8 years ago
October 17, 2016
भोली हुने आफ्नो पुस्तक बिमोचनको बारेमा जानकारी दिन फेसबुक लाईभमा बसेका अष्ट्रेलियाका पुर्व कप्तान माईकल क्लार्कले सन्दिपको बारेमा बोल्दै उनि उत्कृष्ट खेलाडी रहेको र उनको भबिश्य निकै उज्वल रहेको बताएका छन ।
लाईभमा नेपाली फ्यानले सोधेको प्रश्नको उत्तर दिदै क्लार्कले सन्दिपले राम्रो खेली रहेको र उनको भबिश्य उज्वल रहेको बताए, क्लार्कले भने,” सन्दिपको भबिश्य निकै उज्वल छ, उन्ले अष्ट्रेलियामा सिक्न पाएको मैका राम्ररी सदुपायोग गर्दै छन ।” क्लार्कले थपे,” उन्ले नेपाल भन्दा छुटै परिवेशमा खेल्दै छन तर यस्ले सन्दिपको भबिश्यमा सकरात्मक असर पार्ने छ । उनिसँग संसारको जुनसुकै कुनामा खेलेपनी सफल हुने क्षमता छ ।”
आफुले बोलेपछी क्लार्केले सन्दिपलाई बोल्न निम्त्याएका थिए । सन्दिपलेपनी क्लार्कसँग अनुमती माग्दै नेपालीमै आफ्नो समर्थकाहरुलाई सम्बोधन गरेका थिए । लाईभमा बोल्दै सन्दिपले अफुलाई अष्ट्रेलिया निकै मन परेको र माईकलले निकै राम्रो साथ दिरहेको बताए।
सन्दिपले भने,”म यहाँ राम्रो गरिरहेको छु, मलाई सबैले बिश्वास गर्दिनु होला म देशको नाम माथि रख्नेछु ।” सन्दिपले अहिलेसम्मको सहयोगको लागि सबैलाई धन्यबादपनी दिए ।
December 22, 2024
एजेन्सी – मलेसियामा भएको एसिसी यु १९ महिला एसिया कपमा बंगलादेशलाई पराजित गर्दै भारत च्याम्पियन भएको छ । पहिलो पटक आयोजना भएको यस एसिया कपमा आइतवार भएको फाइनलमा भारत भारतले बंगलादेश यु १९ लाई ४१ रनले पराजित गरेको हो । भारल यु १९ ले दिएको १ सय १८ रनको लक्ष्य पछ्याएको बंगलादेशले १८.३ ओभरमा अल […]
December 22, 2024
एजेन्सी – घरेलु टोली युएईले गल्फ टी-२० च्याम्पियनसिपको फाइनलमा कुवेतमाथि २ रनको रोमान्चक जित निकाल्दै उपाधि जितेको छ । १ सय ५४ रनको लक्ष्य पछ्याएको कुवेत १९.३ ओभरमा १ सय ५१ रनमा अल आउट भयो । कुवेतलाई अन्तिम पाँच बलमा च्याम्पियन बन्न तीन रन चाहिँएको अवस्थामा युएईका मोहम्मद जवादुल्लाहले लगातार दुई विकेट लिदै च्याम्पियन बनाए […]
December 21, 2024
काठमाडौं(हाम्रो खेलकुद) – जनकपुर बोल्ट्सका स्पिनर ललितनारायण राजवंशीले नेपाल प्रिमियर लिग (एनपिएल)मा बाइक पाएका छन् । प्रतियोगिताको उत्कृष्ट बलर हुदै ललितले बाइक पाएका हुन् । शनिवार सम्पन्न लिगमा ललित आबद्ध जनकपुर च्याम्पियन भएको थियो । जनकपुरलाई च्याम्पियन बनाउँन ललितले १७ विकेट लिएका थिए । १० खेलमा ४० ओभर गरेका ललितले २ सय १३ रन खर्चिदैं […]