4 years ago
April 12, 2021
काठमाडौं (हाम्रो खेलकुल) – ग्रेट हिमालय क्रिकेट एकेडेमी ए (जिएचसिए) र काठमाडांै क्रिकेट ट्रेनिङ सेन्टर (केसिटिसी) चौथो संस्करणको नेक्सस यू१६ टि२० कपको फाइनलमा पुगेका छन् ।
जिचसिएले पहिलो सेमिफाइनलमा बालुवाटार क्रिकेट एकेडेमीलाई ६ विकेट पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । केसिटिसीले रक ११ क्रिकेट एकेडेमी स्याङजा लाई ९ विकेट पराजित गर्दै फाइनलमा स्थान पक्का गर्यो । पहिलो खेलमा टस जितेर ब्यटिङ रोजेको बालुवाटारले २० ओेभरमा ८ बिकेटको गुमाउँदै ९० रन बनाएको थियो । उसका लागि ब्याट्सम्यान राघभ कुनवारले २० बलमा १ छक्का र १ चौका सहित सर्वाधिक २१ रन बनाए । नविन तामाङले २० रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
जिएचसिएका अभिनय राजवंशीले ४ ओभरमा २० रन खर्चेर ४ लिए । पुजन थापाले २ विकेट र सुरज रावलले १ विकेट लिए । जितको लागि ९१ रनको विजयी लक्ष्य पछ्याएको जिएचसिएले १८ ओभरमा ४ विकेट गुमाउँदै फाइनलमा स्थान पक्का गर्यो । निश्चल अमात्यले २९, आदित सुवेदी ले १९ र निश्चय थापाले १५ रन बनाए । नविन तामाङ, निकेश गुप्ता र राजन जि सी ले समान १÷१ विकेट लिए । खेलको म्यान अफ द म्याच ग्रेट हिमालय क्रिकेट एकेडेमी ए का अभिनय राजवंशी घोषित भएका थिए ।
दोस्रो सेमिफाइनलमा टस जितेर ब्यटिङ रोजेको रक एघार स्याङजा १४ ओभर ६३ रनमा अल आउट भएको थियो । प्रदिप पाण्डेले १२ बलमा ३ चौका सहित १६ र आयुश बस्यालले १२ रन बनाए । सुगम श्रेष्ठ ले ४ विकेट लिए । बिशिष्ट पन्थि, सुजीत शा, दिपक डुम्ब्रे र रोनिम तिवारी १(१ विकेट लिए ।
६४ रनको विजयी लक्ष्य पछ्याएको केसिटिसीले ९.३ ओभर १ विकेट गुमाएर पूरा गर्यो । दिपक डुम्ब्रे ले ३३ बलमा ३ छक्का र ४ चौका सहित ४३ रन बनाए । समिर वलीले १२ रन जोडे । किरण भट्टराइ ले १ मात्र विकेट लिएका थिए । फाइनल मंगलबार हुने छ ।
April 30, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई १४ रनले हराउँदै चौथो जित हात पारेको छ। जितको लागि २ सय ५ रनको लक्ष्य पछाएको दिल्ली २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ९० रनमा समेटियो।फाफ डु प्लेसिसले सर्वाधिक ६२ रन बनाए। उनले ४५ बलमा ७ चौका र २ छकमका प्रहार गरे। […]
April 29, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई जितको लागि २ सय ५ रनको लक्ष्य दिएको छ। अरुण जैटली स्टेडियममा दिल्लीले टस जितेर फिल्डिङ रोज्यो। कोलकाताले २० ओभरमा ९ विकेट गुमाउँदै २ सय ४ रन बनायो। कोलकाताले सन्तोषजनक सुरुवात गर्यो। पहिलो पावर प्लेमा १ विकेट गुमाउँदै ७९ रन जोड्यो। ओपनर रहमानुल्लाह […]
April 29, 2025
काठमाडौं ( हाम्रो खेलकुद)- दि कोर क्याम्प सिनियर टिम अभ्यास म्याचमा नेपाल रातोले नेपाल पहेंलोलाई ८ विकेटले हराएको छ। जितको लागि १ सय ५९ रनको सहज लक्ष्य नेपाल रातोले २९ .४ ओभरमा २ विकेटको नोक्सानीमा पूरा गर्यो। ओपनर त्रितराज दास र अर्जुन साउदले राम्रो सुरय दिलाए। उनीहरुले पहिलो विकेटको लागि ८५ रनको साझेदारी गर्दै जितलाई […]