4 years ago
April 13, 2021
काठमाडौं (हाम्रो खेलकुद) – ओपनर सुनिल धमला र विकेटकिपर अनिल कुमार शाहको शतकमा भारतको सिक्किममा जारी कन्चनजंगा शिल्ड ए डिभिजन क्रिकेट सुपर लिगमा नेपाल पुलिस क्लबले लगातार चौथो जित निकालेको छ ।
मंगलबार पुलिसले आफ्नो समूह चरणको अन्तिम खेलमा ब्ल्याक इगल सिक्किम सशस्त्र पुलिस (एसएपि) लाई २ सय ३३ रनको फराकिलो अन्तरले हराउँदै समूह ए मा अपराजित भएको छ ।
जितको लागि ३ सय ५० रनको विशाल विजयी लक्ष्य पछ्याएको एसएपि २८. २ ओभरमा १ सय १६ रनमा अल आउट भयो । उसका अमितले ४६ बलमा ४ चौका र १ छक्का सहित सर्वाधिक ४० रनको योगदान दिए । क्षितिज तामाङ ५, अर्जुन क्षेत्री ९, कप्तान प्रज्वल तामाङ ६, रोहन फण्ड २१, र मन्दीप १३ रनमा आउट भए । पुलिसका योगेन्द्रसिंह कार्कीले ४ ओभरमा १ मेडन सहित ९ रन खर्चेर ३ विकेट लिए । राशिद खान, मञ्जित श्रेष्ठ र सिद्धान्त लोहनी २(२ विकेट लिए ।
त्यसअघि सिक्किम क्रिकेट ग्राउन्ड रङ्पोमा पहिला ब्याटिङ थालेको पुलिसले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय ४९ रन बनायो । ओपनर सुनिल धमला १ सय ३० बलमा १० चौका र ३ छक्का सहित १ सय ११ रनको शतकिय इनिङ खेले । धमलालाई ४२ औं ओभरको पाँचौं बलमा मन्दिपले रोहन फन्डबाट क्याच आउट गराए । अनिल कुमार शाहले ८० बलमा ९ चौका र २ छक्का सहित १ सय २ रनमा क्याच आउट भए । अनिललाई प्रशान्तले रवि राजनबाट क्याच आउट गराए ।
कप्तान मन्जित श्रेष्ठ २२ बलमा ४ चौका र १ छक्का सहित ३५ रनमा अविजित रहे । राशिद खानले अन्त्यतिर १० बलमा १ चौका र ४ छक्का सहित २९ रनमा अविजित रहे । अमित श्रेष्ठ १, सिद्धान्त लोहनी ११, दिलिप नाथ १७, शंकर राना १९ रनमा आउट भए ।
प्रशान्तले ९ ओभरमा २ मेडन सहित ५८ रन खर्चेर २ विकेट लिए । मन्दीपले १० ओभरमा ७५ रन खर्चेर ३ विकेट लिए । रोहन फन्डको नाममा १ विकेट रह्यो ।
सोमबार पुलिसका योगेन्द्रसिंह कार्कीले १ सय १७ बलमा १८ चौका र ७ छक्का सहित १ सय ७१ रनको उत्कृष्ट अविजित शतकीय इनिङ खेलेका थिए । पुलिसले पहिलो खेलमा कन्च क्रिकेट क्लब (डब्लूसिसिसी) लाई १० विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा रोयल नर्थ ब्रोदर्शलाई ९ विकेटले पराजित गरेको थियो ।
April 30, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई १४ रनले हराउँदै चौथो जित हात पारेको छ। जितको लागि २ सय ५ रनको लक्ष्य पछाएको दिल्ली २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ९० रनमा समेटियो।फाफ डु प्लेसिसले सर्वाधिक ६२ रन बनाए। उनले ४५ बलमा ७ चौका र २ छकमका प्रहार गरे। […]
April 29, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई जितको लागि २ सय ५ रनको लक्ष्य दिएको छ। अरुण जैटली स्टेडियममा दिल्लीले टस जितेर फिल्डिङ रोज्यो। कोलकाताले २० ओभरमा ९ विकेट गुमाउँदै २ सय ४ रन बनायो। कोलकाताले सन्तोषजनक सुरुवात गर्यो। पहिलो पावर प्लेमा १ विकेट गुमाउँदै ७९ रन जोड्यो। ओपनर रहमानुल्लाह […]
April 29, 2025
काठमाडौं ( हाम्रो खेलकुद)- दि कोर क्याम्प सिनियर टिम अभ्यास म्याचमा नेपाल रातोले नेपाल पहेंलोलाई ८ विकेटले हराएको छ। जितको लागि १ सय ५९ रनको सहज लक्ष्य नेपाल रातोले २९ .४ ओभरमा २ विकेटको नोक्सानीमा पूरा गर्यो। ओपनर त्रितराज दास र अर्जुन साउदले राम्रो सुरय दिलाए। उनीहरुले पहिलो विकेटको लागि ८५ रनको साझेदारी गर्दै जितलाई […]