस्थानमा छ ।

February 24, 2025

विराटले तोडे सचिनको कीर्तिमान

एजेन्सी – भारतीय क्रिकेट टोलीका पूर्व कप्तान विराट कोहलीले महान् क्रिकेटर सचिन तेन्दुल्करको कीर्तिमान तोडेका छन् । कोहलीले आइतवार पाकिस्तानविरुद्धको च्याम्पियन्स ट्रफी खेल दौरान सबैभन्दा कम इनिङमा १४ हजार ओडिआई रन बनाउने सचिनको कीर्तिमान तोडेका हुन् । कोहलीले २ सय ८७ इनिङमा १४ हजार रन पूरा गर्ने कीर्तिमान बनाएका हुन् । यसअघि सचिनले ३ सय […]

February 23, 2025

कोहलीको शतकमा भारतको लगातार दोस्रो जित

एजेन्सी – विराट कोहलीको शतक सहयोगमा भारतले डिफेन्डिङ च्याम्पियन पाकिस्तानमाथि च्याम्पियन्स ट्रफीको दोस्रो खेलमा जित हासिल गरेको छ । च्याम्पियन्स ट्रफीमा लगातार दोस्रो जित हासिल गर्ने क्रममा भारतले आइतवार भएको खेलमा पाकिस्तानलाई ६ विकेटले पराजित गरेको हो । पाकिस्तानले दिएको २ सय ४२ रनको मध्यम लक्ष्य भारतले ४२.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]

February 23, 2025

भारतविरुद्ध पाकिस्तानको मध्यम योगफल

एजेन्सी – च्याम्पियन्स ट्रफीको डिफेन्डिङ च्याम्पियन पाकिस्तानले भारतविरुद्ध सामान्य योगफल तयार गरेको छ । युएईमा जारी खेलमा पाकिस्तानले भारतविरुद्ध २ सय ४१ रनको मध्यम योगफल तयार गरेको हो । भारतले पाकिस्तान जान अस्विकार गरेपछि उसको सबै खेल युएईमा भईरहेको छ । युएईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तान ४९.४ ओभरमा २ […]

Success

Thank you for your time.