default_image

8 years ago

October 18, 2016

दिपालयमा एकता कप क्रिकेट प्रतियोगिता सुरु

108 views

0 Bookmark

डोटी,कार्तिक २ गते ।

उधोग वाणिज्य संघ डोटीको आयोजनामा राजपुर दिपालयमा एकता कप क्रिकेट प्रतियोगिता सुरु भएको छ। प्रतियोगिताको सुदुरपश्चिमाञ्चल एकेडेमी एसपीएका निर्देशक तथा धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवाश शाहीले उद्घाटन गर्नु भयो।

ekata-cup-starts-today  

उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष शाहीले उधोग वाणिज्य क्षेत्रमा सक्रिय उधोगी व्यापारीहरुको अग्रसरतामा प्रतियोगिता आयोजना हुनु सह्रानिय रहको बताउँनु भयो । प्रतियोगिताले दिपालय तथा समग्र सुदुरपश्चिमको आर्थिक गतिविधीमा पनि चहलपहल ल्याउने उदाहरण प्रस्तुत गर्दै शाहीले यस उदाहरणिय प्रतियोगिताको सिको सवै क्षेत्रले गर्नुपर्ने औल्याउँनु भयो ।

प्रतियोगितामा विभिन्न १६ टीमको सहभागिता रहेको आयोजकले जनाएको छ । क्लबस्तरिय प्रतियोगितामा विभिन्न टीमहरुबाट राष्ट्यिस्तरका खेलाडीहरुको पनि सहभागिता पनि रहेको छ । प्रतियोगिता सञ्चालनका लागी डोटी उधोग वाणिज्य संघको पहलमा खप्तड खेल मैदानको पनि निर्माण गरिएको छ । उक्त खेल मैदानमा नियमित क्रिकेट प्रतियोगिताहरु सञ्चालन गरिने आयोजकको भनाई रहेको छ ।

खेल मैदान निर्माणले यस क्षेत्रको क्रिकेट विकासमा महत्वपुर्ण योगदान पुर्याउने विश्वास धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवाश शाहीले व्यक्त गर्नुभयो । क्रिकेटलाई खेलमा मात्र सिमित राख्नु हुदैन, शाहीले थप्नुभयो, एउटा प्रतियोगिता आयोजना गर्दा त्यस क्षेत्रको व्यापार व्यवसायमा समेत बढोत्तरी हुन्छ । यसले आन्तरिक पर्यटकको विकासमा समेत टेवा पुग्ने शाहीले विश्वास व्यक्त गर्नुभयो ।

March 18, 2025

पाकिस्तानमाथि न्युजिल्याण्डको लगातार दोस्रो जित

एजेन्सी – घरेलु टोली न्युजिल्याण्डले पाकिस्तानमाथि लगातार दोस्रो टि ट्वान्टी आईमा पराजित भएको छ । मंगलवार भएको ५ खेलको टि ट्वान्टी आईको दोस्रो खेलमा न्युजिल्याण्डले ५ विकेटको जित हात पारेको छ । लगातार दोस्रो जितका साथ न्युजिल्याण्डले सिरिजमा २-० को जित हात पारेको पहिलो टि ट्वान्टी आईमा न्युजिल्याण्ड ९ विकेटले विजयी भएको थियो । बर्षाका […]

March 18, 2025

कोशीविरुद्ध कर्णालीको मध्यम लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशीविरुद्ध मध्यम लक्ष्य बनाएको छ । कर्णालीले कोशीलाई जितका लागि २ सय १९ रनको मध्यम लक्ष्य दिएको हो । एक्स्ट्रा टेक ओभलमा टस जितेर ब्याटिङ गरेको कर्णालीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय १८ रनको योगफल तयार गर्यो । कर्णालीका लागि […]

March 18, 2025

गण्डकीविरुद्ध बागमतीको बलियो योगफल

काठमाडौं(हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकीविरुद्ध वलियो योगफल तयार गरेको छ । बागमतीले गण्डकी प्रदेशविरुद्ध २ सय ८८ रनको बलियो योगफल तयार गरेको हो । सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको बागमतीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ८८ रनको योगफल तयार गर्यो । […]

Success

Thank you for your time.