default_image

4 years ago

March 27, 2021

नेक्सस कपको सम्पूर्ण तयारी पूरा

157 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेक्सस क्रिकेट एकेडेमीको आयोजनामा हुने कागेश्वरी मनोहरा नगरपालीका चौथो संस्करणको यू१६ नेक्सस कप टि२० क्रिकेट प्रतियोगिता सम्पूर्ण तयारी पूरा भएको छ । नेक्सस कप चैत १६ गते देखी ३१ गते सम्म काठमाडौंको मुलपानी क्रिकेट मैदानमा हुँदै छ। प्रतियोगितामा १६ टोलीको सहभागिता रहने नेक्ससका अध्यक्ष कुमार शाहीले जनाकारी दिएका छन् ।

ओसिस क्रिकेट एकेडेमी काठमाडौं, घोडाघोडी क्रिकेट एकेडेमी कैलाली, तिलोत्तमा क्रिकेट एकेडेमी रुपन्देही, आर एस क्रिकेट क्लब दाङ, वाइ वाइ ग्रेट हिमालय क्रिकेट एकेडेमी हात्तीबन काठमाडौं, ग्रेट हिमालय क्रिकेट एकेडेमी शान्तीनगर काठमाडौं, नेक्सस क्रिकेट एकेडेमी काठमाण्डौ, वेष्टर्न क्रिकेट एकेडेमी बुटवल र एन सि ए नेपाल काठमाडौं छन् । त्यस्तै हिमालय क्रिकेट एकेडेमी काठमाडौं, बालुवाटार क्रिकेट क्लब काठमाडांै, स्याङजा क्रिकेट क्लब स्याङजा, एन्जल हर्ट स्पोट्स एकेडेमी काठमाडौं, नेपाल अन्नपुर्ण युथ क्लब रौटहट, नेक्सस बी र काठमाडांै क्रिकेट ट्रेनिङ सेन्टर छन् ।

विजेताले १ लाख ११ हजार प्राप्त गर्ने छ । उपविजेतालाई ७५ हजार प्राप्त गर्ने छन् । प्रतियोगितामा हरेक खेलमा प्लेयर अफ द म्याच, उत्कृष्ट बलर, उत्कृष्ट ब्याट्सम्यान, सर्वोत्कृष्ट खेलाडी र उदीयमान ब्यक्तिगत विधागत अवार्ड प्राप्त गर्ने छ । टि२० शैलीमा लिग कम नकआउट का आधारमा संचालन हुने उक्त प्रतियोगिता हरेक दिन दुई खेल हुने छन् । सहभागी टिमहरुलाइ ४ समूहमा विभाजन गरिने छ ।

समूह ए मा नेक्सस क्रिकेट एकेडेमी बी, काठमाडौं क्रिकेट टेनिङ सेन्टर काठमाडौं, वालुवाटार क्रिकेट क्लब, एन्जल स्पोटर््स एकेडेमी काठमाडौं ए रहेका छन् । समूह बी मा ओसिस क्रिकेट एकेडेमी, ग्रेट हिमायलय क्रिकेट एकेडेमी काठमाडौं ए , तिलोत्तमा क्रिकेट एकेडेमी काठमाडौं रुपन्देही र वेस्टर्न क्रिकेट एकेडेमी बुटवल छन् ।

समूह सी मा नेक्सस ए, हिमालय क्रिकेट एकेडेमी, घोडाघोडी क्रिकेट एकेडेमी कैलाली, नेपाल अन्नपूर्ण युथक्लब रौतहट छन् । समूह डी मा ग्रेट हिमालय क्रिकेट एकेडेमी बी, रक्स ११ क्रिकेट एकेडेमी स्याङ्जा र आरएस क्रिकेट एकेडेमी दाङ छन् । प्रतियोगितामा हरेक समूह बाट शीर्ष दुई टोली क्वाटरफाइनलमा पुग्ने छन् । क्वाटरफाइनल चैत २८ र २९ मा हुने छ । सेमिफाइनल चैत ३० र फाइनल चैत ३१ म हुने छ ।

जब सम्म ग्रासरुट क्रिकेट विकासमा योगदान गरिदैन तव सम्म नेपाली क्रिकेटले फड्को मार्न नसक्ने एकेडेमीका अध्यक्ष भरत शाही बताउँछन् । यू१६ उमेर समूहको प्रतियोगिता भएकाले २०६१ साल फागुन ३० गते भन्दा पछि जन्म भएको प्रमाण खुल्ने जन्म दर्ता वा कक्षा ८ को प्रमाण पत्र वा एस इ इ को प्रमाणपत्र लगाएत सरकारी कागजपत्र लाई आधार मानिने आयोजकले जनाएको छ ।

May 1, 2025

राजस्थानलाई प्रतिस्पर्धात्मक चुनौती

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बई इण्डियन्सले राजस्थान रोयल्सलाई जितको लागि २ सय १८ रनको बलियो लक्ष्य प्रस्तुत गरेको छ। राजस्थानले टस जित्दै फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा २ विकेट गुमाउँदै २ सय १७ रनको योगफल बनायो । मुम्बईले राम्रो सुरुवात गर्यो । ओपनर रायन रिकल्टन र रोहित शर्माले शतकीय […]

May 1, 2025

राजस्थानले टस जित्यो

एजेन्सी – राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) को ५० औं खेलमा टस जितेको छ। मुम्बई इन्डियन्ससँगको खेलमा टस जितेर राजस्थानले फिल्डिङ रोजेको छ। मुम्बई अंक तालिकाको तेस्रो र राजस्थान आठौं स्थानमा छ।

May 1, 2025

पुलिस र आर्मी फाइनल खेल्ने

विराटनगर (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लब विराटनगरमा जारी मनमोहन (एमएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ।  पुलिसले उपाधिका लागि त्रिभुवन आर्मी क्लबसँग खेल्नेछ। पुलिसले भारतको आसाम क्रिकेट क्लबलाई ६ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो। विराटनगरको बैजनाथपुर स्थित गिरिजाप्रसाद कोइराला क्रिकेट मैदानमा पुलिसले १ सय ५५ रनको लक्ष्य २८ ओभरमा पछ्याउनु पर्ने […]

Success

Thank you for your time.