8 years ago
October 19, 2016
काठमाडौं (हाम्रो खेलकुद) – प्रभु बैंकले तेस्रो सेन्चुरी बैंक कर्पोरेट सुपर सिक्सेस क्रिकेट प्रतियोगिताको पहिलो दिन दुई खेल जितेको छ । अन्य खेलमा सिप्रदी, एनएमबी, निम्बस, मेगा बैंक, नेपाल एसबिआई बैंक, र सन्चुरी बैंकले सफलता हासिल गरेका छन् ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा समूह ‘ए’ प्रभु बैंकले माछापुच्छ«े बैंकलाई २९ र अर्को खेलमा नबिल बैंकलाई ३८ रनले हरायो । प्रभु बैंकको दुवै जितमा राजु केसी म्यान अफ दी म्याच छानिए । माछापुच्छ«ेविरुद्ध प्रभुले निर्धारित ५ ओभरमा विकेट नगुमाई ९६ रन बनायो । राजुले अविजित ३३ रन बनाए । प्रतिउत्तरमा माछापुच्छ«ेले ५ ओभरमा ५ विकेट गुमाएर ६७ रन मात्र बनायो ।
प्रभुले निबलसँगको खेलमा १ विकेट गुमाउँदा राजुले २९ रन जोडे । जवाफमा नबिल बैंकले ३ विकेट गुमाएर ५६ रन मात्र बनाउन सक्यो ।
अन्य खेलमा मेगा बैंकले कुमारी बैंकलाई २४ रनले, नेपाल एसबिआई बैंकले सुविसुलाई ६ विकेटले र सेन्चुरी बैंले एनआईसी एसिया बैंकलाई १९ रनले हरायो । अरु खेलमा सिप्रदीले नेपाल टेलिकमलाई २ विकेट, एनएमबीले आइसिएफसीलाई ५ विकेटले,निम्बसले कान्तिपुर मिडिया ग्रुपलाई ३ विकेटले हराएको थियो ।
March 18, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशीविरुद्ध जित हात पारेको छ । मंगलवार भएको खेलमा कर्णालीले कोशीमाथि १ सय २७ रनको फराकिलो जित हासिल गरेको हो । कर्णालीले दिएको २ सय १९ रनको मध्यम लक्ष्य पछ्याएको कोशी ३५ ओभरमा ९१ रनमा समेटिएको थियो । कोशीका लागि ओपनर चिराग साहले […]
March 18, 2025
एजेन्सी – घरेलु टोली न्युजिल्याण्डले पाकिस्तानमाथि लगातार दोस्रो टि ट्वान्टी आईमा पराजित भएको छ । मंगलवार भएको ५ खेलको टि ट्वान्टी आईको दोस्रो खेलमा न्युजिल्याण्डले ५ विकेटको जित हात पारेको छ । लगातार दोस्रो जितका साथ न्युजिल्याण्डले सिरिजमा २-० को जित हात पारेको पहिलो टि ट्वान्टी आईमा न्युजिल्याण्ड ९ विकेटले विजयी भएको थियो । बर्षाका […]
March 18, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशीविरुद्ध मध्यम लक्ष्य बनाएको छ । कर्णालीले कोशीलाई जितका लागि २ सय १९ रनको मध्यम लक्ष्य दिएको हो । एक्स्ट्रा टेक ओभलमा टस जितेर ब्याटिङ गरेको कर्णालीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय १८ रनको योगफल तयार गर्यो । कर्णालीका लागि […]