default_image

4 years ago

April 12, 2021

राजस्थानमाथि पन्जाबको रनको वर्षा!

92 views

0 Bookmark

एजेन्सी – कप्तान लोकेश राहुल र दीपक हुडाको विष्फोटक ब्याटिङको सहयोगमा पन्जाब किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को चौथो खेलमा राजस्थान रोयल्सलाई २ सय २२ रनको विशाल लक्ष्य दिएको छ ।

वानखडे स्टेडियम मुम्बईमा टस हारेर ब्याटिङ थालेको पन्जाबले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २ सय २१ रन बनायो । पन्जाबका कप्तान लोकेश राहुलले ५० बलमा ७ चौका र ५ छक्का सहित ९१ रनको उत्कृष्ट इनिङ खेले । दीपक हुडाले २८ बलमा ४ चौका र ६ छक्का सहित ६४ रनको विष्फोटक इनिङ खेले ।

तेस्रो ओभरको चौथो बलमा तीव्र गतिका बलर चेतन सकारिया मयंक अग्रवाललाई १४ रनमा विकेटकिपर सञ्जु स्यामसनबाट क्याच गराउँदै पहिलो सफलता दिलाएका थिए । दोस्रो विकेटका लागि राहुल र क्रिस गेलले ४५ बलमा ६७ रनको साझेदारी गरेका थिए । दशौं ओभरको पाँचौं बलमा रियान परागले बेन स्टोक्सबाट गेललाई ४० रनमा क्याच आउट गराएका थिए । गेलले २८ बलमा ४ चौका र २ छक्का प्रहार गरे । त्यसपछि राहुल र दीपकले रनको वर्षा गराएका थिए ।

तेस्रो विकेटका लागि दीपक र राहुलले ४५ बलमा १ सय ५ रनको विष्फोटक शतकीय साझेदारी गरेपछि पन्जाबले विशाल योगफल बनाउन सफल भएको हो । १८ औं ओभरको अन्तिम बलमा चेतनले फाइनल लेगमा उत्कृष्ट क्याच गरेपछि निकोलस पुरन शून्यमा आउट भएका थिए ।


क्रिस मोरिसले ४ ओभरमा ४१ रन खर्चेर २ विकेट लिए । डेब्यू खेल खेलेका तीव्र गतिका देबे हाते बलर चेतन सकारियाले ४ ओभरमा ३१ रन खर्चेर ३ विकेट लिए । रियान परागले १ विकेट लिए ।

April 30, 2025

कोलकाताको चौथो जित

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई १४ रनले हराउँदै चौथो जित हात पारेको छ। जितको लागि २ सय ५ रनको लक्ष्य पछाएको दिल्ली २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ९० रनमा समेटियो।फाफ डु प्लेसिसले सर्वाधिक ६२ रन बनाए। उनले ४५ बलमा ७ चौका र २ छकमका प्रहार गरे। […]

April 29, 2025

दिल्लीलाई प्रतिस्पर्धात्मक चुनौती

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई जितको लागि २ सय ५ रनको लक्ष्य दिएको छ। अरुण जैटली स्टेडियममा दिल्लीले टस जितेर फिल्डिङ रोज्यो। कोलकाताले २० ओभरमा ९ विकेट गुमाउँदै २ सय ४ रन बनायो। कोलकाताले सन्तोषजनक सुरुवात गर्यो। पहिलो पावर प्लेमा १ विकेट गुमाउँदै ७९ रन जोड्यो। ओपनर रहमानुल्लाह […]

April 29, 2025

नेपाल रातोको सहज जित

काठमाडौं ( हाम्रो खेलकुद)- दि कोर क्याम्प सिनियर टिम अभ्यास म्याचमा नेपाल रातोले नेपाल पहेंलोलाई ८ विकेटले हराएको छ। जितको लागि १ सय ५९ रनको सहज लक्ष्य नेपाल रातोले २९ .४ ओभरमा २ विकेटको नोक्सानीमा पूरा गर्यो। ओपनर त्रितराज दास र अर्जुन साउदले राम्रो सुरय दिलाए। उनीहरुले पहिलो विकेटको लागि ८५ रनको साझेदारी गर्दै जितलाई […]

Success

Thank you for your time.