default_image

3 years ago

April 10, 2021

आमा बनेपछि मैदान फर्कन आतुर अञ्जली

111 views

0 Bookmark

भुपेन्द्र जि.सी, काठमाडौं

कोहीपनि महिला खेलाडीलाई विवाह र त्यसपछि आमा बन्ने निर्णय लिनु कठिन कार्य हो अझ खेल करिअरको उच्च विन्दुमा पुगेर यो निर्णय लिन निकै साहस चाहिन्छ  कतिपय अवसथामा परिवारबाट उचित साथ र सहयोग नपाए खेल नै छोड्नुपर्ने हुन्छ ।

नेपालको परिपेक्षमा विवाह भन्दा अझ कठिन क्षण आमा बन्दा हो । सन्तान लाभपछि केहि समय नचाहँदा नचाहँदै शारीरिक कारणले खेल मैदानबाट टाढा हुनुपर्छ । त्यसैले अधिकांश महिला खेलाडीले विवाह ढिलो गर्ने निर्णय लिन्छन् । सन्तान लाभपछि खेलाडीको भौतिक शरिर टाढा रहेपनि मन भने खेलप्रति निरन्तर रहन्छ नै ।

राष्ट्रिय महिला क्रिकेट खेलाडीले पछिल्लो तीन महिनाको अन्तरमा दुई ठूला घरेलु क्रिकेट प्रतियोगिता खेल्यो । गत पुषमा दाङको लमहीमा प्रधानमन्त्री कप राष्ट्रिय महिला टि२० क्रिकेट प्रतियोगिता र काठमाडौंमा जारी ललितपुर मेयर वुमन्स च्याम्पियनसिप प्रतियोगिता । प्रधानमन्त्री कप प्रदेश १ ले जित्दा ललितपुर कपको फाइनलमा शनिवार सुदूरपश्चिम प्रदेश र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुने छ ।

नेपाली महिला क्रिकेटकी विश्व कीर्तिमानी स्पिनर अञ्जली चन्द यी दुई प्रतियोगितामा छुटेकी सर्वाधिक ठूलो नाम थिइन् । सन्तान लाभपछि विश्राममा रहेकी उनले यो समय परिवारसँगै रहने निर्णय लिइन् । झन्डै ९ महिना आफ्नो छोरीसँग बिताएपछि अब बिस्तारै उनी खेलमा फर्कने योजनामा छिन् ।

गत वर्ष १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा माल्दिभ्सविरुद्ध अञ्जलीले ह्याट्रिक सहित २.१ ओभरमा २ मेडन सहित कुनै रन नदिई ६ विकेट लिएकी थिइन् । जुन महिला मात्र होईन पुरुष टि२० क्रिकेट इतिहासकै सर्वोत्कृष्ट प्रदर्शन थियो । उनले उक्त एकै खेलमा तीन कीर्तिमान बनाइन् ।

एकै खेलमा तीन विश्व कीर्तिमान बनाउने उनी नेपालबाट पहिलो खेलाडी हुन् । उनले उक्त खेलमा एक इनिङमा उत्कृष्ट प्रदर्शन र इकोमनीमा बलिङ गरेकी थिइन् । त्यस्तै टि२० आई डेब्यू खेलमा सर्वोत्कृष्ट प्रदर्शनको कीर्तिमान पनि कायम गर्दै दुर्लभ इतिहास रच्न सफल भएकी थिइन् । तर त्यसपछि भने उनी क्रिकेट देखि टाढा छिन् ।

हाल ९ महिनाकी छोरी काखमा राखेर हुर्काई रहेकी अञ्जली क्रिकेट मैदान फर्किदै निकै आतुर र उत्साहित छिन् । गत असारमा अञ्जलीले छोरीलाई जन्म दिएकी थिइन् । कोरोनाको समयमा बैतडी रहेकी अञ्जली हाल काठमाडौंमा छिन् ।

प्रधानमन्त्री कप सुरु हुँदा उनकी छोरी ६ महिनामात्र पुगेकी थिइन् । त्यसैले छोरीलाई छाडेर मैदान फर्किन उनको मनले मानेन । ६ महिना छोरी र कोरोना महामारीको कारण उनले प्रधानमन्त्री कप नखेल्ने निर्णय लिन पुगिन् ।

घरेलु क्रिकेट प्रतियोगिता एपिएफबाट खेल्ने अञ्जली अव सुदूरपश्चिमबाट खेल्नेछिन् । शनिवार अञ्जली खेलाडी नभएर समर्थकको रुपमा टियु मैदानमा हेर्ने उनी बताउँछिन् । ‘यो समयमा क्रिकेट मिस धेरै गरेको छुँ । धेरै खेल्ने मन लागि रहेको छ । पहिला प्रधानमन्त्री कप भन्दा पनि अहिलेको ललितपुर कप बढी खेल्न मन लागेको छ’, उनले उत्साहित हुँदै भनिन् ।

‘सागपछि महिला प्रतियोगितानै भएन । सुदूरपश्चिमबाट खेल्ने तयारी गरेको थिए । असारमा बच्चा भयो,’ उनले सुनाइन् । अञ्जलीले अन्तिम राष्ट्रिय प्रतियोगिता–२०७६ जेठमा महेन्द्रनगरमा भएको प्रधानमन्त्री कप एपिएफबाट खेलेकी थिइन् । यस पटक पनि अञ्जलीलाई एपिएफ र सुदूरपश्चिम दुवैले टोलीबाट खेल्ने निम्तो दिएका थिए ।

तर आफूले अभ्यास नगरेको कारण नखेल्ने निर्णय लिइन् । ‘सुदूर र एपिएफ दुवैले खेल्न प्रस्ताव गरेका थिए । अभ्यासनै थिएन । अभ्यास विनानै के जानु भनेर गइँन । म अभ्यास विनै अरु खेलाडीलाई दुःख होला भनेर खेलिन’, अञ्जलीले भनिन् ।

‘म अब सुदूरपश्चिमबाटै खेल्छु । मैदान फर्किन धेरै आतुर छु । छ्टिटै अर्को प्रतियोगिता भए हुन्थ्यो जस्तो लागि रहेको छ । खेलको क्रममा साथीसँग खेल्न, रमाइलो गर्न धेरै मिस गरि रहेको छु’, उनले भनिन् ।

घरबाट पनि खेल्न भनेका थिएँ । तर कोरोको कारण उनले जोखिम लिन चाहिँनन् । अव भने उनी मैदान फर्किन धेरै आतुर छिन् । चाँडै प्रतियोगिता होस् र मैदान फर्किन पाउँ भन्ने उनी चाँहन्छिन् । अञ्जलीले सुदूरपश्चिमका खेलाडीलाई फाइनलमा पुगेको खण्डमा खेल हेर्न आउने वाचा गरेको बताउँछिन् । त्यसैले शनिबार टियु फाइनल हेर्न जाने प्रयास गर्ने बताइन् ।

अञ्जली स्पिन बलिङ मात्र नभएर राम्रो ब्याटिङ गर्ने क्षमता भएकी ब्याटर पनि हुन् । उनको नाममा घरेलु क्रिकेटमा एक शतक छ । केहि वर्ष अघि नेपाली घरेलु क्रिकेटमा सुदूरपश्चिमबाट पोखराविरुद्ध शतक हानेकी थिइन् । विश्व कीतिमानी अञ्जलीको प्रदर्शन घरेलु क्रिकेटमा हेर्न समर्थक पनि आतुर छन् ।

ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गर्ने अञ्जलीको पूनरागमनले सुदूरपश्चिम घरेलु क्रिकेट टोली थप मजबुत बन्ने अपेक्षा गरिएको छ । त्यतिँमात्र होईन विश्वकप छनोट खेल्ने तयारीमा रहेको नेपाललाई उनको पूनरागमन पनि निकै महत्वपूर्ण र आवश्यक देखिन्छ । त्यसको लागि अञ्जलीले आफ्नो फिटनेश र अभ्यासमा भने ध्यानदिन आवश्यक देखिन्छ ।

यो पनि पढ्नुहोस् : अञ्जलीको त्यो विश्व कीर्तिमान

September 19, 2024

अश्विनको शतकमा भारत बलियो स्थितिमा

एजेन्सी – अलराउन्डर रविचन्द्रन आश्विनको शतक सहयोगमा भारतले बंगलादेशविरुद्धको पहिलो टेस्टमा बलियो स्थितीमा रहेको छ । दुई खेलको टेस्ट सिरिजका लागि बंगलादेश भारत भ्रमणमा रहेको छ । पहिलो टेस्टमा टस हारेर पहिले ब्याटिङको निम्ता पाएको घरेलु टोलीले पहिलो दिनको खेल सकिदा ६ विकेट गुमाएर ३ सय ३९ रन बनाएको छ । भारतका लागि आश्विन १ […]

September 19, 2024

गुलशनको अलराउन्ड प्रदर्शनका बाबजुद नेपाल पराजित

काठमाडौं(हाम्रो खेलकुद) – गुलशन झाको अलराउन्ड प्रदर्शनको बाबजुत नेपाल आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा ओमानसँग पराजित भएको छ । क्यानडाको किङ्ग सिटीमा बिहीवार बिहान सम्पन्न खेलमा नेपालमाथि ओमानले १ विकेटको जित हात पारेको हो । मंगलबार भएको पहिलो ओडिआईमा पनि नेपाल घरेलु टोलीसँग पराजित भएको थियो । नेपालले दिएको २ सय २१ रनको लक्ष्य […]

September 19, 2024

ओमानको आधा टिम पेभिलियन फर्कियो

काठमाडौं(हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नेपालविरुद्ध ब्याटिङ गरिरहेको ओमानको आधा टिम पेभिलियन फर्किएको छ । ओमानका लागि पाँचौ विकेटका रुपमा प्रतिक अथाभाले आउट भएसँगै आधा टिम पेभिलियन फर्किएको हो । अथाभाले करण केसीको बलमा आउट भएका हुन् । उनले ३६ बलमा २६ रन बनाएका थिए । त्यसअघि चौथो विकेटका रुपमा आयान […]

Success

Thank you for your time.