default_image

4 years ago

March 27, 2021

वारियर्सलाई उपाधि, अनिल सर्वोत्कृष्ट खेलाडी घोषित

121 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – बजाज खडक वारियर्सले तेस्रो संस्करणको राजविराज मेयर कप सप्तरी प्रिमियर लिगको उपाधि जितेको छ। राज रंगशालामा सम्पन्न फाइनलमा वारियर्सले रुपनी राईडर्सलाई १ रनले पराजित गर्यो ।

जितको लागि १ सय ४७ रनको विजयी लक्ष्य पछ्याएको रुपनी राईडर्सले निर्धारित २० ओभरमा ९ विकेट क्षेतीमा १ सय ४५ रन बनाउन सक्यो । निरज मुखिया ३१ बलमा ३ चौका र ४ छक्का सहित ५२ रनमा अविजित रहे । सुनिल धमलाले २३ रन, अमित यादवले १९ रन तथा कुशल भुर्तेलले १५ रन बनाए । अनिल खरेल र गोमानंद अमात्यले समान ३ विकेट लिए । खरेलले ४ ओभरमा १ मेडन ओभर गर्दै १० रन
लिए । अमात्यले ४ ओभरमा १८ रन खर्चिए । भुलावन सहानिले २ विकेट तथा पवन सर्राफले १ विकेट लिए । त्यसअघि टस जितेर ब्याटिङ रोजेको बजाज खडक वारियर्सले निर्धारित २० ओभरमा ६ विकेट क्षेतीमा १ सय ४६ रन बनाएको थियो । ओपनर निरज यादवले सर्वाधिक ५१ रन बनाए जुन क्रममा ५० बलमा ४ चौका र १ छक्का प्रहार गरे । अर्का ओपनर अनिल शाहले २९ रन, कप्तान विवेक यादवले २२ रन तथा भुलावन सहानीले अविजित १३ रन बनाए।

पहिलो विकेटको लागि अनिल र निरजले ५८ रनको साझेदारी गरेका थिए । अनिल यादवले ४ ओभरमा ३४ रन खर्चेर ३ विकेट लिए । सुनिल धमला र कुशल भुर्तेलले समान १-१ लिए । उपाधि सहित बजाज खडक वारियर्सले ३ लाख रुपैयाँ हात पार्यो । यस्तै रुपनी राईडर्सले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्यो।

प्रतियोगिताकै उत्कृस्ट खेलाडी बजाज खडक वारियर्सका अनिल कुमार शाह चुनिए जसले २५ हजार रुपैयाँ प्राप्त गरे। प्रतियोगितामा अनिलले २ वटा शतक र एउटा अर्धशतक प्रहार गर्दै ५ खेलमा कुल ३३४ रन बनाए। प्रतियोगिताकै उत्कृस्ट बलर बिशाल सुश्लिंग र उत्कृस्ट ब्याट्सम्यान अनिल शाह चुनिए जसले रु १५ हजार प्राप्त गरे। विशालले प्रतियोगितामा ४ खेलमा ९ विकेट लिए।

May 1, 2025

मुम्बईको फराकिलो जित

एजेन्सी – इन्डियन प्रिमियर लिगमा मुम्बई इन्डियन्सले उच्च प्रदर्शन गर्दै राजस्थान रोयल्समाथि १ सय रनको जित दर्ता गरेको छ । यस जितसँगै मुम्बई अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ । मुम्बईले प्रस्तुत गरेको २ सय १८ रनको लक्ष्य पछ्याउने क्रममा राजस्थान १७ औं ओभरमा मात्र १ सय १७ रनमा अलआउट भयो । राजस्थानका लागि बलर जोफ्रा […]

May 1, 2025

राजस्थानलाई प्रतिस्पर्धात्मक चुनौती

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बई इण्डियन्सले राजस्थान रोयल्सलाई जितको लागि २ सय १८ रनको बलियो लक्ष्य प्रस्तुत गरेको छ। राजस्थानले टस जित्दै फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा २ विकेट गुमाउँदै २ सय १७ रनको योगफल बनायो । मुम्बईले राम्रो सुरुवात गर्यो । ओपनर रायन रिकल्टन र रोहित शर्माले शतकीय […]

May 1, 2025

राजस्थानले टस जित्यो

एजेन्सी – राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) को ५० औं खेलमा टस जितेको छ। मुम्बई इन्डियन्ससँगको खेलमा टस जितेर राजस्थानले फिल्डिङ रोजेको छ। मुम्बई अंक तालिकाको तेस्रो र राजस्थान आठौं स्थानमा छ।

Success

Thank you for your time.