default_image

3 years ago

April 7, 2021

सुनसान टियु मैदान

126 views

0 Bookmark

भुपेन्द्र जिसी, काठमाडौं

समर्थक नेपाली क्रिकेटको सबैभन्दा बढी प्रेरणा, शक्ति र हौसलाका स्रोत हुन् । नेपाली समर्थकको माया, साथ, सहयोग र हौसला अमूल्य र अद्भुत छ । जसलाई शब्दमा बयान गर्न सकिँदैन ।

घरेलु क्रिकेट होस् वा अन्तर्राष्ट्रिय समर्थकले सबैमा राम्रो साथ दिने गर्दछन् । तर शनिबारबाट सुरु भएको ललितपुर मेयर वुमन्स च्याम्पियनसिप–२०७७ टि२० प्रतियोगितामा भने टियु मैदानमा समर्थकको उपस्थित शून्य जस्तै छ । प्रतियोगिताको मध्यविन्दुमा आइसक्दा पनि समर्थकको उपस्थिति औंलाले गन्न सकिने छ ।

गत पुषमा दाङको लमहीमा देउखुरी क्रिकेट मैदानमा सम्पन्न प्रधानमन्त्री महिला राष्ट्रिय टि२० क्रिकेट प्रतियोगिता सेमिफाइनलमा पुगेका प्रदेश १, नेपाल एपिएफ क्लब, लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेशसँगै ललितपुर मेयर–११ टोली छन् । ललितपुर मेयर–११ मा सेमिफाइनलमा पुग्न नसकेका तर प्रतियोगितामा राम्रो प्रदर्शन गरेका खेलाडी मिलाएर बनाईएको छ । नेपाली महिला क्रिकेटका प्रमुख खेलाडी यस प्रतियोगितामा छन् । तर टियुको सुनसानले भने सबैभन्दा कमजोर टोली खेलेको जस्तो गराउँछ ।

सर्वाधिक बलिया टोली एपिएफ र प्रदेश १ विरुद्ध उद्धघाटन खेल भएको थियो । प्रमुख दुई टोली त्यसमा शनिवार अनि उद्धघाटन खेल हुँदा समर्थकको राम्रो उपस्थिति रहने आशा गरिएको थियो । तर त्यसको ठ्याक्कै उल्टो भयो । समर्थक शून्य थिए । पहिलो इनिङमा शून्य बनेपनि दोस्रो इनिङमा औलाले सहजै गन्न सक्ने छिरेका थिए । दिनभरमा ४० जना समर्थक कटेका थिएनन् । आइतबार दिनभर समर्थकको सङ्ख्या दोहोरो अंकमा पुग्न सकेन ।

आइतबार पहिलो खेलमा मैदानभित्र दुई नेपाल प्रहरीलाई छा्ड्ने हो भने अन्य सबैतिर खाली थियो । आइतबार टिकट काटेर हेर्ने १० जना पनि थिएनन् । जता हेर्यो त्यतै खाली । अन्य प्रतियोगिता र खेलमा समर्थकको आवजले टियु गुन्जिने गर्दथ्यो । टियुमा खेलाडीको आवज मात्र सुनिन्थ्यो । बाटोमा हिड्नेले खेल भएको नभएको पत्तो पाउन गाह्रो पर्थो । बन्द मैदान जस्तै ।

कोरोना भाइरसको कारण दर्शकलाई मैदानमा प्रवेशमा रोक लगाइएको जस्तो लाग्ने । टिकटको मूल्य पनि सस्तो छ । २५ रुपैयाँ विद्यार्थीका लागि र अन्यलाई ५० रुपैयाँ तोकिएको छ । टिकटको अधिकार पाएका प्रभु पे का कर्मचारी र गेटमा गार्डपनि दिउँसभर घाम ताप्न बाहेक अन्य विकल्प छैन ।

पुरुष क्रिकेटको तुलननामा महिला क्रिकेटमा कम हुनु स्वभाविक हो । तर शून्य जस्तै हुनु भने पक्कै राम्रो होईन । गत पुषमा लमहीमा भएको प्रतियोगितामा समर्थकको राम्रो उपस्थित थियो । दैनिक तीन सय भन्दा बढी समर्थकले निर्माणधिन प्याराफिटमा बसेर खेल हेरेका थिए । अहिले जस्तो कोरोना भाइरस त्यो बेला सामान्य जस्तै भई सकेको थिएन । जोखिम उच्च थियो । सरकारले लकडाउन हटाएको धेरै पनि भएको थिएन । प्रधानमन्त्री कपको फाइनलमा भरिभराउन प्यारफिटमा तीन हजार भन्दा धेरै समर्थक थिए । जुन उपत्यका बाहिर नेपाली महिला क्रिकेट हेर्न आएको हालसम्मकै उच्च मानिएको थियो ।

रुविनाले लमहीमा समर्थक देखेपछि १२ वर्षको क्रिकेट करिअरमा परिवर्तन देख्न पाएको भन्दै निकै खुसी ब्यक्त गरेकी थिइन् । तर तीन महिनापछि रुविनाले टियु मैदानमा समर्थक शून्य हुँदा दुख मात्र भइनन् महिला क्रिकेटलाई हेर्ने नजरमा अझै परिवर्तन नआएको अनुभव गरिन् ।

शनिवार पहिलो खेलमा एपिएफसँग पराजित भएपछि पत्रकारसँग कुरा गर्दै रुविनाले भनिन्, ‘एकदम दुःख महसुस हुन्छ । किनभने मलाई मात्र होईन सबैलाई समर्थकसामु खेल्न मन लाग्छ । जति राम्रो क्रिकेट खेलेपनि महिला खेलाडीलाई यस्तो कुराले नराम्रो अनुभव लाग्छ । वुमन्स क्रिकेटले जति मिहिनेत गरेपनि समर्थकहरुले अझै स्वीकार गर्नुभएको जस्तो अनुभव गरे । सबैजनालाई थाहा थियो होला । गन्तीमा पनि आउनु भएको छैन । यो देखेर मलाई धेरै दुःख लाग्यो ।’

गतवर्ष क्वीन्स म्यानेजमेन्ट प्रा.ली ले वुमन्स च्याम्पियन्स लिग (डब्लूसिएल) आयोजना गरेको थियो । टियुमा फाइनलमा मैदानमा समर्थकको भिड हुँदा अन्य खेलमा समर्थकको अौसत उपस्थित हुने गर्दथ्यो । अहिलेको जस्तो सुनसान थिएन । उक्त समय हरेक खेलमा तीन चार समय समर्थक आएर हेरेका हुन्थे । तर यस पटक भने शून्यता छ ।

समर्थकको नजानुमा नेपाल क्रिकेट संघ (क्यान) क्यानको प्रचार प्रसारमा चुक्नु प्रमुख कारण देखिन्छ । क्यान समर्थकमा आर्कषण बढाउँदै कसरी लोकप्रियता बढाउने भन्नेमा भन्दा पनि थोरै पैसामा कसरी छिटो सकिन्छ भन्ने बढी केन्द्रित छ । महिला क्रिकेटमा पक्कैपनि समर्थकको आर्कषण कम हुन्छ । त्यसको लागि क्यानले समर्थकलाई आर्कषण बढाउन विशेष प्याकेज ल्याउन सक्नुपर्छ । फ्रेन्चाइज लिगमा इपिएलले एक हातले क्याच लिएमा ५० हजार दिने आर्कषण उपहार लिएको थियो । जसले धेरै समर्थकलाई खेल हेर्न आर्कषित गरेको थियो ।

समर्थक विनाको मैदानमा खेल्न खासै मज्जा आउँदैन । समर्थकको उत्साह र हौसला विना खेलाडीलाई प्रेरणा मिल्दैन । समर्थकको साथले खेलाडीमा उत्साह र शक्ति बढ्ने गर्दछ । मैदानमा टिकट काटेर खेल हेर्ने बानीको विकास गर्नु पक्कै पनि राम्रो हो । टिकट काटेर हेर्नको लागि भने क्यानले समर्थकलाई मैदान सम्म कसरी ल्याउने भन्ने योजना ल्याउन आवश्यक देखिन्छ । त्यसको लागि टिकट काटेपछि आर्कषक उपहार, मनोरञ्जन कायक्रम लागायत थुप्रै प्याकेज ल्याउन सक्छ । अर्कोतर्फ क्यानले महिला क्रिकेटमा भने टिकट निःशुल्क गराउँदा राम्रो हुने देखिन्छ ।

September 19, 2024

अश्विनको शतकमा भारत बलियो स्थितिमा

एजेन्सी – अलराउन्डर रविचन्द्रन आश्विनको शतक सहयोगमा भारतले बंगलादेशविरुद्धको पहिलो टेस्टमा बलियो स्थितीमा रहेको छ । दुई खेलको टेस्ट सिरिजका लागि बंगलादेश भारत भ्रमणमा रहेको छ । पहिलो टेस्टमा टस हारेर पहिले ब्याटिङको निम्ता पाएको घरेलु टोलीले पहिलो दिनको खेल सकिदा ६ विकेट गुमाएर ३ सय ३९ रन बनाएको छ । भारतका लागि आश्विन १ […]

September 19, 2024

गुलशनको अलराउन्ड प्रदर्शनका बाबजुद नेपाल पराजित

काठमाडौं(हाम्रो खेलकुद) – गुलशन झाको अलराउन्ड प्रदर्शनको बाबजुत नेपाल आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा ओमानसँग पराजित भएको छ । क्यानडाको किङ्ग सिटीमा बिहीवार बिहान सम्पन्न खेलमा नेपालमाथि ओमानले १ विकेटको जित हात पारेको हो । मंगलबार भएको पहिलो ओडिआईमा पनि नेपाल घरेलु टोलीसँग पराजित भएको थियो । नेपालले दिएको २ सय २१ रनको लक्ष्य […]

September 19, 2024

ओमानको आधा टिम पेभिलियन फर्कियो

काठमाडौं(हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नेपालविरुद्ध ब्याटिङ गरिरहेको ओमानको आधा टिम पेभिलियन फर्किएको छ । ओमानका लागि पाँचौ विकेटका रुपमा प्रतिक अथाभाले आउट भएसँगै आधा टिम पेभिलियन फर्किएको हो । अथाभाले करण केसीको बलमा आउट भएका हुन् । उनले ३६ बलमा २६ रन बनाएका थिए । त्यसअघि चौथो विकेटका रुपमा आयान […]

Success

Thank you for your time.