10 years ago
September 10, 2015
भरतपुर, २४ भदौ
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले नेपाली क्रिकेट विकासका लागि बोल्दा राजनीति गरेको नभन्न आग्रह गरेका छन् । नेपाल खेलकुद पत्रकार मञ्च चितवनले विहीबार भरतपुर विमानस्थलमा गरेको पत्रकार सम्मेलनमा बोल्दै कप्तान खड्काले क्रिकेटका लागि बोल्दा राजनीति ग¥यो भन्दा आफूलाई केही फरक नपर्ने बताए ।
“मेरो काम क्रिकेट खेल्नु हो, त्यसैले यसको विकास चाहन्छु । क्रिकेट विकासका लागि बोल्दा राजनीति गरिस् भन्नुहुन्छ भने म सधैं राजनीति गरिरहन्छु”, उनले भने, “तर, यो राजनीति होइन, राष्ट्रिय हितका लागि बोलेको हुँ ।” घरेलु संरचनाको विकास नगरेसम्म नेपाली क्रिकेटको स्तर माथि उठ्न गाह्रो भएको उनले बताए । “अहिलेको संरचनाले क्रिकेट खेल अगाडि बढ्दैन”, खड्काले भने, “यो स्थितिमा ४÷५ वर्ष त चल्ला, १० वर्षपछि के गर्ने भन्ने कसैले सोचेको छैन । बैलेमा ध्यान दिएनौं भने भोलि गएर एकादेशमा नेपालले क्रिकेट खेल्थ्यो रे भन्ने कथा सुन्नुपर्छ ।”
कप्तान खड्काले एकपटक विश्वकप खेल्यौं भन्दैमा सबै खुशी भइरहेको अवस्थामा खेलाडीहरुले भने आफ्नो भविष्य प्रति चिन्ता गर्ने गरेको बताए । “विश्वकप त खेल्यौं तर हाम्रो भविष्य नै अन्यौल छ”, उनले भने, “मलाई सोध्नुहुन्छ भने मलाई पनि थाहा छैन कि क्रिकेट टिमबाट निस्किए के गर्ने, यस्तो समस्या अरु खेलाडीमा त कति होला ?” यसबाट मुक्तिका लागि घरेलु संरचना बलियो बनाउनुपर्ने उनको कथन छ ।
पत्रकार सम्मेलन खेलकुद पत्रकार मञ्च चितवनका अध्यक्ष विनोदबाबु रिजालको अध्यक्षतामा सम्पन्न भएको थियो ।
April 16, 2025
काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी यू१९ विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत लिग चरणको तेस्रो खेलमा नेपालले हङकङबाट १ सय १६ रनको सामान्य लक्ष्य पाएको छ । टस जितेर बलिङ रोजेको नेपालका स्पिनरले उत्कृष्ट बलिङ गर्दा हङकङ सामान्य स्कोरमा सिमित भएको हो । हङकङले ४७ औं ओभरमा अलआउट हुनुअघि १ सय १५ रन जोड्यो । कप्तान शिव […]
April 16, 2025
काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी यू१९ विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत लिग चरणको तेस्रो खेलमा नेपालले हङकङविरुद्ध टस जितेर पहिलो बलिङ गर्ने भएको छ । नेपालका कप्तान नरेन भट्टले टस जितेर पहिलो बलिङ रोज्दा टोलीमा एक परिवर्तन गरेका छन् । बायाँ हाते मध्यम गतिका बलर दयानन्द मण्डलको स्थानमा बायाँ हाते स्पिनर विपिन प्रसाद शर्माले प्लेइङ-११ […]
April 15, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) को रोमान्चक खेलमा कोलकाता नाइट राइडर्सलाई कम योगफलको खेलमा पन्जाब किङ्सले १६ रनले हराएको छ। आइपिएल इतिहासमा पहिलो ब्याटिङ गर्ने टोलीले जोगाएको यो सबैभन्दा कम योगफल हो । जितको लागि १ सय १२ रनको सहज लक्ष्य पछाएको कोलकाता १५.१ओभरमा मात्र ९५ रनमा अल आउट भयो। कोलकाताले जित निकाल्ने राम्रो […]